
झापा, ५ कात्तिक । बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहानै दुइई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्को पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।
त्यसस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका बिरामी थिए । यो सगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



