
झापा, १० कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार शनिश्चरे–३ मोरङका पुरुषको गत कार्तिक १ गते संक्रमण पुष्टि भइ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई डाइबिटिजसम्बन्धी दीर्घरोग रहेको थियो । उनले आइतबार १० बजे निधन भएको हो । उता, धरान–१७ की महिलालाई आइतबार संक्रमण पुष्टि भएको थियो । उनलाई हाइपर टेन्सनको समस्या रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



