झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, १५ मंसिर । सुनसरी कोशी गाँउपालिकास्थित हरीपुर चोकमा एम्बुलेन्स र ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एम्बुलेन्समा सवार ६ जनाको मृत्यु भएको छ। आज राति सवा १२ बजे पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृत्यु हुनेहरुमा उदयपुर त्रियुगा नगरपालिका–१० का २८ वर्षीय राजेस कुमार दनुवार (एम्बुलेन्स चालक), सोही स्थानका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५०…

Read More

काठमाडौं, १४ मंसिर । रोजगारीको आकर्षक गन्तब्य मानिने दक्षिण कोरिया पछिल्लो समय आर्थिक मन्दीसँग जुध्न बाध्य भएको छ । कोरियाको निर्यातमुखी अर्थतन्त्रमा आएको गिरावटको असर त्यहाँको साना तथा मझौला उद्योगमा पर्न थालेको छ । जसको असर नेपालमा पनि पर्न गएको छ । खास गरे कोरियामा आएको आर्थिक मन्दीसँगै रोजगारदाताले विदेशी श्रमिकको मागमा गरेको कटौतीको असर नेपालमा पर्न गएको हो । ठिक यसै बेला कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली नेपाल आएको छ । टोलीले वैदेशिक रोजगार विभागसँग भएको छलफलमा कोरियन भाषा परीक्षा उत्तीर्ण कामदारलाई धेरै नकुराउन आग्रह गरिएको छ । इपिएस प्रणालीबाट कोरियामा कामदार पठाउने…

Read More

धुलाबारी, १४ मंसिर । कविशिरोमणि मावि पूर्वविद्यार्थी समाज गठन भएको छ । पूर्वविद्यार्थीको आज विद्यालयमा भएको भेलाले समाज गठन गरेको हो । शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ अनुसार गठन गरिएको समाजको अध्यक्षमा सुब्रत न्यौपाने चयन भएका छन् । अध्यक्ष छानिएका न्यौपाने विवेचना दैनिकका सम्पादक एवम् एपीवान टेलिभिजनका व्युरो प्रमुख हुन् । विद्यालयको शैक्षिक गुणस्तर बढाउने प्रदेश सरकारको अवधारणा अनुसार पूर्व विद्यार्थीलाई सङ्गठित गर्न थालिएको हो । विद्यार्थी भेलाले समाजको उपाध्यक्षमा ईश्वर घिमिरे र मञ्जु चिमरियालाई छानेको छ । उनीहरु दुबैजना शिक्षण पेशामा छन् । सचिवमा राजु धिमाल चयन भएका छन् । उनी राजनीतिमा युवा सङ्घमा क्रियाशील छन् । स्थानीय खुट्टीडाँगी…

Read More

भद्रपुर, १४ मंसिर । झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिनुभयो । सुगौली सन्धीमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान लिम्पियाधुरा भएको बारेमा जानकारी दिएर नक्सा कोर्न लगाउँदा विद्यार्थीमा राष्ट्रियता र सीमासम्बन्धी चेतना बढेको बुढाथोकीले बताउनुभयो । “आफ्नो देशको माटोबारे विद्यार्थीलाई जानकारी गराउनु कर्तव्य सम्झेर हामीले नक्सा कोर्न सिकाएका हौँ”, बुढाथोकी भन्नुहुन्छ । आठ सय विद्यार्थी अध्ययनरत लक्ष्मी माविको कक्षा ७ मा ८० विद्यार्थी छन्…

Read More

झापा, १४ मंसिर । गृहमन्त्री रामबहादुर थापा र काठमाडौँ महानपालिका मेयर विद्यासुन्दर शाक्यमाथि अवहेलना मुद्दा दायर भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै काठमाडौँ महानगरको मेयरविरुद्ध अबहेलना मुद्दा दायर भएको हो । १६ भदौं २०७२ मा सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासबाट अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलगायत हटाउन फैसला भएको थियो । तर सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि अवहेलना मुद्दा दायर भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

