झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ भदौ । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । “उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो”, मौसमविद् पौडेलले भने । मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ हो । यसलाई हेर्दा नेपालमा मनसुनको समय अब एक साता छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

Read More

बिर्तामोड, ३१ भदौ । एकका लागि एक अभियान अन्तरगत स्थापना गरिएको झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोमको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच आज ल्याबको प्रदेश सरकार प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गर्नुभएको हो । पिसिआर मेशिनको उद्घाटन गर्नु हुँदै प्यासीले सबै जनता, दल र सरकारको साझा मेहनतबाट उक्त पिसिआर मेशिनको स्थापना हुन सकेको भन्दै झापाबासीको यो सामुहिक भावनाको सिको सबै देशबासीले गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना कहरबाट बिजय प्राप्त गर्नका लागि पिसिआर मेशिन उपयोगी हुने बताउनुभयो । एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले सानो सहयोगबाट पनि…

Read More

बिर्तामोड, ३१ भदौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले झापामा जनस्तरबाट स्थापना गरिएको पीसीआर ल्याबको स्थायित्वको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा एकका लागि एक अभियान अन्तरगत स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) उद्घाटन कार्यक्रममा आज मन्त्री कार्कीले झापामा शुरु गरिएको यो अभियानले सकारात्मक सन्देश गएको बताउनुभयो । असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन चल्ने भएकाले कोरोना संक्रमण केही दिन वा महिना बढ्ने उहाँले बताउनुभयो । “त्यस्तो परिस्थितिका लागि हामी मानसिक र भौतिक रुपमा तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि यस्ता ल्याब सहायकसिद्ध…

Read More

बिर्तामोड, ३१ भदौ । झापामा आज २३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका छ स्थानीय तहका ७ महिला र १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बाह्रदशीको ५ नम्बर वडामा २ महिला र ३ पुरुष गरी ५ स्थानीयमा कोरोना पुष्टि भएको छ । दमकको १, ४, ५, ८, ९ र १० नम्बर वडाका १ महिला र ७ पुरुष गरी ८ जना स्थानीयमा कोरोना देखिएको छ । भद्रपुरको ६, ७ र ८ नम्बर वडाका १ महिला र ३ पुरुष गरी चार जनामा कोरोना देखिएको छ । उनीहरुमध्ये ३ जना भारतबाट आएका र १ जना स्थानीय…

Read More

झापा, ३१ भदौ । बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् ।…

Read More

काठमाडौं, ३१ भदौ । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनीविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।

Read More

काठमाडौँ, ३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ । महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोध सागर ढकाल, डा प्रमेश सुन्दर श्रेष्ठलगायतको टीम…

Read More

झापा, ३१ भदौ । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ । विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन् । सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७३० परिवारका लागि…

Read More

बिर्तामोड, ३१ भदौ । झापाको मेचीनगर नगरपालिका–१३ बाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले मंगलबार राति दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ का २९ वर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय पवन कुमार बसाकलाई रहेका छन् । मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुवै जनालाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध…

Read More

धरान, ३१ भदौ । कोरोनाभाइरसको संक्रमणबाट सप्तरीका एक पुरुषको बुधबार बिहान निधन भएको छ । जिल्लाको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । गत भदौ २८ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले जानकारी दिए । मृगौलाको समस्या भएर विगत १ वर्षदेखि हप्ताको २ पटक डाइलाइसीस गर्ने गरेका उनलाई उच्च रक्तचापको पनि समस्या रहेको डा सापकोटाले बताए ।

Read More