
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै धरौटी नलिन निर्देशन दिएको बताए । मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त, अति अपांगता भएका, ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । अन्य संक्रमितले भने आफ्नै खर्चमा उपचार गर्नुपर्ने मन्त्रालयले निर्णय गरेको थियो । मन्त्रालयको निर्णयअनुसार अस्पतालहरूले संक्रमितको दैनिक उपचार शुल्क तोकेर…
काठमाडौं, १७ कात्तिक । सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन।’ दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त रु त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ। बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले भनिदिएछन्, ‘यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी…
झापा, १७ कात्तिक । प्रहरी आचारसंहिता कार्यादेश २०७७ विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले बताउनुभएको छ । झापा जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आइतबार इलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराई वहाँले सोही निर्देशन दिनुभएको छ । त्यसैगरी, मोरङ जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आइतबार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा समेत उक्त निर्देशन दिनु भएको छ । चाडवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुन सक्ने अवैध चोरी निकाशी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न निर्दैशन दिनु हुँदै,…
झापा, १७ कात्तिक । प्रदेश नं. १ मा आइतबार ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरंगको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ३७, कमलगाउँपालिकामा…
मोरङ, १६ कात्तिक । प्रहरीले पछिल्लो समय जुवालाई केन्द्रीत गरेर अप्रेसन सुरु गरेको छ । चाडपर्वमा जुवा खालहरु बढीरहेको सूचनाका आधारमा केहि दिनदेखि मोरङ प्रहरी जुवा नियन्त्रण अभियानमा लागेको छ । प्रहरीले शनिबार ८ लाख ८९ हजार २५० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका– ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ५ जनालाई जुवाखालबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ का ६० वर्षीय भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरानकै ३६ वर्षीय हरी खत्री रहेको मोरङका…
सुनसरी, १६ कात्तिक । फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ । यो घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको यसमा लगानी छ । यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गरेका थिए । उनकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ । यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक…
दमक, १६ कात्तिक । झापा दमकका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दमक–७ का ५० वर्षीय एक पुरुषको नोबेल कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो मात्रै नोबेल अस्पताल पुर्याइएका उनको कोरोना परीक्षण रिपोर्ट हिजो नै आएको थियो ।उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।
लन्डन, १६ कात्तिक । कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर शुरु भए देखि विदेशमा रहेका नेपालीहरुमा पनि थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । विदेशमा ४२ देशमा…
झापा, १६ कात्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाले हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि…
झापा, १६ कात्तिक । देशभर कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु…