
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ कात्तिक । धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार शुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । मृतक महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
बिर्तामोड, २९ कात्तिक । झापामा आज कोरोना भाइरसको संक्रमणले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–४ का एक ७० वर्षीय पुरुष रहेका छन् । उपचारका क्रममा न्यूरो अस्पताल बिराटनगरमा उनको मृत्यु भएको हो । त्यस्तै, झापामा आज १३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लाका १३ वटा स्थानीय तहका ५३ वटा महिला र ७९ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीयबासी हुन् । आज दमकमा सबैभन्दा धेरै ७६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, मेचीनगरमा ३, भद्रपुरमा ६, गौरीगञ्जमा १, कमलमा २, शिवसताक्षीमा १, कनकाईमा १८, झापा गापामा ११…
झापा, २९ कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ । प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, ते¥हथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् । झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, विर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बा¥हदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरंगको विराटनगरमा ६३, रतुवामाईमा ६, कटहरीमा…
मितिः २०७७/७/२८ बिर्तामोड नगरपालिका वडा नं. १ मा पर्ने जग्गाको सिफारिस सम्बन्धमा केही अन्योलता र भ्रम छरिन गएकोले यो प्रेस विज्ञप्ति मार्फत् आम जनमानसमा स्पष्ट पारिएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा वडा नं. १ स्थित सिने प्लाजा नजिकै रहेको ७ कठ्ठा जग्गाको विषयमा वडाले गरेको सिफारिसलाई लिएर केही व्यक्तिहरुले आरोप लगाएजस्तो अवस्था नरहेको र वडाले नापी शाखाको नाप नक्साको आधारमा सिफारिस गरेको सर्वप्रथम प्रस्ट पार्न चाहन्छु । सो कित्ताका निवेदकको मागदाबी, जग्गाको नक्सा र अरु आवश्यक प्रमाणका आधारमा नै सिफारिस गरिएको हो । र, यसरी जग्गा बिक्रीका लागि सिफारिस गर्दा आजसम्म कतै पनि फिल्डमा गएर हेर्ने प्रचलन थिएन…
बिर्तामोड, २७ कात्तिक । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को आठौँ वार्षिक साधारणसभा तथा दोस्रो एकीकरण सभा सम्पन्न भएको छ । पछिल्लो पटक दमकको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको हाम्रो नेपालले आज वार्षिक साधारणसभा र दोस्रो एकीकरण सभा सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कोरोना भाइरसको महामारीका बीच पनि हाम्रो नेपालले उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो । ‘संस्थाको प्रतिवेदन अध्ययन गर्दा पनि सबै कुरा थाहा हुन्छ’, उहाँले भन्नुभयो, ‘कोरोनाको चुनौतीका बीच पनि संस्थाले सदस्यलाई सेवा दिइरहेको छ, यो खुसीको कुरा हो ।’ कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला…
काठमाडौँ, २६ कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी, प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् । कार्यदल गठनपछि विज्ञप्तिमार्फत बाइडेनले भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु ।’ यता, नेपालमा पछिल्ला दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमित संख्यामा पनि कमी आएको छ । तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ । हिउँद याममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आकंलन हुँदा पनि सरकारले यो चुनौतीसँग लड्न…
काठमाडौँ, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् । कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटेर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर, ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका छन् । नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दुवै अध्यक्षले बैठक राख्ने र त्यहाँ प्रस्ताव गर्ने अजेन्डालाई प्रतिष्ठाको विषय बनाउँदै गए झन् अप्ठेरो हुन्छ । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, २६ कात्तिक । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ । स्वास्थ्य सेवातर्फका धेरै धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस…
झापा, २६ कात्तिक । ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक विवरणअनुसार ३७ वटा विभिन्न जिल्लाबाट प्राप्त क्रसर उद्योगको विवरणमध्ये कुल २ सय ७९ उद्योगमा १ सय १ वटा उद्योग विनादर्ता सञ्चालन भइरहेको पाइएको हो । विवरणअनुसार देशभर १ सय ७८ उद्योग मात्रै दर्ता भएर सञ्चालित छन् । गृह मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार १० वटा उद्योग भने आयोजना केन्द्रित भएर सञ्चालनमा छन् । उच्च स्रोतका अनुसार कतिपय जिल्लाबाट प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई जिल्लामा सञ्चालित क्रसरको विवरण पठाउन अलमल गर्दै आइरहेका छन्…
झापा, २६ कात्तिक । संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन । तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्। जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ। विभिन्न ६ देशका ४३…