झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बलिउड अभिनेत्री नरगिस फाखरी आफ्नो स्टाइलिश र फेसनेबल लुक्सका कारण चर्चामा रहन्छिन् । इन्टरनेटमा नरगिसको ग्ल्यामर्स लुक भाइरल भइरहन्छ । मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाएकी नरगिसको जन्म न्युर्योकमा भएको थियो । नरगिस ७ वर्षको छँदा नै उनका बाबुआमाले डिर्भोस गरेका थिए । नरगिसका बाबु मोहम्मद फाखरी पाकिस्तानी हुन् भने आमा मेरी चेक गणतन्त्रकी हुन् । ४१ औँ वसन्त पार गर्दासमेत नरगिसले आफुलाई निकै फिट राखेकी छिन् । उत्कृष्ट डेसिङ सेन्स र फिटनेशमा उनी २० वर्षको जस्तै देखिन्छिन् । रेड आउटफिटमा उनी निकै सुन्दर देखिन्छिन् । यस आउटफिटमा उनले रातो रंगको टप लगाएकी छिन् । रातो टप र खुलेको कपालमा…

Read More

काठमाडौं, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं भत्ता कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषलाई प्रदान गरेकी छिन् । यस्तै उनले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिकसमेत कोषमा प्रदान गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

Read More

दमक, ५ कात्तिक । झापाको दमकमा तीन वर्षदेखि जिल्ला स्तरिय सरकारी अस्पतालका रुपमा सञ्चालन हुँदै आएको दमक अस्पतालको भवन अब सुविधा सम्पन्न हुने भएको छ । अस्पतालको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले सरकारको रु २० करोड बढीको लागतमा सुविधा सम्पन्न भवन बन्न लागेको हो । अस्पताल सञ्चालन समिति अध्यक्ष तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार अस्पताल परिसरमै सुविधा सम्पन्न अस्पताल भवन बन्न लागेको र त्यसको लागत रु २० करोड ४२ लाख नौ हजार ४०८ रहने छ । लिफ्ट तथा अण्डरग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न तीन तले भवन बढीमा ३० महिनाभित्र सम्पन्न हुने जनाइएको छ । निर्माणको जिम्मा श्री लुम्बिनी अर्घाखाँची…

Read More

धरान, ५ कात्तिक । धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भयो । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ बजे अस्पताल पु¥याउनेबित्तिकै उनको ज्यान गएको ९ नं वडाध्यक्ष रत्न कटवालले जानकारी दिए । धरान २ का ८९ वर्षीय पुरुषको पनि गत सोमबार बिहान होम आइसोलेशनमै मृत्यु भयो । अस्पताल लान लाग्दा भेन्टिलेटर अभाव भएको भनिएपछि परिवारले घरमै राख्यो । एक साताअघि धरान–८…

Read More

झापा, ५ कात्तिक । बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहानै दुइई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्को पुरुषको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए । त्यसस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका…

Read More

काठमाडौँ, ५ कात्तिक । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६।५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा सङ्घ र प्रदेश सरकारको वित्तीय हस्तान्तरणसँगै, विभिन्न मन्त्रालयका बजेट आफ्नै स्रोत र विकास साझेदारी निकायको संस्थाको समेत गरी एक अर्ब रुपियाँभन्दा बढी बजेट स्थानीय तहमा पुगेको छ । दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा नियमित सेवा प्रवाह र विकास निर्माणको काम ठप्प प्रायः भएका छन् । कुल ४६० गाउँपालिकामध्ये अहिले २५ प्रतिशत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकतविहीन भएको गाउँपालिका…

Read More

झापा, ५ कात्तिक । गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रिक्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने तीन वटा विकल्प दिएर पुनर्गठन नै गर्नुपर्नेमा जोड दिनु भएपनि उनीटसमस नभएको पछिल्लो पुनर्गठनले देखाएको छ । उपेन्द्र यादवको पार्टीले सम्हाल्दै आएका स्वास्थ्य र शहरी बिकास पनि उसको सत्ता बहिर्गमनसङ्गै एमालेको भागमा गएको अर्थ लगाइएको छ । रिक्त ती मन्त्रालयमा…

Read More

झापा, ५ कात्तिक । दशैँको नवरात्र अन्तरगत आज पाँचौ दिन शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरी मनाइँदैछ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् । सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना…

Read More

झापा, ५ कात्तिक । कम्युनिष्ट पार्टीको सञ्चालनमा सांगठानिक र प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम महासचिवको हुन्छ । तर, विष्णु पौडेल यही हैसियतसहित अर्थमन्त्रीको रुपमा सरकारमा सामेल हुनुभएको छ । प्रश्न गरिँदैछ– अब महासचिव कसलाई बनाइएला ? छर्लंग छ– केपी ओलीले आफूलाई अनुकूल नहुने गरी कुनै पनि व्यक्तिलाई महासचिव वा निर्णायक भूमिका दिनेछैनन् । न उनले पार्टीमा छलफल गरेरै व्यक्ति तोक्नेनछन् । त्यसैले अहिले नयाँ महासचिवबारे नेकपाभित्र खासखुस शुरु भएको छ । भर्खरै लुम्बिनी प्रदेशको नामाकरण र राजधानी तोक्ने काम सकिएपछि मुख्यमन्त्री शंकर पोखरेल त्यताबाट फुर्सद लिने पक्षमा रहेको स्रोतले जनाएको छ । त्यसो त यसअघि पार्टी विवाद उत्कर्षमा पुगेको बेलामै…

Read More

भद्रपुर, ५ कात्तिक । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) गौरादह नगर समितिले सम्झौता अनुसार विद्यालय सञ्चालकहरूले तलव दिन आनकान गरेपछि अनिश्चितकालीन विद्यालय बन्द गरेको छ । इस्टु जिल्ला कार्य समितिसित प्याब्सन झापाले गरेको सम्झौता कार्यान्वयन गर्न विद्यालय सञ्चालकहरूले अटेर गरेपछि गौरादह नगारपालिका क्षेत्रका संस्थागत विद्यालय अनिश्चितकालीन बन्द गरिएको हो । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरिरहेका छन् । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले नजिकै आउँदै गरेको चार्डवार्डलाई समेत खल्लो बनाउन भूमिका खेलेको प्रति इस्टु गौरादहले खेद प्रकट गरेको छ । नगर समिति अध्यक्ष सञ्जीव…

Read More