
झापा, २२ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादनमा कमजोर देखिएका तीन मन्त्रीलाई हटाउने तयारी थालेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको मूल्यांकनका आधारमा बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर हुन सक्ने स्रोतले जनाएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादव को कार्यसम्पादन सन्तोषजनक नरहेको निष्कर्ष निकालिएको छ।
यस्तै, सरकारको सयबुँदे कार्यसूचीका आधारमा सचिवहरूको पनि मूल्यांकन भइरहेको र पाँच सचिवको जिम्मेवारी हेरफेर गर्नुपर्ने अवस्था देखिएको प्रधानमन्त्री कार्यालयका एक सहसचिवले बताएका छन्।
प्रधानमन्त्री कार्यालयले १७ मन्त्रालयसहित विभिन्न सरकारी निकायको कार्यसम्पादन, माइलस्टोन र सार्वजनिक गुनासाको अध्ययन गरी अन्तिम प्रतिवेदन तयार पारिरहेको जनाएको छ। प्रतिवेदन बुझिएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताइएको छ।


