
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । आज बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको भेन्टिलेटरबाट पनि हटाइएको बताए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा हिजो ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
चीनको सांघाईमा एउटा अनौठो घटना भएको छ । त्यहाँ ८ जनाले डिनर खाएबापत एउटा रेष्टुरेन्टले झण्डै ७० लाख रुपैयाँ बराबरको बिल थमाएको छ । ८ जनाका लागि उक्त रेष्टुरेन्टले ४ लाख १८ हजार २४५ युआनको बिल थमाएपछि त्यसले हंगामा मच्चाएको हो ।सांघाइस्थित म्यागी रेष्टुरेन्टमा दुबईबाट आएका ८ जना ग्राहकका लागि विशेष रूपमा उक्त डिनर तयार गरिएको थियो । उक्त डिनर तयार पार्नका लागि झण्डै २ हजार वर्ष पुरानो साल्ट प्लेटको प्रयोग गरिएको थियो । उक्त महँगो बिलको भिडियो नै तयार गरी सोसल मिडियामा सार्वजनिक गरेपछि त्यसले चर्चा नपाउने कुरै भएन । तर विडम्बना त्यो महँगो डिनरले चीनको कानून भने उल्लंघन…
झापा, ११ मंसिर । नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ । तर सोही अवधिमा ग्राहकलाई रु ३ अर्ब ६१ करोड १२ लाख दाबी भुक्तानी भएको छ । संख्यात्मक आधारमा स्वास्थ्य बीमामा आम जनताको उत्साहजनक सहभागीता देखिन्छ । साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार ११६ परिवारले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत् ७ लाख ८५ हजार ६२९ परिबारले दाबी…
झापा, ११ मंसिर । झापाको कमल गाउँपालिकामा भइरहेका विकास निर्माण तथा विभिन्न कार्यमा स्थानीय सरकार पक्षबाट भ्रष्टाचार, अनियमितता र राजनीतिकरण हाबी भईरहेको भन्दै स्थानीय तहका प्रतिपक्षी दलहरुले संयुक्त खबरदारी गर्ने भएका छन् । गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, समाजवादी पार्टी, राप्रपा, संघीय लिम्बुवान र राष्ट्रिय जनमुक्ति पार्टीका गाउँपालिका तहका नेतृत्वहरुको संयुक्त बैठक बसेर त्यस किसिमको मोर्चाबन्दी बनाउँदै खबरदारी गर्ने निर्णय गरेका हुन् । पछिल्लो समय कमल गाउँपालिका भित्र पर्ने केर्खा –सरङपाडा – बैगुन्धुरा सडक, रतुवापूल पूर्व (लवडाँडा) बाट झर्का हुँदै बालुवथान जाने सडकको कालोपत्रे (स्तरोन्नती) को योजनामा निर्माण पक्षबाट चरम लापरवाही गर्दै गुणस्तरहीन काम भइरहेको, काममा ढिलासुस्ती भइरहेको, गाउँपालिका अन्तर्गतका कृषि…
दमक, ११ मंसीर । दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा प्रसुति सेवा प्रभावित भएको छ । अस्पतालका महिला तथा स्त्री रोग बिशेषज्ञ डाक्टर सुरक्षा बाँस्कोटा बिदा लिएर गएपछि अस्पतालको सेवा एक महिनादेखि प्रभावित भएको हो । विशेषज्ञ चिकित्सक विदामा बसेपछि सेवा प्रभावित वन्न पुगेको अस्पताल स्रोतले जनाएको छ । तीन वर्ष अघि जिल्ला अस्पतालको सुबिधा उपलब्ध गराउने गरि स्तरन्नति भएको सो अस्पतालमा अहिले प्रसुति सेवा लिन गएका बिरामीहरुलाई अन्यत्र रिफर गर्नु पर्ने बाँध्यता रहेको अस्पतालका एक चिकित्सकले बताए । प्रसुति रोग बिशेषज्ञ डाक्टर बाँस्कोटा आपैंm गर्भवती भएपछि तिहार लगत्तै उनी तीन महिना लामो विदामा बसेकी छिन् । निमित्त मेडिकल…
