
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० असोज । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ । ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेका केन्द्रका अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिए । साथै केन्द्रले यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन अनुरोध गरेको छ । आजको गोरखापत्र दैनिकमा…
विराटनगर, ३० असोज । यस वर्षको एक लाख धनराशीको सातौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई ६५ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । २०७६ सालमा तत्कालिन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहदा प्रहरी जवान खत्रीले विभागिय मुल्य(मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी…
बिर्तामोड, ३० असोज । दक्षिणी झापाको बाह्रदशीलाई स्माट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागीपरेका छन् । बाह्रदशी गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्र्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट नै विनियोजन गरेको छ । गाउँपालिकाले समेत बजेट बिनियोजन गर्दै राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयले आफ्नै ठाउँमा लगानी गर्न शुरु गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा हेण्डवाससहितका घरमा अत्यावश्यक सामग्रीका लागि स्थानीय एक युवाले फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएका छन् । मिरिफ्रेस बाण्डका हेण्डवास, फिनेल, ट्वाइले क्लिनर,…
बिर्तामोड, ३० असोज । झापामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो । कोरोना भाइरसको लक्षण देखिएपछि गत परीक्षणका क्रममा गत २७ गते मृतकमा कोरोना पोजिटिभ देखिएको उहाँले बताउनुभयो । “सास फेर्न गाह्रो भएपछि बीएण्डसीमा उपचारका लागि राखिएको थियो”, उहाँले भन्नुभयोे, “उपचारकै क्रममा हिजो राति निधन भएको हो ।” योसँगै झापामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । यता, झापामा आज ३०…
झापा, ३० असोज । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।…
बिर्तामोड, ३० असोज । झापाको बिर्तामोड नगरपालिकाको अत्यावश्यक सेवा बाहेक सबै सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाको आज बसेको बैठकले २ गतेदेखि ६ गतेसम्मका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै विभिन्न ९ निर्णयहरु गरेको छ । यस्तो छ आज बिर्तामाड नगर पालिकालले गरेको नौ निर्णय–मिति : २०७७/०६/३० बिर्तामोड नगरपालिकाभित्र गरिने कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचार समेतलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको असोज ३० गते बसेको बैठकले गरेको निर्णय– १) बिर्तामोड नगरपालिका र नगरपालिकाका सम्पूर्ण बडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा…
बिर्तामोड, ३० असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका प्रतिनिधिहरुबीच भौतिक दूरी कायम राख्दै यहाँस्थित अग्रसेन भवनमा कार्यक्रम सम्पन्न गरिएको हो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि ढकालले सहकारीमा ऐन, नियामवली, कार्यविधिहरु क्रमशः कडा प्रकृतिका बन्दै गएका छन् भन्दै निर्देशिका त झन् कठोर बनेको बताए । आज असोज ३० गतेसम्म म्याद रहेको एक सदस्य एक प्रकृतिको सहकारी कार्यान्वयन नभएमा यिनै ऐन नियमले हामीहरुलाई सजायसम्म गर्ने प्रावधान भएकाले…
अर्जुनधारा, ३० असोज । नेपालका प्रमुख शहरमा फोहोर ब्यवस्थापन मुख्य चुनौती हुने गरेको छ । फोहोर ब्यवस्थापन गर्ने स्थानको बारेमा हुने गरेका बिवादका कारण थुप्रै शहरमा अहिलेपनि फोहोर उठ्न सकेको छैन । तर, झापामै यस्तो नगर छ, त्यहाँ फोहोर ब्यवस्थापनका लागि बिवाद त के स्थानीयले सहजै फोहोर फाल्न पाएका छन् । अर्जुनधारा नगरपालिकाले झापामा उदाहरणीय रुपमा फोहोर ब्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि १२ जना कर्मचारी परिचालन गरेको छ । उनीहरुलाई फोहोर ब्यवस्थापनका लागि एउटा ट्रिपर र टयाक्टर उपलब्ध गराएको छ । बिहान सबेरैदेखि फोहोर ब्यवस्थापन टोली आफ्नो काममा सक्रिय हुने गरेको प्रमुख माधब भण्डारी बताउँछन् ।…
अर्जुनधारा, ३० असोज । झापाको अर्जुनधारा नगरपालिका ४ र ५ वडा जोड्दै विरीङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भएसंगै वर्षौंदेखि स्थानीय क्षेत्रका बासिन्दाले बर्खाको समयमा भोग्दै आएको हैरानी र जोखिमको अन्त्य भएको छ । पुल निर्माण भएसंगै वर्षायाममा ज्यान जोखिममा राखेर खोला आवातजावत गर्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको र स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तु बजार सम्म लानका लागि सहज भएको स्थानीय मुखमेल धिमाल बताउंछन् । संघीय सरकारको १ करोड २० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको लम्वाई १ सय ६३.५५ मिटर रहेको छ । पुल निर्माणले स्थानीयलाई वर्षात्मा शनिश्चरे, खुदुनाबारी, दानाबारी जान…
विराटनगर, ३० असोज । मोरङ निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको छ । साम्बाले शुक्रबार विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकमा विस्तृत विवरण सार्वजनिक गर्दै आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको उल्लेख छ । साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ । साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७,…