झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ मंसिर । प्रदेश १ मंगलबार १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ३ जना, मोरंगको विराटनगरमा २८, सुन्दरहरैचामा ५, पथरीशनिश्चरेमा ४, कटहरीमा ३, बेलबारी र बुढीगंगामा २–२, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५, भद्रपुर र विर्तामोडमा ४–४, मेचीनगरमा ३, झापा गाउँपालिकामा…

Read More

इलाम, २३ मंसिर । तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेवित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको छ । स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो । अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो…

Read More

काठमाडौँ, २३ मंसिर । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा…

Read More

झापा, २३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् । यद्यपि, उनले यो टिकाउ नहुने बताउँदै यसमा काँग्रेस मौन बसेकाले पनि यस्तो भएको बताए । ‘यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्ष काँग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो तर त्यतिबेला काँग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन्, काँग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो ।’ उनले नेकपामा सर्वसत्तावादी प्रवृत्ति दाबी रहेको पनि आरोप लगाए । ‘अरु नेताहरु…

Read More

झापा, २३ मंसिर । विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकराले खोप आफै किन्ने वा निजी कम्पनीलाई दिने निर्णयसमेत गरेको छ । स्वास्थ्य सेवा विभागअन्तरगतको परिवार कल्याण महाशाखाका प्रमुख भीमसिंह तिंकरीले अहिलेसम्म कोभ्याक्समार्फत आउने खोपको पर्खाइमा रहेको बताए । कोभिड–१९ खोपमा सबै मुलुकको समतामूलक पहुँचका लागि गाभीले नेतृत्व गरेको विश्वव्यापी पहल कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत व्यक्तिलाई पुग्ने खोप सहुलियतमा पाउँदैछ । कोभ्याक्समार्फत पहिलो चरणमा आगामी मार्चसम्ममा ३ प्रतिशत (९ लाख मानिसलाई पुग्ने गरी र सन् २०२१ भित्रमा…

Read More

झापा, २३ मंसिर । जीवनस्तर सुधार हुने सम्बन्धमा नेपाली महिलाभन्दा पुरुष बढी आशावादी देखिएका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका साढे ५२ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर हुने अपेक्षा गरेको देखिएको छ । सोही उमेर समूूहका ४५.४ प्रतिशत महिलाले मात्रै यस्तो अपेक्षा गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले सो मबारसार्वजनिक गरेको नेपाल बहुसूचक सर्वे क्षण २०७५÷७६ प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो । त्यसै गरी १५–२४ वर्ष उमे र समूहका युवती ५०.१ प्रतिशत र युवक ५६.४ प्रतिशतले पनि गत वर्षभन्दा आगामी वर्ष अझ राम्रो जीवनस्तर हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै १५–४९ वर्ष…

Read More

फिदिम, २३ मंसिर । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ। याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भँैसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले हिउँ पर्न थालेको छ। बीओपीका लागि आफ्नै भवन छैन। गाउँपालिकाले टिनले बारेर बनाएको कच्ची भवनमा बसेर सीमा सुरक्षामा प्रहरी तैनाथ छन्। ‘सीमा क्षेत्रमा बीओपी राख्नु स्वागतयोग्य काम हो’, फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सीमा सुरक्षामा खटिने प्रहरीलाई बस्नका लागि गतिलो…

Read More

पाँचथर, २२ मंसिर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ का आइन्द्र हाङसरुम्बाका ३ वर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् । आफ्नै घर वरिपरि खेल्ने क्रममा यही कात्तिक ३० गतेदेखि हराइरहेका बालकको खोजतलास भइरहेकोमा आइतबार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

मोरङ, २२ मङ्सिर । विराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यामिक विद्यालयमा लोकसेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना आज दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ वर्षीय बिल्साद आलम रहेका छन् । आलमले, हरिनगरा–१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, २२ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५, सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ , झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा…

Read More