झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ मंसिर । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश मन्त्रालयले संकेत दिएको छ । सोमबार नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले एकै पटक विज्ञप्ति निकालेर सचिवस्तरीय बैठकको विषय सार्वजनिक गर्दै उच्चस्तरीय भ्रमणको निरन्तरता भनेका छन् । विदेश सचिवस्तरीय वार्तासँगै सीमा विवादका कारण बिग्रेको नेपाल र भारतको सम्बन्ध सुधारका लागि कूटनीतिक च्यानलबाट प्रक्रिया अगाडि बढ्ने भएको हो । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला ११ मंसिरमा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आगामी बिहीबार…

Read More

झापा, ९ मंसिर । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । देश संक्रमणमुक्त (प्रतिशतमा)भुटान ९४.२४भारत ९३.६७माल्दिभ्स ९१.९९नेपाल ९०.९०पाकिस्तान ८७.७८बंगलादेश ८१.०१अफगानिस्तान ७९.९६श्रीलंका ७१.८७…

Read More

झापा, ९ मंसिर । कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले बताए। उनले परीक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्न स्थानीय तह, परीक्षा समन्वय समिति तथा सबै केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिसकेको जनाए। जोखिमकै कारण बोर्डले कक्षा १२ को लिखित परीक्षा ४० प्रतिशत मात्र सञ्चालन गर्दै छ। समय बढीमा डेढ घण्टा…

Read More

झापा, ८ मंसिर । प्रदेश १ मा आज २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, अर्जुनधारामा ४, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्बिारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरी र धरानमा २०–२०, बराहक्षेत्रमा ४, बर्जुमा ३, इनरुवामा २, रामधुनी र भोक्राहानरसिंहमा १–१, मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा २–२,…

Read More

विराटनगर, ८ मंसिर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा सञ्चालित अपाङ्गता पुर्नस्थापना संवन्धि कार्यक्रमका विभिन्न सीपमुलक तालिम र विश्वविद्यालयका सीप मुलक तालिम सञ्चालनका लागि २०८२ भदौ मसान्त सम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिनुभयो । सम्झौता अनुसार विराट क्याम्पसको भवनमा तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि आवस्यक मर्मतको…

Read More

झापा, ८ मंसिर । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउनेकार्यमा सरिक हुँदा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले सहसचिव र सचिवलाई थप जिम्मेवार बनाउन त्यस्तो निर्णय गरेको हो । केन्द्रीय कर्मचारी निकाय (सीपीए) का रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्ष चलाउने निजी इन्स्टिच्युटमा उच्च पदस्थ कर्मचारीहरू आफैं गएर…

Read More

झापा, ८ मंसिर । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो । आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी…

Read More

झापा, ८ मंसिर । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ । विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिए । विभागका अनुसार प्रदेश १ को हुलाक निर्देशनालय विराटनगर, प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषा, बाग्मती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुरबाटै प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको हो । यसैगरी गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक…

Read More

झापा, ८ मंसिर । बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्ति पनि अब कानुनी रूपमा सजायको भागीदार हुने भएका छन्। जनप्रतिनिधि तथा पञ्चायती बसेर बलात्कार घटनामा मिलापत्र गराएको भन्दै विरोध भइरहेका बेला सरकारले कडा सजायसहितको नयाँ कानुनी व्यवस्था गर्न लागेको हो। मन्त्रिपरिषद्ले आइतबार केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका बलात्कारसम्बन्धी व्यवस्था संशोधन गर्दै अध्यादेश ल्याएको छ। ‘मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रपतिसमक्ष पठाइँदै छ। प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। अब महिलाबाट पुरुष र तेस्रोलिंगीमाथि बलात्कार भए पनि सजायका लागि बाटो खुल्नेछ। यसअघि ती कानुनमा बलात्कारको…

Read More

झापा, ८ मंसिर । कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०।७ प्रतिशत हो । ‘उच्च पोजिटिभिटी दरले हामीले धेरै संक्रमितलाई परीक्षणमा छुटाइरहेको भन्ने देखाउँछ,’ नयाँ दिल्लीस्थित विश्व स्वास्थ संगठन (डब्लुएचओ) को पूर्वी तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका इम्युनाइजेसन तथा खोप विकास हेर्ने प्राविधिक अधिकृत डा। सुधीर खनालले भने । तर नीतिगत परिवर्तनका लागि यो दर मात्र…

Read More