
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ मंसिर । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृ संगठनको एकतालाई झापा अनेरास्ववियुले पूर्णता दिएको छ । अनेरास्वियु र प्रधानमन्त्री केपि शर्मा ओलिको जिल्ला समेत रहेको झापामा अनेरास्वियू (क्रान्तिकारी) बीचको एकता प्रक्रिया ले पूर्णता पाएको हो । जिल्ला कमिटी,क्याम्पस इकाइ कमिटीहरु, १५ ओटा स्थानीय तहहरुको जिम्मेवारी बाडाफाड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिए । ६१ सदस्य नवगठित कमिटीको संयोजकमा अनिल सुबेदी र संयोजक दुर्गा धमला रहेका छ्न् । सात सदस्यीय जिल्ला कार्यालय कमिटी पनि गठन गरिएको सहसंयोजक दुर्गा धमलाले जानकारी दिए । कर्यालय सदस्यहरुमा अनिल सुबेदी, दुर्गा धमला, रन्जन धमला, नबिन सिटौला, समर्पण…
बिर्तामोड, १५ मंसिर । झापाका विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर र नगदसहित आठ जना पक्राउ परेका छन् । प्रहरीले आइतबार झापाको शिवसताक्षी नगरपालिकाबाट दुई जना, भद्रपुर नगरपालिकाबाट छ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर र रू एक लाख ८४ हजार नगद बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शिवसताक्षी–६ हवल्दार चौकमा मे५प ५०३२ नं. को मोटरसाइकलमा आउँदै गरेको शिवसताक्षी–४ का २६ वर्षीय श्याम मर्डी र सोही स्थानका ३५ वर्षीय गंगाराम कायस्थलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट…
झापा, १५ मंसिर । हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ। अध्ययनका क्रममा भाइरसका १५ वटा नमुनाको विस्तृत अनुसन्धान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुर, काठमाडौं विश्वविद्यालय धुलिखेलबाट असार १२ देखि साउन २६ गतेसम्म १० वटा भिन्नभिन्न जिल्ला समेटिने गरी भाइरसका १५ वटा नमुना संकलन गरी अध्ययन गरिएको थियो। अध्ययन नतिजालाई एनसिबिआई र जिआइएसएडजस्ता अनलाइन प्लेटफर्ममा उपलब्ध भाइरसको विश्वव्यापी आनुवांशिक बनावटसँग तुलना गरी आनुवांशिक एकरूपता तथा आनुवांशिक उत्परिवर्तनसम्बन्धी अनुसन्धान गरिएको थियो। ‘अध्ययनको नतिजाले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका…
काठमाडौं, १५ मंसिर । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले विगतमा नेपालको राष्ट्र प्रमुखसँग चीनले गरेको द्विपक्षीय समझदारी कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताए । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु,…
काठमाडौं, १५ मंसिर । नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्नै तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष दाहालको प्रस्तावलाई सचिवालयबाटै ढिसमिस कसरी बनाउने र त्यसलाई पार्टीका कुनै पनि कमिटीमा निर्णय प्रक्रियाबाट रोक्ने भन्ने रणनीति बनाउन छलफल थालेको छ। दाहाल पक्ष सचिवालयमा छलफल गर्दै दुवै प्रस्तावलाई कसरी स्थायी समिति र केन्द्रीय समितिमा लगी निर्णय प्रक्रियामा पुग्ने भन्नेमा केन्द्रित भएको छ। ओलीले शनिबार दाहालको प्रस्तावको जवाफ दिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत…
काठमाडौँ, १५ मंसिर । पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए। जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो। लक्षण देखिएलगत्तै उनी डेरा छाडेर होटलको आइसोलेसन बसे। संक्रमणले गलाएपछि अस्पताल जानुप९यो। आठ दिनपछि डिस्चार्ज भए पनि उनी डेरा जान सकेनन्। कारण, घरबेटी र छिमेकीको डर। अहिले उनी होटलमै स्वास्थ्य लाभ गरिरहेका छन्। रोगले च्यापेर कमजोर बनेका उनलाई परिवारको रेखदेखको खाँचो थियो तर घरबेटीदेखि डराउँदा उनले एक्लिएरै बस्नुप९यो। चिकित्सकले नेगेटिभ रिपोर्ट आइनसके पनि संक्रमण अवधि लामो भइसकेकाले अरूलाई सर्दैन भनेर सुझाउँदा समेत उनी डेरा फर्कन सकेनन्। घरबेटीले थाहा पाइहाले तुरुन्तै झिटीगुन्टा…
काठमाडौँ, १५ मंसिर । चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ । विभागको विराटनगर टोलीले गरेको अनुगमनका क्रममा हरिनारायणले आफ्नो नामका अगाडि डाक्टर लेखेर बिरामीको गलत तरिकाले उपचार गरेको प्रेस्क्रिप्सन फेला पारेको छ । बिरामीलाई ढाँटेर गलत उपचार गरेको पाइएपछि उक्त मेडिकल हल बन्द गराई उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार फार्मेसी ९मेडिकल…
बिर्तामोड, १४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कोरोना कहरका कारण भ्रमण वर्ष सन् २०२० सफल भए पनि आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष मनाउन आफूले प्रस्ताव गरेको बताउनुभएको छ । “जति विदेशबाट नेपाल घुम्न पर्यटक आउँछन्, त्यो भन्दा बढी नेपाली विदेश घुम्न जाने गरेका छन्”, मन्त्री भट्टराईले भन्नुभयो, “त्यसैले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न पनि विशेष कार्यक्रम ल्याउन जरुरी छ ।” मन्त्री भट्टराईले कोरोना भाइरस कोभिड–१९ को महामारीले सिंगो मानव जाति नै हायलकायल भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रका व्यवसायीको आत्मबल कम हुन नदिन आफू लागिपरेको बताउनुभयो । “अहिले हरेक क्षेत्र…
राम निरौलाकनकाई, १४ मंसिर । झापाको कनकाईमा शनिबार सम्पन्न जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको मुख्य ६ वटा पदको निर्वाचनमा लोकतान्त्रिक प्यानल नेतृत्व गरेका ख्याम सिटौला अध्यक्षमा निर्वाचित भएका छन् । ५३ मतको अन्तरले दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले ४ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् । सिटौलाका प्रत्यासी प्रगतिशिल विकासप्रेमी प्यानलको नेतृत्व गरेका विनोद रानामगरले ३ सय ६६ मत प्राप्त गरेका थिए । दुईजना उपाध्यक्षमा भने राना प्यानलका दिलकुमार राई र विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ३५२ र ३२८ मत प्राप्त गरेका थिए । उपाध्यक्षको प्रत्यासीका रुपमा रहेका सिटौला प्यानलका वुद्धिमान बोहोराले २८९ र डबलबहादुर…
काठमाडौँ, १४ मंसिर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो । कोरोना सङ्क्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्र्स, स्वास्थ्यकर्मी छन् । कतिपय चिकित्सक कोरोना सङ्क्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयू तथा भेन्टिलेटरमा उपचारपछि निको भए । पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीलाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोनालाई परास्त गरी उहाँ यतिखेर मन्त्रालयको नियमित काममा फर्किसक्नुभएको छ । दशैँको मुखमा…