झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ४ कात्तिक । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरेपछि संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिले निर्णायक आन्दोलनको घोषणा गरेको छ । ६ महिनायता आन्दोलनमा रहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिले प्याब्सन, एन प्याब्सनसितका पटक पटकका सम्झौता कार्यान्वयनमा नआएपछि कठोर आन्दोलनको घोषणा गरेको हो । प्याब्सन, एन प्याब्सनका नाममा प्रचलित नेपालको कानुन तथा नीति नियम विपरित भइरहेका अमानवीय गतिविधि नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै इस्टु केन्द्रीय समितिले सरकारको लाचार प्रवृत्ति बिरूद्ध समेत सडकमा आउने गरी आन्दोलनको कार्यक्रम तय गरेको छ । शैक्षिक वर्ष २०७७ को…

Read More

झापा, ४ कात्तिक । संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविधानको मौलिक हक उल्लंघन हुने गरी कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय लिएपछि त्यसको सर्वत्र विरोध भएको छ। त्यही निर्णयअनुरूप सरकारी अस्पतालले उपचाररत बिरामीलाई नै पैसा माग्न थालेका छन्। मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले सम्पूर्ण खर्च बिरामीले बेहोर्नुपर्ने सूचना जारी गरेको छ। ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीले ०७७ कात्तिक २…

Read More

झापा, ४ कात्तिक । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो । सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको…

Read More

काठमाडौँ, ४ कात्तिक । गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ । कोरोना सङ्क्रमण (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गरेका छन् । सुरक्षाजस्तो संवेदनशील विषय जोडेर सामाजिक सञ्जाल, मोबाइल र अन्य विद्युतीय सञ्चार माध्यमबाट बिहान एकाएक फैलिएको भ्रामक सूचनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनका साथै यस घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको…

Read More

झापा, ४ कात्तिक । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ । साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ यो निजामती कर्मचारी अस्पताल सिभिल अस्पतालमा सोमबार टाँसिएको सूचना हो । यो नागरिकको मौलिक हकविरुद्ध छ। संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकमा राखिएको छ।मौलिक हक अकाट्य हुन्छन् । तर सरकारले मौलिक हकविरुद्ध कोरोना संक्रमित बिरामीलाई आफैं उपचार गर भनिसकेको छ ।मौलिक हक हनन भएपछि अदालतमा रिट निवेदन दर्ता गर्न सकिन्छ । सर्वोच्च अदालतले कोरोना संक्रमण भएकाहरूलाई निःशुल्क परीक्षण र उपचारको…

Read More

विराटनगर, ४ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा ः चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमिरेल सो कुारा बताउनुभएको हो । उहाँले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कतिपय शब्दलाई स्वीकारर्नुपर्ने अवस्था पनि छ ।’ अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सिकाई कुनैपनि भाषा र माध्यमबाट हुन सक्ने भन्दै मन्त्री घिमिरेले भन्नुभयो,‘ अंग्रजी नै सवै कुरा होईन ।’…

Read More

विराटनगर, ३ कात्तिक । युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका समाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनवहादुुर चन्दले हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार…

Read More

झापा, ३ कात्तिक । प्रदेश १ मा झापामा ४१ सहित आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४४, सुनसरीमा १३१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् । मोरंगको विराटनगरमा ७१, बेलबारीमा…

Read More

बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा आएको छ । रेडियो विराटका सञ्चालक लीला अनमोल र देबेन्द्र प्रसाईले बिर्तामोडका दुई जना युवा व्यवसायीसँग मिलेर पसल सञ्चालनमा ल्याएका हुन् । मारवाडी युवा मञ्च विर्तामोडका पूर्व अध्यक्ष दीपक मित्तल र पुराना मिठाई व्यवसायी राजु शर्मा पारिकसँगको व्यवसायिक साझेदारीमा पसल सञ्चालनमा ल्याइएको पत्रकार प्रसाईले बताए । बिर्तामोडको काली मन्दिरको छेउमा खुलेको अमृतभोगको आज सञ्चालक प्रसाईका पिता विष्णुप्रसाद तथा माता धनमाया प्रसाई र अर्का सञ्चालक मित्तलका पिता प्रयागराज मित्तल तथा माता प्रेम मित्तलले रिबन काटेर उद्घाटन गरेका छन् । सञ्चालक प्रसाईले अमृतभोगमा ताजा र मिसावटरहित मिठाइका परिकारहरु…

Read More

झापा, ३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदले दसैं भत्ताबापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको जानकारी दिनुभयो । सबैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी नेम्बाङले जानकारी दिनुभयो । ‘कोरोनाविरुद्धको लडाईँ हाम्रो पहिलो प्राथमिकता हो । यो सन्दर्भमा हामीले पाउने दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा…

Read More