
झापा, २२ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित काली मन्दिर नजिक हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब २ः१० बजे स्थानीय ४४ वर्षीय सागर भनिने डम्बर हस्दाले आफ्नै घरबाट बिजुलीको तार लगेर खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बुट्टाबारी तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


