झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ मंसिर । एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्। यस सन्दर्भमा ती मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ– उपाय १ः जम्मा २ अध्यक्ष, बाँकीसबै भताभुंगसचिवालय भंग गर्ने महासचिवको प्रस्तावसँगै नेताहरू यसको बहसमा उत्रिएका छन्। ‘सचिवालय मात्र होइन, स्थायी कमिटी र केन्द्रीय कमिटी पनि भंग गरौं। दुई अध्यक्षलाई मिलेर चल्ने वातावरण दिऔं। र, चाँडोभन्दा चाँडो महाधिवेशनमा गएर नेतृत्व र सबै संरचना बनाऔं।’ महासचिव पौडेलले भनेझैं सचिवालय झगडाको मुख्य थलो हो। तर, नेकपाको लफडा पछिल्लो समय अल्पमतरबहुमत केन्द्रित…

Read More

झापा, ५ मंसिर । यस वर्ष झापामा घरघरमै छठ पर्व मनाइँदै छ । अघिल्ला वर्षहरुमा नदी, तलाउ, पोखरीमा सामूहिक रुपमा मनाइँदै आएको छठ पर्व कोरोना भाइरसको महामारीका कारण यस वर्ष घरघरमै मनाइएको हो । छठ पर्वका बेला बेहुली झैं सिँगारिने पूर्वकै सबैभन्दा ठूलो पूजा हुने मेची नदी यसपालि सुनसान छ । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सोको नियन्त्रणका लागि सामूहिक यहाँको प्रशासन र स्थानीय तहले सामूहिक रुपमा छठ पर्व नगर्न र एकाघरभित्रै मनाउन आग्रह गरेको थियो । सोही कारणले छठ पर्व घरघरमै मनाइएको भद्रपुर–५ की पूर्णिमा शर्माले बताउनुभयो । “जताततै संक्रमणको जोखिम छ”, उहाँले भन्नुभयो, “त्योसँगै नगरपालिकाले पनि मेची…

Read More

झापा, ५ मंसिर । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागु गरिएको छ । पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागि हुन पाउने गरि नियम लगाइएको हो । भारतको राजधानी सहर समेत रहेको दिल्लीमा कोभिड—१९ को तेस्रो लहर चलेको छ । संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई २ हजार जरिवाना लगाउने निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरि मास्क नलगाउने व्यक्तिलाई २ हजार जरिवाना लगाउने निर्णय सरकारले…

Read More

बिर्तामोड, ५ मंसिर । झापामा आज कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, झापामा आज २९ जना कोरोना संक्रमित थपिएका छन् । ११ स्थानीय तहका १४ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । बिर्तामोडमा ५, कनकाईमा ३, अर्जुनधारामा २, गौरादहमा ५, मेचीनगरमा १, बाह्रदशीमा १, भद्रपुरमा ३, हल्दिबारीमा १, दमकमा ७ र कमलमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

Read More

झापा, ५ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा…

Read More

बिर्तामोड, ५ मंसिर । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई मनन् गरी जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध अनुसार कार्यक्रम स्थगित गरिएको अध्यक्ष भट्टराईले बताए । संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीका अनुसार गत कात्तिक २८ गते जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी भीडभाड हुने कार्यक्रम स्थगित गर्न अनुरोध गरेपछि विहीवार बसेको संघको बैठकले त्यस्तो निर्णय गरेको हो । संघको गत असोज ६ गतेको बैठकले मंसीर ७ गते साधारणसभा र पुस ७ गते नयाँ कार्यसमिति…

Read More

बिर्तामोड, ५ मंसिर । श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको झापा प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । गत असोज १२ गते भण्डारीकी ६५ वर्षीया मनमाया भण्डारी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलको अनुसन्धान, घरपरिवार, स्थानीयबासी, छरछिमेकका व्यक्तिबाट गरिएको कुराकानी र पोस्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समयमा मृतक मनमायाका श्रीमान भीमबहादुर घरमै रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो । अदालतबाट असोज १६ गते म्याद…

Read More

बनियानी, ५ मंसिर । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार बेलुका प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर–१५ हेल्दुबारीमा बा३८प ३८८५ नं.को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद रु ८१ हजार एक सय, भारतीय रुपैयाँ एक सय १० र दुई थान मोबाइल बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप…

Read More

झापा, ५ मंसिर । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले साहित्यकार, कृषक र असल गृहिणी गरी तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले साहित्यतर्फ विशिष्ट योगदान पुर्याउनु भएको कनकाई –३ निवासी साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिमा समर्पित मेचीनगर –१४ का कृषक डिल्ली खतिवडा र असल गृहिणी अर्जुनधाराकी यशोदा बराललाई पुरस्कृत गर्ने भएको हो । साहित्यकार दाहाललाई ‘लाल भागिरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’, अग्र्यानिक कृषक खतिवडालाई ‘लाल भागिरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र असल गृहिणी बराललाई ‘लाल भागिरथा बानियाँ असल गृहिणी पुरस्कार’ दिने पुरस्कार छनोट समितिले निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो…

Read More

झापा, ५ मंसिर । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउन कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायलाई निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ । सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुने गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । जसमा नेपाल सरकारले उपलब्ध…

Read More