
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन् । सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेको बेला अध्यक्ष दाहालले आफू निकट नेताहरुसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको हवाला दिँदै नागरिक दैनिकमा समाचार छ । ‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए । अहिले दाहालले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका…
झापा, १९ मंसिर । नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् । भ्रमणका क्रममा नेपालभारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो दुई महिनाको अवधिमा भारतका तर्फबाट गुप्तचर प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन शृङ्गला नेपाल भ्रमण गरेर फर्किसकेका छन् । भारतीय विदेश मन्त्री डा। एस जयशंकरले पनि नेपाल भारत परस्पर सम्बन्ध अघि बढिसकेको बताएका छन् । बुधबार भारतइ पत्रिका ‘दी…
झापा, १९ मंसिर । सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई नेताहरूले घचघच्याइरहेका छन्। सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै ‘अर्थपूर्ण’ भेटघाट गरेका छन्। नेताहरूले २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका छन्। दुवै पक्ष भने टसमस देखिएका छैनन्। ओली सचिवालय…
झापा, १९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको काम विद्यालयहरूले सक्नुपर्ने कार्यतालिका रहेको बताए । कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा…
झापा, १९ मंसिर । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ । स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको कामलाई अघि बढाएको छ । उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने ? जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् । हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो । त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’ खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत…
शिवगञ्ज, १८ मंसिर । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेकोे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने तयारी सुरु भएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । ‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभुत अस्पताल’ नामकरण गरिएको वडा अध्यक्ष खुलालले बताएका छन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार हुने भएको छ । आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन हुने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले बताए् । नगरप्रमुख शेर्मा भने, ‘अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर अस्पतालबाट हुने सेवा यहीँबाट…
इलाम, १८ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।” उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, “अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”
इलाम, १८ मंसिर । इलाम नगरपालिकामा शुक्रबारदेखि लकडाउन घोषणा गरिएको छ । इलाम नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १९ गतेदेखि २४ गतेसम्म लकडाउनको घोषणा गरेको हो । कोरोना भाइरस महामारीका कारण नगर क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएका कारण लकडाउनको घोषणा गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु स्थगित गर्ने जनाइएको छ । त्यस्तै २१ गतेदेखि शुरु हुने कक्षा ११ को परीक्षाको कार्यतालिका परिवर्तन गरी २६ गतेदेखि सञ्चालन गराउन समेत दिर्नेशन दिइएको छ ।
झापा, १८ मंसिर । संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमता विस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवसहितको टोलीले आज नेपाल आयल निगमले उच्च प्राथमिकका साथ कार्यान्वयनमा ल्याएका ती परियोजना कार्यान्वयनमा भएका प्रारम्भिक कामका विषयमा चासो व्यक्त गरेको हो । सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना गौरवको आयोजना भएकाले तोकिएको समयमै सम्पन्न गर्न आफूहरुले निर्देशन दिएको समितिका सभापति श्रीवास्तवले जानकारी दिए । “हामीले उक्त परियोजनाका प्राविधिक पक्षबारे जानकारी लियौँ”, उनले भने, “कमभन्दा कम क्षतिमा परियोजना निर्माण अगाडि बढाउन निर्देशन दिएका…
विराटनगर, १८ मंसिर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य आजदेखि शुरु भएको छ । मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताउनुभयो । विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिती हेरेर चाडै खेलकुद गतिविधि सुरु गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संरचना निर्माणमा जोड दिदैं उहाँले रंगशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधा सम्पन्न बनाइने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्याराफिटको…