भद्रपुर, १४ मंसिर । झापा उद्योग वाणिज्य संघको ५३ औं साधारण सभा तथा २३ औं अधिवेशनको अवसर पारेर अग्रज पत्रकार गोपाल गिरी सहित ८ जनालाई सम्मान गरिएको छ । भद्रपुरमा रहेर उद्योग वाणिज्यको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै नागरिक एफ एम का समचार सम्पादक गिरीलाई नगद ५ हजार सहित सम्मान गरिएको हो भने उद्योग वाणिज्य संघमा आबद्ध रहेर विभिन्न चरणमा जनप्रतिनिधिका रूपमा निर्वाचित प्रदेश संसद ओमप्रकाश सरावगी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर ३ की वडाध्यक्ष कमला थुलुङ, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, वडा सदस्य अजय साहेवाला, गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडाध्यक्ष लखनलाल महतोलाई दोसल्ला ओढाएर…

Read More

अर्जुनधारा, १४ मंसिर । सरकारको जनता आवास कार्यक्रममार्फत अर्जुनधारा नगरपालिकाभित्र यसपटक ३३ वटा घर निर्माण हुने भएको छ । प्रदेश सांसद बृख प्रधानले अर्जुनधारा–८ स्थित पेट्रोल पम्प पछाडि रहेको नयाँ बस्तीमा शुक्रवार घर शिलान्यास गरेका हुन् । मुस्लिम समुदायकी विपन्न सोफिया खातुनका लागि निर्माण हुने उक्त घरको शिलान्यास भएसँगै अर्जुनधारामा ३३ परिवारको घर बन्ने भएको हो । प्रदेश सांसद प्रधानका अनुसार सरकारको नीतिगत कार्यक्रमअन्तर्गत २८ वटा संघीय सरकार र ५ वटा प्रदेश सरकारको बजेटबाट अर्जुनधारा नगरपालिकामा रहेका विपन्न समुदायको घर निर्माण गर्ने कार्यक्रम छ । एउटा घर निर्माण गर्न सरकारले चार किस्तामार्फत ३ लाख ३२ हजार पाँच सय रुपैयाँ प्रदान…

Read More

झापा, १४ मंसिर । ६ वर्षको अवधिमा त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ । जुन अहिलेको दरअनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबारको हो । तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन् । चीन, भारत, नेपाल, दुबई, हङकङ, सिंगापुर,थाइल्याण्डलगायत मुलुमा बसेर सुन अवैध रुपमा ओहोरदोहोर गराउन गिरोह सक्रिय रहेपनि निस्तेज पार्न सरकारले सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १४ मंसिर । मेडिकल कलेजको पक्षपोषण हुने गरी सरकारले गरेको निर्णयले चिकित्सा शिक्षाका विद्यार्थी मर्कामा परेका छन् । कलेजहरुले २०७२÷७३ को ब्याचदेखि नै बढी शुल्क असुले पनि सरकारले २०७४÷७५ र २०७५÷७६ का विद्यार्थीबाट लिएको बढी शुल्क मात्रै फिर्ता हुने गरी कलेज सञ्चालकहरुसँग सहमति गरेपछि विद्यार्थीहरुले राज्यबाटै ठगिएको महसुश गरेका हुन् । उनीहरुले आन्दोलन जारी राखेका छन् । २०७२/७३ र २०७३/७४ मा भर्ना भएका विद्यार्थीको हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने निर्णय मंगलबार सरकार र कलेज सञ्चालकले गरेका थिए । तर, कहिले अनुरोध गर्ने भन्ने कुनै मिति तोकिएको छैन ।…

Read More

ताप्लेजुङ, १४ मङ्सिर । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी फागुनमा हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा हेलिकप्टरमार्फत कञ्चनजङ्घा हिमशृङ्खलासहितका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाइने भएको छ । फागुन ९ देखि १३ गतेसम्म ताप्लेजुङमा हुने महोत्सवमा म्याराथनसहित विभिन्न खेलकूद प्रतियोगिताका साथै जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकनलगायतका कार्यक्रम राखिएको छ । “पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण” भन्ने मूल नाराका साथ पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्तरूपमा महोत्सवको आयोजना गरेका हुन् । महोत्सव अवधिभर विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, जैविक विविधताले भरिपूर्ण क्षेत्रमा रहेको तिम्बुङ पोखरी, फुङफुङे…

Read More