झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १ कात्तिक । बलात्कारीलाई कडा सजायको माग गर्दै झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । महिलाहरुको एक समूहले बिर्तामोड स्थित मुक्तिचोकमा बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्ने भन्दै शनिबार बिहान प्रदर्शन गरेका हुन् । निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित महिलाहरुको समूहले मुक्तिचोकमा ‘बलत्कारी होस् तँ’ गीत गाउँदै÷नाच्दै विरोध प्रदर्शन गरिएको अभियानकर्मी प्रकृति न्यौपानेले बताइन । बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने भन्दै उनीहरुले मृत्युदण्ड समाधान नभएको बताएका हुन् । मृत्युदण्ड दिइएका विश्वका अरु देशमा पनि बलात्कारका घटना नरोकिएको उदाहरण धेरै रहेको भन्दै उनीहरुले बलात्कारमा संमल्गनलाई आजीवन काराबासको सजाय हुनु पर्ने बताए ।

Read More

झापा, १ कात्तिक । बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार बितको२४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५…

Read More

बिर्तामोड, १ कात्तिक । झापाको कनकाई नगरपालिका–१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अज्ञात समूहले ताला लगाएको छ । जसका कारण दशैंको मुखमा आमउपभोक्तालाई सेवा दिनबाट कार्यालय विमुख भएको छ । समूहका अध्यक्ष सूर्यकुमार थापाले के कति कारणले कसले किन तालाबन्दी गरेको भन्ने जानकारी नभएको बताउनुभयो । हठात् कार्यालयमा तालाबन्दी गरिएपछि सावका अध्यक्ष थापा र सचिव मेनुका काफ्लेले ‘प्रेस विज्ञप्ति तथा अपिल’ जारी गर्नुभएको छ । गत बिहीबार वनको ३० साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा कार्य सूचीमा नरहेको एजेण्डा प्रवेश गराइएको विज्ञप्तिमा उल्लेख छ । बहुमत आम उपभोक्ताले गरेको निर्णयमाथि प्रहार गरी माइन्यूट नियन्त्रणको प्रयास भएको अध्यक्ष थापाले…

Read More

झापा, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका छन् । सन्देशमा उनले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ । उनले गरिबी निवारण…

Read More

पर्सा, १ कात्तिक । पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान…

Read More

भद्रपुर, १ कात्तिक । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र संस्थागत विद्यालय सञ्चालकहरूको साझा संस्था प्याब्सन झापा बीच शिक्षक कर्मचारीलाई तत्काल २ महिनाको तलव भुक्तानी गर्ने सहमती भएको छ । ६ महिनायता तलवविहीन भएका शिक्षक कर्मचारीहरूको सम्पूर्ण माग पूरा गर्न नसके पनि प्याब्सन झापाले अशोज महिनाको सतप्रतिशत तलव तथा सोही बरावरको चार्डवार्ड खर्च भुक्तानी गर्ने सहमती गरेको हो । सहमती पत्रमा प्याब्सनका तर्फबाट जिल्ला अध्यक्ष एल.पी उप्रेती, सचिव जनार्दन ढकाल तथा इस्टुका तर्फबाट जिल्ला अध्यक्ष होमराज खतिवडा, सचिव रेवतीरमण खनालले हस्ताक्षर गरेका छन् भने रोहवरमा इस्टुका केन्द्रीय समितिका सदस्य एन. पी लामिछाने, प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारी र…

Read More

झापा, १ कात्तिक । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन…

Read More

झापा, १ कात्तिक । सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भीड बढेसँंगै कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गरे । उनले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गरे । प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गरे । उनले मास्क नाकमुख छोप्नेगरी लगाएर…

Read More

झापा, १ कात्तिक । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो । सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ । यस परिवेशमा खाद्य असुरक्षा…

Read More

काठमाडौैं, १ कात्तिक । नेपालीको महान् चाड दसैं आज ९शनिबार०देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ । कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयनमा आशंका हुन थालेको छ । आमनागरिकमा अनुशासन हराउँदै जाँदा मापदण्ड कार्यान्वयनमा नै समस्या सिर्जना भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डका अधिकांश बुँदाहरू कार्यान्वयनमा आउन नसक्दा जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ । हाल औसतमा दैनिक २ हजार ५ सय जनाको हाराहारीमा संक्रमित थपिन थालेका…

Read More