
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० मंसिर । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ । बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संबोधनको पाठ हुबहु बाहिर छरपस्ट भएको छ । ‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक जना सदस्य भन्छन् ‘अबदेखि महत्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।’ उनका अनुसार बैठकमा, ‘अडियो रेकर्ड गर्ने…
झापा, १० मंसिर । सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना बिरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ । त्यहि पृष्ठभूमिमा प्रधानमन्त्रीले देउवालाई ‘मिलेर जाऔं’ भनेका हुन् । पछिल्लो भेटमा भएको वार्तालाप र प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘हाम्रो पार्टीभित्र संकट चुलिएको छ । कुनैपनि बेला विभाजन आउन सक्छ । त्यसको लागि पनि मिलेर जानुप¥यो भन्ने भनाई हो । हामी मिलेर जाँदा सरकार तपाईं र म जसले चलाए पनि हुन्छ । पछि तपाईंले चलाउनुहोला, चुनाव पनि तपाईंले नै गराउनुहोला ।’…
झापा, ९ मंसिर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा भेन्टिेलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरि १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो । रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सवै एक…
झापा, ९ मंसिर । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, बिर्तामोड र दमकमा २६–२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५–५, कचनकवल र मेचीनगरमा ४–४, हल्दिबारी र कमल गाउँपालिकामा २, बा¥हदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरी र धरानमा ४९–४९, इनरुवा र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, रामधुनी, बर्जु,…
मोरङ, ९ मंसीर । मोरङको बिराटनगर–१३ कोशीप्रोजेक्ट स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज दिउसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री बिराटनगर(१५ बस्ने ६० बर्षीय रतन साहलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक बिराटनगर १५ का देवी प्रसाद अधिकारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी मोरङ कहटरी–१ स्थित भित्रि सडक खण्डमा अटो चालकको मृत्यु भएको छ । आज दिउसो पौने ३ बजे को २ ह ५४९२ नम्बरको अटो चालक विराटनगर(२ का ३५ बर्षीय सुनिल मण्डलको मृत्यु भएको जिल्ला प्रहरी…
पाँचथर, ९ मंसिर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन । इलामको सन्दकपुर गाउँपालिका–५ का नुपु शेर्पा अतिथिको स्वागत, सत्कार तथा प्रधानमन्त्रीको आगमनलाई भव्य बनाउन एक सातादेखि तल्लीन रहेका थिए । शेर्पाजस्तै इलामका माइजोगमाई तथा सन्दकपुर गाउँपालिकाका सयौँ बासिन्दा प्रधानमन्त्रीलाई भेट्न सोमबार मध्याह्न १२ बजेदेखि सन्दकपुर–५ जौबारीमा प्रतीक्षा गरिरहेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि इलामका…
मोरङ, ९ मंसिर । मोरङ मिक्लाजुङ–१ सिलिलिङका ५८ वर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठ हतियारसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो दिउँसो सवा ३ बजे पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो । हतियारसहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पशुपतिनगर, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो । प्रधानमन्त्री ओली सोमबर अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो । बाक्लो कुहिरो र हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले…
झापा, ९ मंसिर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गरेका छन् । उनले दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह, दमक बसपार्क तथा गौरादह र गौरीगञ्जमा मन्त्रालयअन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत जानकारी लिए । सोक्रममा उनले दमक–३ स्थित निर्माणाधीन भ्यु टावर निर्माणको अवस्थाबारे जानकारी लिनुभएको वडाध्यक्ष नवीन बरालले वताए । स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दमक भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यू टावर भएको विचार व्यक्त गरे । नगरपालिकाका अनुसार राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा रहेको सो व्यावसायिक भ्यू टावरको करीब ३० प्रतिशत काम पूरा भएको छ ।…
झापा, ९ मंसिर । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन् । परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन्। भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन्। यस्तै, नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय विदेशसचिव पनि फेङ्हेको भ्रमणअघि नै काठमाडौं आउनेछन्। गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।…