
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ कात्तिक । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरे । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यता रहेको बताए ।भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उनले बताए । कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने उनले बताए । स्वास्थ्यमन्त्री ढकालले आफु अफ्ठ्यारोमा भएपनि विगत देखि…
बिर्तामोड, २३ कात्तिक । बितको २४ घण्टामा नयाँ संक्रमित २ हजार ८१७ जना थपिएका छन् । बितेको २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यसैबीच बितेको २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११०८ पुगेको छ ।
बिर्तामोड, २३ कात्तिक । बढ्दो कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिले विभिन्न ११ निर्णय गरेको छ । आज बसेको बैठकले आउँदै गरेको दिपावली, छैठ, नेपाल सम्बत् जस्ता पर्वहरुमा भेला हुने, देउसी भैलो खेल्ने, नाचगान जस्ता सबै क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको छ । सबै पक्षसँग समन्वय गरी चाडवाडलाई एकाघरमा मात्र सिमित गरी मनाउने साथै नगर भित्र सञ्चालित होटल, रेष्टुरेन्ट राती ८ः०० बजे पश्चात बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । त्यस्तै, नगरपालिकाले वडा मार्फत् जनचेतना अभिबृद्धिका लागि व्यापक प्रचार प्रसार गर्ने भएको छ । बजार अनुगमन संयोजक नगर…
झापा, २३ कात्तिक । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पुर्याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने छ । प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको केन्द्र निर्माण द्रुतगतिमा अगाडि बढिरहेको छ । लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले…
झापा, २३ कात्तिक । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये…
झापा, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेन र कमलालाई बधाई दिएकी हुन् । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी बाइडेन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास लिएकी बताएकी छन् । ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएकोमा जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित हुनुभएकोमा कमला ह्यारिसलाई हार्दिक बधाई,’ भण्डारीले लेखेकी छन्, ‘उहाँहरूको कार्यकालमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ…
झापा, २३ कात्तिक । कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रधानले कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको बताए । देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बाध्यता सुनाए । उद्योगी व्यवसायीसँग नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज मात्र लिने…
झापा, २३ कात्तिक । सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए । अहिले काठमाडौँ उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन् । देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए । ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३ र ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् । उनका अनुसार सरकारले…
काठमाडौं, २३ कात्तिक । जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’ बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो । सुरुवाती प्रतिस्पर्धामा उनी पछि परिरहेको थिए । बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा…
झापा, २३ कात्तिक । ‘हेलो ! अँ भन्नुस् ।’ ‘…. ’‘होला अलिअलि । कति चाहिने हो ?’‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न सोधियो होला उताबाट ।‘यहाँ बजे भन्ने नियम हुन्न । जतिखेर आए पनि हुन्छ । कति चाहिन्छ, आएर लानुस् ।’फोनको कुराकानी बिसाएपछि मतिर फर्किएर महावीर पुनले ‘अँ केरे’ भन्दै कुराकानी अगाडि बढाउने सङ्केत गरेपछि भर्खरैको टेलिफोन संवादबारे चासो राखेँ । पीपीईको माग भएको रहेछ । जुन बेला चिकित्सकले पीपीई सेटको अभावमा अस्पतालमा बिरामी जाँच्न डराइरहेका थिए, त्यो बेला आविष्कार केन्द्रले पीपीई बनाएर बाँड्न थालेको थियो । अहिलेसम्म पनि आवश्यकता अनुसार केन्द्रले पीपीई बाँड्दै आएको छ । पुनका अनुसार…