
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ कात्तिक । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै, बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले…
काठमाडौं, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ। पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । खाणले संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन पनि दिएको बताए । दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले रातोपाटीलाई जानकारी दिए । दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह…
मोरङ, ३ कात्तिक । मोरङको विराटनगर–१६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर(१५ का २८ बर्षीय अपजर अली रहेका छन । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको वशेष सुचना पाईपछी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८…
बिर्तामोड, ३ कात्तिक । झापाको मेचीनगरमा आइतबार राति ढुंगाले हानेर श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । मेचीनगर–३ का ३४ वर्षीय पर्वत राईले २७ वर्षीया श्रीमती संगीता राईको ढुंगाले हानेर हत्या गरेको मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर बस्नेतले जानकारी दिनुभयो । घरायसी विवादका क्रममा मनोजले श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेको वडाध्यक्ष बस्नेतले बताउनुभयो । अभियुक्तलाई प्रहरीले राति नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी हबल्दार कल्याण निरौलाले बताउनुभयो ।
झापा, ३ कात्तिक । सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने भनेर ३ चैतमा गरेको निर्णय देशको जेठो अस्पताल वीरमा समेत लागू नभएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । कोभिड– १९ को उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन ३ चैतमा सरकारले निर्णय गरेको थियो । तर, यो निर्णय देशकै जेठो अस्पताल वीरमा समेत लागू भएको छैन । राष्ट्रिय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेको वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले पटकपटक माग राख्दा पनि ध्यान नदिएको भन्दै आइतबार अस्पतालभित्रै आन्दोलन गरे । उनीहरूले आइतबार न्याम्सका…
झापा, ३ कात्तिक । दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ । दशैँको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही नगर्ने भएको छ । नयाँ नोटको अभाव हुँदा त्यस्ता ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले…
झापा, ३ कात्तिक । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकतान्त्रिक र समाजवादउन्मुख राज्यको अवधारणा विपरित हो । उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट सक्रमितबाट थप प्रताडित हुने देखिएको छ । सरकारले कोरोना महामारीबाट देश र जनतालाई जोगाउन राज्यको सबै स्रोतसाधनको प्रयोग गर्नुको साटो…
झापा, ३ कात्तिक । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले हालको मौसमको अवस्था पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको जनाएको छ । यसैगरी, दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहन सक्ने सम्भावना रहेको छ । भने, अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा…
झापा, ३ कात्तिक । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् । हिजो आइतबारदेखि लागु हुने गरी यो व्यवस्था गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असशक्त, अति अपांगता भएका नागरिक, असहाय एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत बाहेक अरूले आफ्नै खर्चमा कोराना परीक्षण गर्नुपर्ने निर्णय गरेको हो । उनीहरूको कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमाबाट बेहोर्ने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर…
झापा, ३ कात्तिक । आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने भएको छ । बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना पिसिआर परीक्षण नहुने भएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् । उनले ती ३ दिन देशभार नयाँ पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताए । ती दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने निर्णय भएको डा गौतमले जानकारी दिए ।