झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २८ असोज । झापामा आज मेचीनगर नगरपालिकाका नगरप्रमुख बिमल आचार्यसहित ४१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका ८ स्थानीय तहका १० महिला र ३१ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तो छ आजको स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–

Read More

भद्रपुर, २८ असोज । झापा सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी सडक खण्डको मुल बाटो वरपरको घर टहरा हटाइने भएको छ । भद्रपुर नगरपालिका वडा न १० र ७ भित्र पर्ने लेखनाथ चौक , भैरव चोक वर परका सडकको मापदण्ड भित्र पर्ने घर टहरा हटाउन भद्रपुर नगरपालिकाले सम्वन्धीत वडाहरुलाइ पत्र काटेको छ । नेपाल सरकारको सडक विभाग द्धारा विर्तामोड चन्द्रगढीको भैरव चौक सम्मको सडकमा चार लेनको सडक निर्माण कार्यको ठेक्का प्रकृया अगाडी वढी सकेको सन्दर्भमा सो सडक खण्डमा पर्ने तांहा वडा अन्तर्गतका घर जग्गा टहराहरु हटाइ खाली गरी सडक सीमा तथा सेडव्याक समेतको आवश्यक व्यवस्थापन गरी सहयोग गर्न गराउन अनुरोध गरिएको पत्रमा उल्लेख…

Read More

विराटनगर, २८ असोज । ६५औ प्रहरी दिवस २०७७ को अवसर पारेर आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा रक्तदान कार्यक्रयम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त सेवा विराटनगरको उपस्थितिमा प्रहरीले रक्तदान गरेको हो । पछिल्लो समय कोभिड १९ का कारण देशैभर रगतको कमी भइरहेको बेला रक्तसञ्चार सेवामा रगत अभाव नहोस भन्ने हेतुले प्रहरी दिवसको अवसर पारेर रक्तदान गरिएको हो । रगत अभावका कारण विभिन्न अस्पतालमा पुर्याइएका बिरामीहरुको उपचारमा समेत समस्या भईरहेको बेला यस कार्यलयमा रक्तदानको कार्यक्रम चलिरहेकै समयमा कोशी अस्पताल बिराटनगरमा एक महिलालाई तत्काल रगत आवस्यक परेको जानकारी पाए लगत्तै रक्तदान स्थानबाटै उक्त बिरामी…

Read More

झापा, २८ असोज । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । उनका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ । यस्तै देशभर बितेको २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि…

Read More

मोरङ, २८ असोज । मोरङ रतुवामाई–१० सातमेडी बस्ने २४ वर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु वेहोस भएका थिए । उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साझँ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

झापा, २८ असोज । कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहनुभएको छ । उहाँको चाहना छ कि, केही मन्त्री हेरफेर गरौं । तर, न केपीले चाहेर कोही मन्त्री थप्न र निकाल्न सक्नुभएको छ, न प्रचण्डले । चाहँदा केपीका निम्ति यो कुनै ठूलो समस्या होइन । मात्रै, अर्का अध्यक्षको पनि बचन तोडेर पाइला पाइलामा किन…

Read More

अनिल वाग्लेझापा, २८ असोज । उपन्यासकार, गीतकार तथा कलाकार भगवती ढुङ्गेलले आफ्नो गीत बजारमा ल्याएकी छिन् । उनले हालै युट्युव मार्फत ‘न पिउँ त’ बोलको गीत सार्वजनिक गरेकी हुन् । राज सागरले गाएको उक्त गीत प्रेम सम्बन्धलाई लिएर उनले लेखेकी हुन् । सो गीतमा राज सागरले संगीत भरेका छन् । भने मोडलका रुपमा भगवती ढुंगेल स्वयम् देखिएकी छिन् । त्यस्तै म्यूजिक भिडियोमा मुख्य पात्रका रुपमा मोडल जनक खड्काले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा भुवन मेचेको पनि अभिनय देख्न सकिन्छ । कृष्ण तामाङको निर्देशनमा रहेको उक्त गीत नयाँ पुस्ताले रुचाएका छन् । प्रेम अनि धोकालाई शव्दमा उतारेकी भगवतीले आफूलाई मोडलका…

Read More

काठमाडौँ, २८ असोज । संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली प्रदेशबाट आगोको झिल्कोझैँ सत्तारुढ दलभित्रको रडाको पटाक्षेप भएको छ । यससँगै प्रश्नहरू उठेका छन्– यसले पार्टी एकता, पूर्वएमालेमा व्याप्त गुटगत क्रियाशीलता र सुविधाजनक बहुमतसहित सत्ता उपस्थितिको भविष्यलाई धराप त पार्दै छैन ? प्रदेश ५ को नाम र राजधानी तोक्ने काम तलैको हो भन्दै केन्द्र टक्टकिँदै आयो । तर, अन्ततः केन्द्रको हस्तक्षेपपछि नाम र प्रदेश टुंगिएरै छाड्यो । यतिबेला कर्णाली प्रदेश…

Read More

झापा, २८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस ९कोभिड–१९० परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले कोरोनाको परीक्षण तत्कालै गराउन सहयोग पुुग्नेछ । ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा चौथो संशोधन गर्दैै यो विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । यसको अधिकतम मूल्य हाल एक हजार रुपियाँ तोकिएको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले एन्टिजेनको किट तथा रिएजेन्ट स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिमको ‘बायोसेफ्टी क्याबिनेट’ तथा अन्य सुरक्षा विधि…

Read More

झापा, २८ असोज । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र टंकबहादुर मुक्तानको इजलासले दिएको आदेशको पूर्ण पाठमा भनिएको छ, ‘सरकारले कोभिड सरुवा रोग हो भनी स्वीकार गरिएबाट यसको सबै प्रकारको सेवा निःशुल्क हुनुपर्छ । सरकारी संयन्त्रबाटै परीक्षणको दायर बढाउनू र पूर्णतः निःशुल्क व्यवस्था गर्नू ।’ सर्वोच्च अदालतले गत १५ असोजमा कोभिड–१९ महामारी भएको हुँदा आकस्मिक…

Read More