
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, २९ असोज । प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पु(याउन सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७४र७५ र २०७५र७६ मध्यावधि समीक्षा पुस्तकको सार्वजनिक गर्दै प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै गएको बताए । उनले सरकार तराई, पहाड र हिमालका जनताको विश्वास स्थापित गरेको बताउँदै उनीहरुको विकासप्रतिको आकांक्षा पूरा प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकार गठन भएको मध्यावधि अवस्थामा प्रशासनीक,…
झापा, २९ असोज । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् । कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताउनुभयो । आलु मात्र होइन अरू तरकारी पनि छोइसक्नु छैन । यस्तै भइरहने हो भने दशैँमा समेत सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने रिजालले गुनासो गरे। व्यापारी भने अहिले कोरोनाका कारण आलु उत्पादन नै कम भएको र भएका ठाउँमा पनि किसानले महँगो भन्ने गरेकाले महँगिएको…
झापा, २९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण हुने बताए । उनले अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना परीक्षण हुने बताए । प्रवक्ता गौतमले निःशुल्क परीक्षण गर्ने दायराभित्र परेका व्यक्तिका बीमा कम्पनीमा बीमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बीमा रकमबाट बेहोरिने निर्णय गरेको बताए । प्रवक्ता गौतमले असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय…
झापा, २९ असोज । कोरोनाभाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको छ । परीक्षणका क्रममा रहेको यो औषधीको माग नेपालमा बढ्दो छ । तर यसको आपूर्तिको स्थिति अत्यन्त कमजोर बनेको छ । यो औषधि समयमै आयात गर्न सम्बन्धित सरकारी तथा निजी आयातकर्ता असफल देखिएका छन् । औषधि विभागले पहिलो चरणमा डेढ महिना अघि निजी आयातकर्तालाई यो औषधि ६ हजार भायल आयात गर्न अनुमति दिएको थियो । यसको अभाव बढेसँगै गत शनिबार थप ६ हजार भायल आयात गर्न अनुमति दिएको…
काठमाडौँ, २९ असोज । सरकारले कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्थाबिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौँ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अधिकतम संख्या कहिले पुग्छ भन्ने मन्त्रालयले खुलाएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ लाख १७ हजार ९ सय ९६ लाई कोरोना पुष्टि भइसकेको छ । केहीले दसैँमा घर जान दिएर उपत्यकामा भीडभाड कम गर्न दिने र फर्कन रोक लगाउनुपर्ने प्रस्तव पनि राखेका छन् । ‘दसैँमा मान्छे बच्चा…
झापा, २९ असोज । तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा नेम्वाङले भनेका छन्, यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ । नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल ग(यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ । छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ । त्यसैले अहिलेको नियुक्ति…
झापा, २९ असोज । बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक वृत्तमा थप चासो बढेको छ। भट्टराईले यही साता प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले चिनियाँ कम्पनीलाई बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न दिँदा नौ अर्ब रुपैयाँ कमिसन लिएको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीले सार्वजनिक रुपमा उच्चपदस्थ व्यक्तिमाथि आरोप लगाउँदै आफूसँग त्यसको प्रमाणसमेत भएको दाबी गरेबाट गम्भीर प्रश्न उठेको छ। सुरुमा पूर्वप्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना विकास समितिमार्फत निर्माण गर्ने निर्णय गरेको थियो। दाहाल प्रधानमन्त्री बनेपछि भट्टराई नेतृत्वको…
काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने भन्ने केही छलफल नै नभएको बताए । ‘अहिले त केही कुरा भएको छैन र यसै भन्न सकिने अवस्था पनि छैन, मिटिङ स्थगित भएको छ, पछि छलफल होला,’ महतले भने । कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भन्दै पछिल्लो पटक २५ असोजका लागि बोलाएको केन्द्रीय समिति बैठक केन्द्रीय…
झापा, २८ असोज । सरकारले कोरोना बीमा गरेकाहरुको निःशुल्क उपचार नगर्ने भएको बताएको छ । संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बीमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने बिहीबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गरिने पनि सरकारले जनाएको छ । सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने उनले बताए ।
काठमाडौं, २८ असोज । सर्वोच्च अदालतले बुधबार लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ। आयोगले २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो। लोकसेवा आयोगले नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो । न्यायाधीश मनोजकुमार शर्माको इजलाशले नयाँ विज्ञापन प्रकाशन गर्ने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको हो। यसअघि लिखित परीक्षामा सामेल भएका तीन जनाले नाम निकालेपछि उनीहरु अन्तरवार्ताका लागि छनौट भएका थिए । आयोगले उनीहरुको अन्तरवार्ताका लागि असोज ३१ गते अन्तरवार्ताका लागि समय तोकेपनि कोरोना…