
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ असोज । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिए । उनले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भने । महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट…
झापा, २ असोज । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने सम्भावना बढेको हो । विद्यार्थीको हातमा पुस्तकविद्यालय तहमा अध्ययन गर्ने सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेको दाबी जनक शिक्षा सामग्री लिमिटेडका महाप्रबन्धक महेश तिमिल्सिनाले गरे । यस वर्षको शैक्षिक सत्रको सबै पाठ्यपुस्तकको बिक्री वितरण भइसकेको छ । गत असारसम्म एक करोड ६० लाख थान पुस्तक बिक्री भइसकेका छन् । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक भने निजीले छापेको थियो । कक्षा…
बिर्तामोड, १ असोज । झापाको दमक र मेचीनगर नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक वडा नं. ५, ८ र ९ का ५ महिला र १ पुरुष गरी ६ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै मेचीनगर ६ र ७ नम्बरका चार जना पुरुषमा कोरोना देखिएको छ । उनीहरु भारतबाट आएका हुन् ।
झापा, १ असोज । बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ ।…
मोरङ, १ असोज । मोरङको रङ्गेली नगरपालिका–३ का डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो बिष्टको घरदेखि करिब १५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर बालक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
काठमाडौं, १ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबै (नौ जना) सदस्य संघीय संसद सदस्य भएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा बिहीबार राष्ट्रपतिले मनोनय गरेसँगै नेकपा सचिवालयका सबै ९ जना सदस्य संघीय संसद बनेका हुन् । नेकपाको हेडक्वार्टर मानिने ९ सदस्यीय सचिवालयका सदस्यमध्ये ३ जना राष्ट्रिय सभा र ६ जना प्रतिनिधि सभा सदस्य हुन् । उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य रामबहादुर थापा राष्ट्रिय सभा सदस्य हुन् भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल प्रतिनिधि सभाका सदस्य हुन् । त्यस्तै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र…
इलाम, १ असोज । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० दिनु पर्ने प्रावधान स्थानीय सरकार (सूर्योदय नगरपालिका)ले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् । मापदण्डानुसार चियाको मूल्य दिन किसानले उद्योगीलाई अनुरोध गरेका छन् । नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् तर पनि उद्योगीले ‘डेग’ चलाएका छैनन् । उद्योगीले यतिसम्म किसानमाथि शोषण…
काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन् । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी कार्यालयले आज जनाएको छ । गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहेका डा विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उनको…
काठमाडौं, १ असोज । नेपाल डेरावाल समाजले घरबेटीहरुले डेरावालहरुलाई विभिन्न बहानामा दुःख दिने गरेको भन्दै गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । कोरोना महामारीले सिर्जित डेरावालको समस्या समाधानको माग गर्दै समाजले बिहीबार स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा अनलाइनबाट ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराएको समाजका संयोजक भुवन थापाले जानकारी दिए । समाजले विगत ६ महिनादेखि पटकपटक कायम रहेको लकडाउन र निषेधाज्ञा तथा कोरोनाको महामारीका कारणले धेरै श्रमिकको रोजीरोटी गुमेको तथा अधिकांश व्यवसाय बन्द हुँदा डेरामा बस्ने र व्यवसाय गर्नेलाई कोठा भाडा तिर्न समस्या भइरहेका बेला डेरावालको हत्या गर्नेजस्ता जघन्य अपराध गरिएको जनाएको छ । ‘समयमा डेरा भाडा तिर्न नसक्दा कतै डेरावालको हत्या…
भद्रपुर, १ असोज । पाँच महिनायता आन्दोलनमा रहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले विद्यालय सञ्चालकहरूको शिक्षक कर्मचारी प्रतिको धारणा बुझ्ने अभियान सुरू गरेको छ । निर्णायक आन्दोलनका परिचालन अभियान अन्र्तगत प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साललाई भेटी संस्थागत विद्यालय सञ्चालकहरूको शिक्षक कर्मचारीप्रतिको धारणा लिइएको छ । नगर समितिका अध्यक्ष द्रोण अधिकारी तथा प्रदेश सहसचिव राजु वरालको नेतृत्वमा गएको टोलीसित कुरा गर्दै सल्लाहकार लम्सालले विद्यालय सञ्चालन नभइ शिक्षक कर्मचारीका माग सम्बोधन गर्न नसकिने धारणा राखेका थिए । शिक्षक कर्मचारीविना विद्यालय सञ्चालन गर्न सकिने कि नसकिने भन्ने प्रश्नको जवाफ दिँदै लम्सालले विद्यालय सञ्चालनका लागि शिक्षक कर्मचारी आवश्यक भए पनि अभिभावकले…