
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० असोज । भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताए । उनले झापामा अरु सातवटा बिओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोवार, तस्करीलगायत अपराध रोक्न सीमाका बिओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए । झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ । सरकारले…
झापा, ३० असोज । प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न रु ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई उपलव्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गर्नुभयो । केही दिनपछि थप तीन थान प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजनाअन्तर्गत प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा एक÷एक वटा एकीकृत सेवा केन्द्र स्थापना गर्न उक्त सवारीसाधन उपलव्ध गराइएको आन्तरिक मामिला तथा कानून…
ताप्लेजुङ, ३० असोज । फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो ।सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि उनको मृत्यु भयो । “हामीले बेलुका मात्रै थाहा पायौँ”, छिमेकी रामले भने, “झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।” उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन…
काठमाडौं, ३० असोज । मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । यसअघि पनि संघीयमा रहेका कोइरालालाई पुन संघीय मामिला मन्त्रालयमा नै ल्याइएको छ । यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा…
काठमाडौं, ३० असोज । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ । वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ । यस्तै, माल्दिभ्समा संक्रमितमध्ये शून्य दशमलव ३१६ प्रतिशतको मृत्यु भएको…
काठमाडौँ, ३० असोज । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको…
काठमाडौं, ३० असोज । २०७२ सालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीको दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो। केपी ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले। विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था दशकयताकै थलिएको थियो। त्यो परिस्थितिमा राम्रो छवि बनाएर निस्किए पौडेल। ओलीकै सरकारमा ५ वर्षपछि पौडेलले पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। तर, महामारीले अर्थतन्त्र धराशयी भएको पहिलाझैं चुनौतीपूर्ण कालखण्डमा। कोभिड–१९ले दुई दशकयताकै खराब अर्थ व्यवस्था सम्हाल्नुपर्ने जिम्मेवारी पौडेलको काँधमा आइलागेको छ। शैक्षिक योग्यता, आर्थिक क्षेत्रको विज्ञताजस्ता विषयलाई देखाउँदै उतिबेला धेरैले उनीमाथि अर्थ मन्त्रालय हाँक्न नसक्ने आकलन गरेका थिए। परिणाम ठीक उल्टो आयो। भूकम्पपछि ०।२ प्रतिशतमा झरेको आर्थिक वृद्धिलाई उनले…
काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित गराए। पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिनु उनको कार्यशैली र सेनासँगको तिक्ततापूर्ण सम्बन्धसँग जोडेर हेरिएको छ। देशमा कोरोना संक्रमणको दर बढ्दै गर्दा पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री औषधि व्यवस्था विभागमार्फत खरिद अघी बढाएको थियो। सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्य र गुणस्तरमा प्रश्न उठेपछि पोखरेलले त्यसको जिम्मा आफू मातहतको सेनालाई दिए। तर, त्यसले सेनालाई विवादमा तान्ने काम मात्रै गर्यो । कतिसम्म भने…
काठमाडौँ, ३० असोज । कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो। सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन्। तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए। आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलकोगीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेशबानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेशन्यौपानेले गरेका हुन् । बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नैअभिनय गरेका छ्न् । छायाङ्कन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभासशाहाको रहेको छ । https://www.youtube.com/watch?v=LSTBTIhle-E&feature=emb_logo