
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ मंसिर । सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो । सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी,ठगी , लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो। सैनिक मुख्यालयका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलार्इृ सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ…
मोरङ, २ मंसिर । मोरङको सुन्दरहरैचा नगरपालिका-८ बिराटचोकमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आइतवार राती पौने ११ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापाको कन्काई नगरपालिका(३ का ४४ बर्षीय पेशल के।सी। लाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी ट्रकमा सवार रहेका ईटहरीका यम।पी। रुस्तम र मित्र लाल न्यौपाने घाईते भई उपचारको लागि बिराटनर्सिङ होम पठाईएको तथा ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी…
झापा, २ मंसिर । नेपाल घुम्न आएका ५ जना विदेशी पर्यटकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । नेपालको होचो भू–भाग कचनकवल गाउँपालिका घुम्न गएका पाँच जना विदेशी नागरिक (युक्रेनी) केचना क्षेत्रमा घुम्ने क्रममा बाटो बिर्सिएर सीमा नाघेर भारतको भुमि पुगेपछि भारतीय प्रहरीले उनीहरुलाइ नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ३० वर्षीया मार्याना रुडिक, ३३ वर्षीय भोल्डिमेयर कोभाल्चुक, ३५ वर्षीया लिलिया कोभाल्चुक, ३५ वर्षीय ओलेक्जन्डर कोप्टिभ र २६ वर्षीय इभान सेच रहेका छन् । उनीहरु १५ दिने भीषामा एकसाता अघि नेपाल आएका हुन् । नेपाल घुम्न आएका ति विदेशी पर्यटकहरु केचना क्षेत्र घुम्न गएका थिए तर बाटो भुलेको कारण नेपालको सीमा बाहिर…
झापा, २ मंसिर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए । उपनिर्वाचनलाई लक्षित गरी बागलुङ आएका पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले सीमा समाधानको विषय समाधानका लागि सरकारलाई काङ्ग्रेसले सहयोग गर्ने उल्लेख गरे । बागलुङका बडिगाड गाउँपालिका–२ मा हुन लागेको उपनिर्वाचनलाई लाक्षित गरी खर्वाङ आउनुभएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकाले आचारसंहिता भित्र रही सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
झापा, २ मंसिर । नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्र्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, संसारसामु शन्तिप्रिय छवि भएको नेपालले कसैको एक इन्च जमिन मिच्दैन । छिमेकी देशले हाम्रो भूमीबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’ कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्रीले नक्सा सच्याउनुभन्दा भूमी फिर्ता लिने कुरा महत्त्वपूर्ण रहेको बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा, २ मंसिर । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पुर्याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ । सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलपछि उक्त व्यवस्था थप गर्ने गरी मस्यौदा तयार पारिएको छ । विभागीय मन्त्री, सचिव तथा समितिको छलफलमा आएको रायअनुसार उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो । विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । विधेयकका सम्बन्धमा सर्वपक्षीय छलफलको प्रारम्भिक मस्यौदा प्रतिवेदन अहिले समितिमा दफाबार छलफलमा छ । मूल विधेयकको दफा ९० पछि उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो ।…
झापा, २ मंसिर । राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ । विभागले विद्युतीय राहदानी छपाइका लागि बोलपत्र आह्वान गरे पनि प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनीको छनोट हुन नपाउँदै बोलपत्र रद्द भएपछि विद्युतीय राहदानी चाँडै ल्याउने कार्य पछाडि सरेको हो । गएको हप्ता बोलपत्र आह्वानमा आवेदन भरेका कम्पनीको प्रतिस्पर्धामार्फत सार्वजनिक हुने तय भएको थियो । सरकारले फ्रान्सेली कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि सम्झौता गर्ने निर्णय गरेसँगै राहदानी विभागले आफ्नो बोलपत्र आह्वान रद्द गरेको जनाएको छ । भदौ १० गते सेक्युरिटी प्रिन्टिङ स्थापना र त्यससँग सम्बन्धित सबै प्रक्रियाका लागि परराष्ट्र मन्त्रालय मातहत रहेको राहदानी विभागले प्रतिस्पर्धामा…
बुधबारे, १ मंसिर । झापाको बुद्धशान्तिमा रहेको जोइन्ट हेन्ड युथ सोसाइटीको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाको कार्यालय बुधबारेमा सम्पन्न साधारण सभाले शव वहान खरिदको योजनालाई प्राथमिकतामा राखेर जतिसक्दो चाँडो शव वहान खरिद गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष सञ्जील प्रसाईंको सभापतित्व तथा बुधबारे जेसीजका निर्वतमान अध्यक्ष जेसी प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा प्रमुख अतिथि भण्डारी, विशिष्ठ अतिथि तथा सल्लाहकार शुशीला तिवारी, संस्थाका उपाध्यक्ष अनिल वाग्ले, सदस्य दिवस शिवाकोटी, दिनेश खतिवडा लगायतले मन्तव्य राखेको कार्यक्रममा कार्य समिति सदस्य रुद्र निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा सल्लाहकार संयोजकमा प्रकाश भण्डारीलाई चयन…
योजनासँग आउनुहोस्, सहकार्य गरौँ ।विरोधका चर्का भाषणहरुलाई मात्र विश्वास नगरौँ । केही समययता शहरका चोकहरुमा धेरै भाषणहरु सुनिन्छ । लाग्छ सही कुरा गर्दैछन् । बाटो बनाएन सरकारले, काम गरेनन् नेताले, यो भएन, उ भएन । युवा आवाज बुलन्द भइरहेको छ । युट्युबमा प्रसस्त भिडियोहरु छन् । सुन्न मन लाग्छ, पटक–पटक सुन्छु । भाषणहरु खरा छन् । जोसिला मानिसहरु भाषण गर्छन् । तर, सबै आलोचना छन् । लेखकः कुमार आचार्य मैले नबुझेको कुरा सामाजिक सञ्जालमा जिज्ञाशा राख्न चाहे । म पनि परिवर्तन चाहन्छु । देशको मुहार फेरिएको हेर्न चाहन्छु । नेपाली जनताका सबै समस्याहरु दुर भएको अनुभव गर्न चाहन्छु । ती…
बिर्तामोड, १ मंसिर । झापाको बिर्तामोडस्थित कपुरी ब्रदर्श (सुजुकी शोरुम)ले सुजुकीको नयाँ गाडी ‘एस–प्रोसो’ सार्वजनिक गरेको छ । शो रुमले आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी बहुप्रतिक्षित मिनि एसयूभी एस–प्रोसोको सार्वजनिक गरेको हो । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र शोरुमका निर्देशक किरण कपुरीले गाडीको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष भट्टराईले गाडी बिक्रीसँगै गाडीसँग सम्बन्धी सबै सुविधा दिनुपर्नेमा जोड दिनुभयो । ‘गाडीसँगै सर्भिसिङ लगायतका सबै कुरामा बिक्रेताले ग्राहकलाई सहयोग र सुविधा दिनुपर्छ’, उहाँले भन्नुभयो । हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा निर्माण भएको एस प्रोसोमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई बलियो र…