
दमक, ११ मंसीर । दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा प्रसुति सेवा प्रभावित भएको छ । अस्पतालका महिला तथा स्त्री रोग बिशेषज्ञ डाक्टर सुरक्षा बाँस्कोटा बिदा लिएर गएपछि अस्पतालको सेवा एक महिनादेखि प्रभावित भएको हो । विशेषज्ञ चिकित्सक विदामा बसेपछि सेवा प्रभावित वन्न पुगेको अस्पताल स्रोतले जनाएको छ ।
तीन वर्ष अघि जिल्ला अस्पतालको सुबिधा उपलब्ध गराउने गरि स्तरन्नति भएको सो अस्पतालमा अहिले प्रसुति सेवा लिन गएका बिरामीहरुलाई अन्यत्र रिफर गर्नु पर्ने बाँध्यता रहेको अस्पतालका एक चिकित्सकले बताए । प्रसुति रोग बिशेषज्ञ डाक्टर बाँस्कोटा आपैंm गर्भवती भएपछि तिहार लगत्तै उनी तीन महिना लामो विदामा बसेकी छिन् ।
निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर तपन कुमार शाहले प्रसुतिका विरामीहरुको उपचार सेवा प्रभावित भएको बारेमा बुझ्न खोज्दा अस्पतालका सूचना अधिकारीलाई बुझ्न सल्लाह दिए । अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईले डाक्टर बाँस्कोटा बिदामा गए पनि अप्रेसन गर्नु पर्ने जटिल खालको बिरामी मात्रै रेफर गरिएको र सामान्य सुत्केरीलाई अस्पतालमै सेवा दिइरहेको दाबी गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

