
दमक, १६ कात्तिक । झापा दमकका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।
दमक–७ का ५० वर्षीय एक पुरुषको नोबेल कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो मात्रै नोबेल अस्पताल पुर्याइएका उनको कोरोना परीक्षण रिपोर्ट हिजो नै आएको थियो ।
उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



