
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुब्रत न्यौपाने– (तस्वीरहरु–विष्णुकुल श्रेष्ठ) झापा, २ कात्तिक । सडक सञ्जाल विस्तार गर्ने एसियाली राष्ट्रहरुबीच भएको सहमति अनुरुप ‘एसियन हाइवे’ मा नेपाल पनि जोडिएको छ । पूर्वी नेपालको सीमावर्ती सहर काँकडभिट्टालाई एसियन हाइवेले छोएको हो । भारतले पश्चिम बंगाल हुँदै काँकडभिट्टासम्म ‘एसियन हाइवे’ विस्तार गरेको छ । ‘सडक सञ्जाल फराकिलो हुँदा सीमावर्ती नाकाहरु झन् चलायमान हुन्छन्’, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना भन्छन्, ‘एशियन हाइवेको पहुँचमा नेपाल पुग्नु आफैँमा सकारात्मक प्रयत्न हो । यसले व्यापार प्रवद्र्धन, बजारीकरण र आयात निर्यातमा पनि सहजता थपिदिन्छ ।’ एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा मेची नदीमा चार लेनको ‘मितेरी…
उदयपुर, २ कात्तिक । उदयपुर कटारी नगरपालिका–१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन । यसैगरी उदयपुर कटारी नगरपालिका–८ शिरिसेका ३० बर्षीय महेश बहादुर बिक रहेका छन् । भैरहवाबाट ओखलढुंगातर्फ आउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो आज विहानको राती १ बजे भदौरे स्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल खसी दुर्घटना हुदा स्कारपियोमा सवार मध्ये ५…
काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् । ‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ । उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन । यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको…
काठमाडौं, २ कात्तिक । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं ।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन् । यद्यपि, यस वर्ष दसैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ । विगतमा दसैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे। बसपार्क तथा टिकट काउन्टरमा गाउँ फर्किन चाहने यात्रुको लाइन हुन्थ्यो । तर, यसपटक टिकट काउन्टर र बसपार्कमा भीडभाड छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप कम भएकाले आधाभन्दा धेरै गाडी खाली नै गुडिरहेको बताए । ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा…
काठमाडौं, २ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ । पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को…
काठमाडौं, २ कात्तिक । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शय्या दिन आनाकानी गर्दै खाली शय्यासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् । अस्पतालमा शैया हुँदा हुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको संख्या बढ्दै गएको हो । गम्भीर प्रकृतिका संक्रमितसमेत अस्पतालमा बेड नपाएपछि ज्यानै जोखिममा हालेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । अस्पतालले आईसीयू र भेन्टिलेटर भए पनि लुकाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन । दीर्घरोगी र ज्येष्ठ नागरिकहरू…
झापा, २ कात्तिक । प्रदेश नं १ मा शनिबार कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् । सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४८१ कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको…
अर्जुनधारा, २ कात्तिक । झापाको अर्जुनधारा–१ स्थित हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि शनिबारदेखि खुला गरिएको छ । अर्जुनधारा नगरपालिकाको पर्यटकीय क्षेत्रमध्ये सम्भावना बोकेको क्षेत्र हलुवागढ पनि हो । अनौपचारिक कार्यक्रममा उपस्थित सहभागीहरुमध्ये ज्येष्ठ नागरिक पदमबहादुर आचार्यलाई टिकट प्रदान गर्दै सो क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको संकेत गरियो । स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै २०७५ साल भदौदेखि पर्यापर्यटन क्षेत्रको भौतिक विकास निर्माण कार्य सुरु गरेको थियो । आजदेखि खुला गरिएको उक्त क्षेत्रमा प्रवेशका लागि वन समूहका उपभोक्तालाई प्रतिव्यक्ति १५ रुपैयाँ र अन्य सर्वसाधारणका लागि भने प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । हाल सो क्षेत्रमा सञ्चालनमा…
झापा । पछिल्लो २४ घण्टामा झापाका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३१ महिला र ४८ जना पुरुष संक्रमित भएका छन् ।झापामा संक्रमित भएकामध्ये एकैदिन सबैभन्दा बढी आज भएको हो । आजका संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका २२ जना रहेका छन् । १६ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।संक्रमितहरु बिर्तामोड १, २, ३, ५, ६, ७ र ९ नम्बर वडाका छन् । उनीहरुको उमेर समूह १९ देखि ४० वर्षका छन् । उनीहरु सबै स्थानीय बासिन्दा हुन् ।बिर्तामोडपछि दमकमा १४ जनामा संक्रमण पुष्टि भएको छ । दमकका ३ महिला र ११…
काठमाडौं, २ कात्तिक । कोभिड १९ (कोरोना) संक्रमण भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा ओम अस्पताल भर्ना भएका छन् । अध्यक्ष थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समेत केही असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको ओम अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । अध्यक्ष थापाको अहिले ओम अस्पतालको आइसियु कक्षमा राखेर उपचार भैरहेको छ । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा।विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा।सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको…