
चुडामणि वशिष्ठ
पोखरामा आयोजित चुनावी सभामा पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधेरै नयाँ नक्सा जारी गरेको हो भन्ने आरोप भाषण गनेर् क्रममा लगाए भन्ने कुरा मिडियाहरूमा आयो ।
निर्वाचनका बेलामा नेता–नेताका बीचमा हिलो छ्यापाछ्याप गर्नुलाई नेपाली जनमानस सामान्य रूपमै लिन बानी परेको छ । केही नभए दुक्की फ्याक्ने भने झैं कसैले केही बोल्न पाएन, बोल्ने विषय नै फेला पारेन भने सरकारलाई अन्धाधुन्द गाली गनेर्, नेता मन्त्रीहरूलाई नङ्ग्याउने कुरालाई पनि अनौठो मान्न छोडिएको छ । चुनावका बेलामा अलिक असभ्य किसिमले निचो दर्जाका शब्दद्वारा वैयक्तिक चारित्रिक गालीगलौजका कारण झडपको स्थिति निम्त्याउने गरिएको पनि देखिएकै हो । यो पनि कुनै अनौठो कुरो भएन । आफ्नो पार्टी र आफ्ना नेताको हाँडी सर्काउने, अकोर् पार्टी र तिनका नेतालाई थर्काउने, अरुका कार्यकर्तालाई दच्काउने हर्काउने, आफ्ना गल्ती कमजोरी तर्काउने, मतदातालाई आफूतिर फर्काउने जस्ता कुरा निर्वाचनका बेलामा जनताले पचाएकै छन् । हाम्रो निर्वाचनको शैली, संस्कृति नै त्यस्तै छ । यसतर्फको सुधार त्यति चाँडै होला जस्तो पनि छैन । आशा गरौं, चाँडै सुधार हुँदै जाओस् ! तर, चुनावी भाषणमा राष्ट्रको संवेदनशील मुद्दालाई हल्का रूपमा छिरोल्नुले देउवाको अपरिपक्वतालाई नै उजागर गरेको छ ।
बहुदलीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्ष हुने नै भए । सरकारका राम्र–नराम्रा सबै काम कार्यवाहीको आँखा चिम्चिएर विरोध गर्नु प्रतिपक्षीहरू आफ्नो धर्म–कर्म ठान्छन् । आँखा बन्द गरेर विरोधै मात्र गरिरहँदा सरकारका कतिपय राम्रा कामको पनि प्रतिपक्षीहरू विरोध गर्न पुग्छन् र जनताका नजरमा पखालिन्छन् पनि । विरोध नै प्रमुख कत्र्तव्य ठान्नेहरूलाई जे जे बके पनि जनताले बेवास्ता गर्दिन्छन् । राम्रो कामलाई राम्रो भन्न मुखै नलाग्नु प्रतिपक्षीको चरित्र नै बनेको पाइन्छ । तर, चार–चार पटक प्रधानमन्त्री भइसकेको देउवा जत्तिको मान्छेले यस्तो गम्भीर आरोप लाउँदा उनीप्रतिको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह उठ्दैन र ?
निर्वाचनका बेलामा प्रतिष्पर्धी अकोर् पार्टीप्रति अलिक बढी आक्रामक हुनु, छिद्रान्वेषी बनेर अरुका कमी कमजोरी खोतल्नु, औंल्याउनु र आफ्ना पार्टीले गरेका कामलाई बेलुन फुलाए झैं फुलाएर चुनावी रन्कोका बेलामा जनतालाई सुनाउनु कुनै उदेकलाग्दो कुरो होइन । चर्का नारा उराल्नु, कार्यकर्ता तताउनु, कुनै हुइम् सिर्जना गर्नुलाई पनि चुनावका मुखमा अचम्म मान्नु पदैर्न । तर, बैरीले थिचोमिचो गरिरहेको बेलामा, राष्ट्रको अस्मितामाथि धावा बोलिरहेको बेलामा राष्ट्रिय एकतालाई खल्बल्याउने किसिमको अभिव्यक्ति दिन, एकताको विरुद्धमा बोल्न त्यो उचाइको व्यक्तिले सुहाउने कुरो हो र ?
हामीकहाँ नेताहरू कार्यकर्तालाई भन्ने गर्छन्– चुनाव जसरी पनि जित्ने । जसरी भनेको कसरी हो ? बम गोली पड्काएर पनि हो कि ? पैसा छरेर हो कि ? डर–धम्की गुण्डागर्दी मारपिट…आदि पनि हो कि ? बुथ क्याप्चर यसमा पर्छ कि पदैर्न ? मतगणनामा गणकहरू किन्ने, ब्यालेट च्यात्ने ‘जसरी पनि’ मा पर्छ कि पदैर्न ? जसरी पनि जित्ने भन्ने कुरो बडो खतर्नाक छ । यो कुरो पनि चुनावका बेलामा नेपालीहरूले व्यहोदैर् नै आएका छन् । तर, चुनावै जित्नको निम्ति राष्ट्रि«य अखण्डता, वैदेशिक कुटनीतिका मामलाको विषयमा आरोप लाउन थाल्नु चाहिं जिम्मेवार नेताका निम्ति कति सुहाउने कुरा हो ?
चुनाव जित्ने जिताउने क्रममा आफ्नै आङ कन्याएर छारो उडाउँदै विदेशी बैरीहरूलाई बाँदरलाई लिस्नु लगाइदिएर देशको अस्मिताको ख्यालै नगर्नु भनेको वक्ताकै अयोग्यता असक्षमता बौद्धिक दरिद्रता बाहेक अरु के हुन सक्छ र ! आफ्नै पार्टीभित्रका देशभक्त नेता कार्यकर्ता वुद्धिजीवी चिन्तकहरूले समेत आलोचना गरेपछि वक्ता कहाँ पुग्छ ? के चुनावी भाषणमा चाहिं जे बोले पनि हुन्छ ? त्यसको कुनै साँधसिमाना हुँदैन ? देउवाको उक्त अभिव्यक्तिको चर्चा यहाँ नगर्दिए पनि मिडियाहरूमा गैह्रजिम्मेवार आपत्तिपूर्ण भनेर टीकाटिप्पणी भइरहेकै छ । देउवाको यो अनावश्यक लाञ्छना सरकारप्रतिको सहयोग हो कि असहयोग ?
त्यसैगरी, विद्यार्थीहरूलाई अपशब्द बोलेको, अफताव आलमले बम विष्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा देउवाले आलमको बचाउ गरेको अभिव्यक्ति सुधार्न नपाउँदै अकोर् विवादास्पद आपत्तिजनक अभिव्यक्ति आउनु राजनीति नै गनेर्का निम्ति कति फलदायी होला ? पार्टीका वरिष्ठ शीषर््ास्थ नेताद्वारा बारम्बार आउने यस्ता अभिव्यक्तिले पार्टीलाई चाहिं असर पर्छ कि पदैर्न, कोनि ? प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा सबै एक भएर भारतले हडपेको नेपाली भूमि फर्काएरै छाड्ने भन्ने निर्णयको मसी नसुक्तै देउवाले अनर्गल लाञ्छनाको खेती थाल्दा बैरी नै बलियो हुँदैन र ? मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