मेचीनगर, ११ मंसिर । प्रदेश नं १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसलाई एक आपसमा (मर्ज) गाभिने भएको छ । ‘मर्ज’ भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने जनाइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज उच्च शिक्षामा सरकारले लगानी बढाउने बताउनुभयो । प्रदेशका १०० जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरुलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताउनुभएको हो । प्रदेश सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन २०० विद्यालयमा डिजिटल प्रविधिमार्फत पठनपाठन शुरु गरेको, मनमोहन विश्वविद्यालय स्थापना गरेको,…
झापा, ११ मंसिर । सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि आलि बढी नै आन्दोलनलाई क्षति पु¥याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो । पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको उसको ठहर छ । कार्यकर्तादेखि आरबिएम ९राज्य व्युरो सदस्य०, सिसिएम ९केन्द्रीय सदस्य० र पिबिएम ९पोलिट्व्युरो० सम्ममा यी प्रवृत्ति देखिएको उसैले स्वीकार गरेको छ । राजनीतिक दस्तावेजमा भनिएको छ, ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उहाँकै सुरक्षास्टाफ आशिषले प्रहरी सेल्टरसम्म पु(यायो । उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर…
झापा, ११ मंसिर । केही वर्षयता निकै चर्चामा रहेको भारतसँगको जलयातायात सञ्चालनको विषय प्राविधिकस्तरमा करिब टुंगिएको छ । नेपाल र भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि काठमाडौँमा मंगलबारदेखि सुरु द्विपक्षीय बैठकका क्रममा जलयातायात सञ्चालनमा भारतीय अधिकारीहरू सकारात्मक देखिएका हुन् । सहसचिवस्तरीय उक्त बैठकमा पारवहनका रूपमा जलयातायातका लागि नेपालले तीनवटा विकल्प पाएको छ । त्यसमध्ये कलकत्ताबाट वाराणासी, कालुघाट, साहेबगञ्ज हुँदै नेपालले जलयातायात सञ्चालन गर्न सक्ने विषय करिब टुंगो लागेको बैठकमा नेपाली टोलीका नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । भारतले निर्माण गरेको इनल्यान्ड वाटरवेजसम्म नेपालको पहुँचको विषयमा द्विपक्षीय बैठक अत्यन्त सकारात्मक भएको ढकालले उल्लेख गरे । ‘जलमार्गका…
विराटनगर, ११ मंसिर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही बम बिष्फोटनको घटना घटाई आमनागरिकहरुमा आतंक फैल्याउने कार्य गरी फरार रहेका अवाञ्छित घटनामा संलग्न अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक…
कनकाई, १० मंसिर । सिभिल बैंक शाखा सुरुङ्गाले आफ्नो स्थापनाको ९औँ वार्षिक उत्सवको अवसरमा यहाँस्थित पुकार अपाङ्ग अशक्त समाज कनकाईका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक प्रकाश निरौला र सहायक प्रमुख रोषनबाबु सुवेदी लगायातले समाजको कार्यालयमै पुगेर चामल, चिउरा, चिनी, तेल, दाल, मसला लगायतका खाद्य सामग्री प्रदान गर्नुभएको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत खाद्यान्न सामग्री प्रदान गरिएको निरौलाले बताउनुभयो । समाजकी अध्यक्ष निर्मला ओझाले हाल समाजको आश्रममा हाल २१ जना अपाङ्ग बालवालिका रहेको जानकारी दिनुभयो । कार्यक्रममा सुरुङ्गा रेडक्रस सोसाइटीका अध्यक्ष प्रविन तिम्सिना, समाजका कोषाध्यक्ष कमल बस्नेत, स्थानीय समाजसेवी तारा कोइराला लगायतले बैंकले गरेको यो काम…