
झापा, १ असोज । बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।
जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८३ पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



