
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० मंसिर । झापाका स्थानीय युवाले भारतद्वारा मेचीको अतिक्रमित सीमामा पुगरे राष्ट्रिय झण्डा फहराएका छन् । सोमबार दिउँसो दमक, गोलधापलगायत स्थानबाट गएको टोलीले झण्डा फहराएका हुन् । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरिएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ । सरकारले भने सीमा विवादलाई कुटनीतिक रुपमा समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै कुटनीतिक पत्र पठाएको जनाएको छ ।
रूपेन्द्र शेर्माउर्लाबारी, १० मंसिर । मानिसहरु पैसा कमाउनका लागि कतिसम्म जाली हुन्छन् भन्ने कुरा मोरङको उर्लाबारीमा भएको घटनाबाट थाह हुन्छ । यहाँका दुई व्यक्तिले आफू सञ्चालक रहेको सहकारी संस्थालाई अगाडि सारेर एक निरीह परिवारको उठिवास लगाउन खोजेका छन् । जुन घटनाको सवत्र निन्दा गरिएको छ । उर्लाबारी–७ मा रहेको मावा समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धु्रवचन्द्र पराजुली र सचिव मात्रिकाप्रसाद दाहालले चलाखीपूर्ण तरिकाले स्थानीय एकल महिला समेत रहेकी ४० वर्षिया कमला तामाङ र उनको परिवारलाई उठिवास लगाउन खोजेको घटना सार्वजनिक भएपछि उर्लाबारीवासी आश्चर्यचकित भएका छन् । सुरुमा पराजुली र दाहालले कमलालाई फकाएर सहकारी संस्थाको तर्फबाट ऋण दिने बताएका थिए ।…
ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका(१ बस्ने ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी छन् । सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दीपक चापागाईंतपाईं हामी सरकारी कार्यालय कुनै न कुनै कामको लागि पुग्ने गर्छौं । चाहे जग्गा पास गर्न मालपोत होस्, नागरिक्ता बनाउन जिल्ला प्रशासन होस् वा कुनै सामान हराएको विवरण टिपाउन ट्रफिक प्रहरी कार्यालय, वन वातावरण सम्बन्धी काम लिएर जिल्ला वन कार्यालय, बाटो घाटोको समस्या लिएर सडक विभाग जाहा“ पुग्दा पनि तपाईंले लाखौँ मूल्यका गाडी, मोटर साइकल, बस, ट्रक लगायत हेवी इकुपमेन्ट थुप्रिरहेको देख्न सकिन्छ । दीपक चापागाईं यो हामीले जिल्ला कार्यालयमा हेर्दा त करोडौँ राज्यको सम्पत्ति खियाले खाएर, चराले गुण लगाएर, डेङ्गु रोग लाग्ने लामखुट्टेले फुल पारेर दिनानु दिन नष्ट भइरहेको देखिन्छ । यो बेथिति सबै ७७ वटै जिल्लाका कार्यालयमा…
झापा, १० मंसिर । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ । उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो । भाउ अझै चर्को हुनसक्ने नेपालमा प्याज…
झापा, १० मंसिर । जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ तर समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको छैन । केरुङदेखि काठमाडौँसम्म प्रस्तावित पाइपलाइन विछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणको क्रममा समेत पेट्रोलियम आपूर्तिबारे छलफल र सहमति भएको थियो । चार वर्षअघि २०७२ सालको भूकम्पसँगैको भारतीय नाकाबन्दीपछि पाइप लाइनमार्फत चीनबाट पेट्रोलियम पदार्थ ल्याउनका लागि अध्ययनसमेत भएको थियो । भूकम्पसँगै भारतको नाकाबन्दीका बेला भारतको विकल्पमा करिब ३३ प्रतिशत…
चितवन, १० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताउनुभएको छ । नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले सोमबार विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो,“सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ । नेपालको भूिम फिर्ता भएरै छाड्छ ।” नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै भन्नुभयो,“अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।” दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै…
काठमाडौं, १० मंसिर । दुई दशकपछि नेपालमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुन लागेको छ । सागको मिति नजिकिदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने यसको व्यवस्थापन, खेलाडीको मनोबल वृद्धिलगायतमा केन्द्रित हुन थालेका छन् । यसैको निरन्तरतास्वरूप प्रधानमन्त्री ओलीले मंगलबार दक्षिण एसियाली खेलकुदका खेलाडीलाई विशेष सम्बोधन गर्दैछन् । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुदका खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । साग आउन ५ दिन बाँकी रहँदा प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुने खेलाडीको मनोबल बढाउने ध्येयका साथ सम्बोधन गर्न लागेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले…
झापा, १० मंसिर । पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ। सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदलिने, हवाई भिजिबिलिटी घट्ने, चिसो बढ्ने र अधिकतम तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । आइतबार साँझदेखि भित्रिएको मौसमी प्रभावले उच्च भेगमा हल्का हिमपात शुरू भएको बताउँदै उनले भने– ‘मंगलबार मौसममा आंशिक…
झापा, १० मंसिर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् । यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।