
झापा, २२ जेठ । भद्रपुर नगरपालिका–५ नयाँबजारस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी बिर्तामोड नगरपालिका–३ बिर्ताबजार बस्ने २२ वर्षीया पुष्पा परियारलाई शंकाको आधारमा नियन्त्रणमा लिएर जाँच गरेको थियो।
जाँचका क्रममा परियारले पेटमा प्लास्टिकको पोकोभित्र लुकाइछिपाइ राखेको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकबाहेक २ ग्राम २०० मिलिग्राम रहेको छ।
पक्राउ परेकी परियारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


