
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हुम्ला, २ मंसिर । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात…
मोरङ, २ मंसिर । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाइदिएका हुन् । साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी र चार स्वास्थ्यकर्मीलाई टीका लगाइदिए । टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन कक्ष पुगेका थिए। सङ्क्रमितहरुले वर्ष दिनको चाडबाडमा आइसोलेसन कक्षमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका थिए । चाडबाडमा समेत सेवामै खटिएका सुरक्षाकर्मीलाई टीका लगाइदिँदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष व्यक्त गरेको उपप्रमुख गौतमले बताए । वर्ष दिनको चाडबाडका बेला…
झापा, १ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका…
झापा, १ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् । तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवत्को नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासीनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफैँ पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गरेका छन् । सन्देशमा उनले भनेका छन्, “नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो, हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता…
काठमाडौँ, १ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना दिँदै यस वर्षका सबैजसो चाडपर्व कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिई मनाउन आग्रह गरेकी छन् । सन्देशमा भनिएको छ, “यस महामारीविरुद्धको खोप हालसम्म विकास भइनसकेकाले पूर्वसावधानीका लागि समयसमयमा हात धुन, मास्क सही तरिकाले…
झापा, १ मंसिर । प्रदेश १ मा आइतबार १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा आइतबार ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, तेह्रथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १८, सुन्दरहरैचा, रंगेली र बुढीगंगामा २–२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २–२, बराहक्षेत्र,…
` बिर्तामोड, १ मंसिर । पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा गरी २६ बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २६ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिले सम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् । २६ वर्ष प्रवेशसंगै पत्रिकाले…
धरान, २९ कात्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । रासस
काठमाडौं, २९ कात्तिक । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य मान्यताहरुलाई थप संस्थागत गर्नुको सट्टा भत्काउने काम गरेको आरोप लगाएका छन् । शनिबार पोखरामा काँग्रेसका सांसद स्वर्गीय सूर्यबहादुर केसीको १३ दिनको पुण्य तिथिमा नेपाली काँग्रेस कास्कीद्धारा आयोजना श्रद्धाञ्जलि सभामा सहमहामन्त्री डा।महतले राष्ट्रिय एकताका लागि सबै प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने समय आएको बताए । वर्तमान सरकारकै कारण देशमा अहिले अराजकता, कुशासन र बेइमानी बढेको स्पष्ट रुपमा सबैले देखेको उनको जिकिर छ । उनले भने, ‘कम्युनिष्ट सरकारको जवाफदेहिताको अभाव र बेवास्ताका कारण देश यतिखेर अत्यन्तै कठिन मोडमा पुगेको छ, यस्तो बेलामा प्रजान्त्रिक मूल्य र मान्यतालाई जोगाइ राख्न…
इलाम, २९ कात्तिक । निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पजि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन सङ्घ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । तीन तहका सरकारबीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रीमा समस्या आएको किसान तथा सरोकारवालाको भनाइ छ । गोलिया उत्पादक किसानले विभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नीतिका कारण समस्या आएको हो । सरकारले साल, सखुवा, खयरलगायत बोट बिरुवा कटानमा प्रतिबन्ध…