झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ कात्तिक । बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैगरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ ।

Read More

बनियानी, ११ कात्तिक । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका–३ का ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । बैंकिङ कसुर मुद्दा अन्तरगत प्रसाईंलाई दुई महिना कैद र रू एक करोड १५ लाख बिगोसहित जरिवाना तोकिएको उहाँले बताउनुभयो । भगवति ढुङ्गेलले दिएको जाहेरीका आधारमा २०७६ पुस १४ गते बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको इलाम इजलाशको फैसला बमोजिम प्रतिवादी प्रसाईलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुबै सजाय तोकेको थियो । त्यस्तै, प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको…

Read More

कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ । एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो । अनि उनले त्यो गोबरजस्तो चिजलाई बोकेर घर ल्याए । अनौठो सुगन्ध आउने त्यो गोबरजस्तो चिज आखिर के हो रु भन्ने बारेमा उनलाई सुइँकोसम्म पनि थिएन । उनले त्यो अनौठो चिज घर ल्याइसकेपछि त्यसका बारेमा इन्टरनेट लगायतका अनेक ठाउँहरुमा थुप्रै खोजविन गरे । अन्ततः उनले पत्ता लगाए…

Read More

झापा, ११ कात्तिक । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस कोभिड–१९ बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ÷संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ । यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो । निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर कायम गर्नुपर्दछ । एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन…

Read More

काठमाडौं, ११ कात्तिक । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७ जना बेपत्ता छन् । यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ ।

Read More

धरान, ११ कात्तिक । पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए । यस वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले मन्दिरमा पूजाराधनामा बन्देज लगाएपछि नौरथामा मात्र मन्दिरलाई झण्डै रु ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिनुभयो । प्रदेश नं १ को धरानमा अधिक कोरोना संक्रमण फैलिएको छ । संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । सोही कारणले बडादशँैंमा नित्यपूजा तथा विशेष पूजामा…

Read More

झापा, ११ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत धरानकै ५० वर्षीय पुरुषको मृत्यु भएसँगै हालसम्म सो अस्पतालमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ । अस्पतालका अनुसार हाल कोरोना पोजेटिभ भएका २४ जना उपचाररत रहेका छन् । यस्तै आजसम्म भर्ना भएकामध्ये ८४० जना निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।

Read More

झापा, ११ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जनाएको छ । ‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’, पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नेकपाले बडादशैं, तिहार, नेपाल सम्वत्, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, सम्बृद्धि र…

Read More

झापा, ११ कात्तिक । कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् । सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सुरुमा समस्यामा परेका नेपालीलाई चार्डर उडानमार्फत स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइएको छ । हालसम्म ३२ मुलुकबाट नेपाली फर्किएका छन् भने फर्किनेमध्ये धेरै खाडी मुलुक र मलेसियाबाट रहेका छन् । केन्द्रका अनुसार…

Read More

झापा, १० कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् । प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार शनिश्चरे–३ मोरङका पुरुषको गत कार्तिक १ गते संक्रमण पुष्टि भइ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई डाइबिटिजसम्बन्धी दीर्घरोग रहेको थियो । उनले आइतबार १० बजे निधन भएको हो । उता, धरान–१७ की महिलालाई आइतबार संक्रमण पुष्टि भएको थियो । उनलाई हाइपर टेन्सनको समस्या रहेको थियो ।

Read More