झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मङ्गलबार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौल प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेले भने । एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, १८ मंसिर । सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी चलेको समाचार छ । विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् । भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे । शरणले नेपाली पक्ष राजनीतिक खपताका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डियन एक्सप्रेस’ मा लेखमार्फत लगाएका थिए । उनको आलेखलाई राष्ट्रसंघका प्रतिनिधिसमेत भएका आचार्यले खण्डन गरेका हुन् । आचार्यले उक्त अभिव्यक्त झुटो रहेका बताएका छन् । यता, भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा बेलायतवासी नेपालीले लण्डनमा प्रदर्शन…

Read More

झापा, १८ मंसिर । बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल सम्पर्क तथा पहुँच देशी विदेशी शक्तिकेन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेको बताएका विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन् । यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति केन्द्रलाई समेत कन्भिन्स गरेर ल्याउँथे । नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नासाथ आश्रममा पुग्थे । गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे । त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता…

Read More

काठमाडौँ, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ३३ पदकसहित दोस्रो स्थानमा छ । श्रीलङ्का पाँच स्वर्ण, १४ रजत र २७ कास्यसहित तेस्रो, पाकिस्तान पाँच स्वर्ण, ११ रजत र नौ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, तीन रजत र २१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण जित्दै छटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ । सोमबार १५ स्वर्ण जितेको नेपालले आज थप आठ स्वर्ण पदक…

Read More

मोरङ, १७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका–५ झुम्राहा स्थित भित्री सडक खण्डमा टिफरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ८ ख ७०५३ नंबरको टिफरले पैदल यात्री स्थानीय जोगिन्दर मण्डलको छोरी वर्ष ४ की राधिका कुमारी मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थल तर्फ खटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गर्नुका साथै टि«पर र टि«पर चालक मोरङको रतुवामाई नगरपालिका–५ का ३० वर्षीय आशिष कठेतलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

पाँचथर, १७ मंसिर । पाँचथरको फाल्गुनन्द गाउँपालिका(६ ओसागु बस्ने ४४ वर्षिय बिर्ख माया आङदेम्बेको आगोले पोलेर मृत्यु भएको छ । आज दिउँसोको समयमा खाना पकाउने चुलोमा घोप्टो परी टाउको जलेर मृत्यु भएको अवस्थामा उनलाई श्रीमानले देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी आङसाराङ पाँचथरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षीत राखेको थियो भने थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाचँथरबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, १७ मंसिर । झापा जिल्ला घरेलु तथा साना उद्योग संघद्वारा आयोजित वि टु वि एक दिवसीय अन्तरक्रिया कार्यक्रम मंगलबार बिर्तामोडमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले साना उद्यम व्यवसायबाट पनि देश विकासमा मद्दत पु¥याउन सकिने धारणा राख्नुभयो । संघका अध्यक्ष जिवनाथ काफ्लेको सभातित्वमा भएको वि टु वि अन्तरक्रिया उद्घाटन समारोहमा संघका उपाध्यक्ष महेन्द्रभुषण शाह, डि मेघाका अध्यक्ष निर्मला भण्डारी, जिल्ला समन्वय समितिका गोपाल लिम्बु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । जिल्ला घरेलुका महासचिव डिल्ली सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको संघका कार्यालय सचिव जनक ढुङ्गेलले जानकारी दिनुभयो ।

Read More

चुडामणि वशिष्ठपो‌खर‌ामा आयो‌जित चुनावी सभामा पूर्व प्रधानमन्त्री, ने‌पाली कांग्रे‌सका सभापति, प्रतिपक्षी दलका ने‌ता शे‌र‌बहादुर‌ दे‌उवाले‌ भार‌तले‌ प्रधानमन्त्री के‌पी शर्मा ओ‌लीसँग सो‌धे‌र‌ै‌ नयाँ नक्सा जार‌ी गर‌े‌को‌ हो‌ भन्ने‌ आर‌ो‌प भाषण गनेर्‌ क्रममा लगाए भन्ने‌ कुर‌ा मिडियाहरूमा आयो‌ । निर्वाचनका बे‌लामा ने‌ता–ने‌ताका बीचमा हिलो‌ छ्यापाछ्याप गर्नुलाई ने‌पाली जनमानस सामान्य रूपमै‌ लिन बानी पर‌े‌को‌ छ । के‌ही नभए दुक्की फ्याक्ने‌ भने‌ झै‌ं कसै‌ले‌ के‌ही बो‌ल्न पाएन, बो‌ल्ने‌ विषय नै‌ फे‌ला पार‌े‌न भने‌ सर‌कार‌लाई अन्धाधुन्द गाली गनेर्‌, ने‌ता मन्त्रीहरूलाई नङ्ग्याउने‌ कुर‌ालाई पनि अनौ‌ठो‌ मान्न छो‌डिएको‌ छ । चुनावका बे‌लामा अलिक असभ्य किसिमले‌ निचो‌ दर्जाका शब्दद्वार‌ा वै‌यक्तिक चारि‌त्रिक गालीगलौ‌जका कार‌ण झडपको‌ स्थिति निम्त्याउने‌ गरि‌एको‌ पनि दे‌खिएकै‌ हो‌ । यो‌…

Read More

काठमाडौं, १७ मङ्सिर । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ । ‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ । नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए । ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ, अमेरिका लैजाने सम्भावना…

Read More

झापा, १७ मंसिर । वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ । गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीले ठूला देश जान लागेका पढेलेखेका नेपालीहरु नै धेरै ठगीने गरेको देखाउँछ । विभागमा क्यानडा, अष्ट्रेलिया, पोल्याण्ड, मकाउ, स्पेन, चेक रिपब्लिक र दक्षिण अफ्रिका लगायतका धेरै आम्दानी हुने देशमा लैजाने भन्दै ठगीमा परेको उजुरी आएको विभागका महानिर्देशक डा। भीष्मकुमार भुसालले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

Read More