झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २६ कात्तिक । झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ परेका छन् । बिर्तामोड–२ फुलबारी टोलका वर्षीय २५ मोहनकुमार ओलीको घरको कोठामा लागूऔषध खरिद बिक्री भइरहेको छ भन्नेल बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका पक्राउ गरेको हो । प्रहरीले ओलीसँगै बिर्तामोड–का २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय सञ्जयकुमार राजवंशी र २० वर्षीय अरुणकुमार राजवंशीलाई पक्राउ गरेको हो । प्रहरीले ५ ग्राम ७०० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ बरामदसमेत बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा…

Read More

विराटनगर, २५ कात्तिक । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेको उहाँले बताउनुभयो । प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम आज मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै उहाँले प्रदेश भरि ५ सय वेड विस्तार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन…

Read More

झापा, २५ कात्तिक । प्रदेश १ मा आज ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा ५–५, लेटाङमा ४, सुन्दरहरैचामा…

Read More

विराटनगर, २५ कात्तिक । विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजासहित २ महिला पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहबाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बस्ने ४० वर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका–१ बस्ने २० वर्षीया बबिता राईलाई ५ केजी ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।

Read More

सुनसरी, २५ कात्तिक । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाइते भएका स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाइते मोटरसाइकल चालकको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी, सुनसरीकै हरिनगररा गाउँपालिका–३ मा आज बिहान साँढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर…

Read More

ताप्लेजुङ, २५ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताउनुभएको छ । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने बताउनुभयो । गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहनुभएका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट पार्नुभयो । ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् तर…

Read More

बिर्तामोड, २५ कात्तिक । तिहार नजिकिएसँगै झापामा दिनहुँजसो बारुदजन्य पदार्थ (पटका) बरामद हुन थालेका छन् । तिहार नजिकिएसँगै भारतबाट अवैध रुपमा पटका भित्रिने क्रम बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थाले जानकारी दिनुभयो । दशैं शुरु भएयता नै छिटपुट रुपमा पटका भित्रिन थाले पनि हाल सोक्रम बढेको उहाँको भनाइ छ । गत असोज २३ गतेदेखि हालसम्म रू १९ लाख रुपैयाँ बराबरको पटका बरामद भइसकेको छ । “पछिल्लो एकै पटकमा ७ लाख रुपैयाँ बराबरको पटका बरामद भएको थियो”, उहाँले भन्नुभयो, “स–सानो परिमाणमा दैनिक बरामद भइरहेको छ ।” यसैबीच, झापाको भद्रपुर नगरपालिकाबाट प्रहरीले सोमबार राति पटका बरामद गरेको छ…

Read More

लक्ष्मीपुर, २५ कात्तिक । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उदेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ । सेवाकेन्द्रका एकसय जना शेयर तथा लघुवित्त सदस्यलाई कोभिड–१९ लाई मध्येनजर गर्दै सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाई १० समुह बनाएर मंगलवार एकदिने तालिम प्रदान गरेको हो । संस्थाको निति, विधि र प्रविधिलाई आत्मासाथ गर्दै तालिम दिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताए । तालिमको औचित्यमाथि प्रकाश पार्दै भारतीले निकट भविश्यमा एटीएम प्रयोगमा ल्याइने बताए । उनले उद्यमी महिला विकास शुरु गरिने समेत जानकारी दिए । तालिममा सहभागीलाई संस्थाका आइटी वरिष्ठ प्राविधिक नेत्रप्रसाद खतिवडाले…

Read More

बिर्तामोड, २५ कात्तिक । कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको निधन भएको छ । झापा हल्दिबारी–४ का ७० वर्षीय नेपालको उपचारका क्रममा सोमबार राति ११ः४५ बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । रेडक्रस सोसाइटी झापाका पूर्वसभापति समेत रहनु भएका उहाँमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Read More

झापा, २५ कात्तिक । झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो । लागुऔषध बरामद भएको कोठामा दमक–७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ…

Read More