
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ मंसिर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो । अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरि सिकाईलाई निरन्तता दिने उद्देश्यले ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो । पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताउनुभयो । धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, ते¥हथुमको छथर…
झापा, ३ मंसिर । प्रदेश १ मा आज ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८–८, कटहरी र मिक्लाजुङमा ६–६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५–५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट…
झापा, ३ मंसिर । झापामा आज ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका अनुसार दमकमा १६, बिर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, हल्दिबारी, शिवसताक्षी, बुद्धशान्ति, कनकाई, कमल गाउँपालिकामा २–२ र गौरीगञ्जमा १ जनामा कोरोना पुष्टि भएको हो ।
झापा, ३ मंसिर । बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै संक्रमितको कुल संख्या भने २ लाख १२ हजार ९१७ पुगेको छ । हाल संक्रमण निको हुने दर ८५.८ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु…
झापा, ३ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ छन् । उनीहरु दुबै जनाको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको…
विराटनगर, ३ मंसिर । मोरङ उर्लाबारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्यमा भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टिकाकुमारी भट्टराई, र विशाल आङदेम्वेलाई मनोनित गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईले जानकारी दिनुभयो । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मनोनित सदस्यहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकास र विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो । सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरित निर्णयले सदस्य मनोनित गरेको उहाँले बताउनुभयो । प्रदेश १ जनस्वास्थ्य ऐनमा…
झापा, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरेले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको उल्लेख गरिएको छ ।
झापा, ३ मंसिर । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने…
झापा, २ मंसिर । प्रदेश १ मा आज ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ । प्रदेश १ म आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको…
झापा, २ मंसिर । प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १–१, झापाको कमल गाउँपालिकामा ६, दमक, अर्जुनधारा…