झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

गोपिन पोखरेलबिर्तामोड, ५ असोज । हल्दिबारी गाउँपालिकाले १३ जना शिक्षकलाई अन्तर विद्यालय सरुवा गरेपछि शिक्षा विकास तथा समन्वय इकाई (शिविसइ) बीच चर्किएको विवाद साम्य भएको छ । असोज १ गतेदेखि सरुवा भएका शिक्षक सम्बन्धीत विद्यालयमा गएर हाजिर गरेपछि विवाद सुल्झिएको गाउँपालिकाका उपाध्यक्ष एवम् शिक्षा समिति संयोजक डम्बरबहादुर गिरीले जानकारी दिए । हल्दिबारीले गत भदौ २३ गते गाउँपालिकाका १३ जना शिक्षकलाई अन्तर विद्यालय सरुवा गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले गरेको उक्त निर्णयकाविरुद्ध शिक्षा विकास तथा समन्वय इकाइ, झापाले भदौ ३१ गते सरुवा भएका शिक्षकलाई हाजिर नगराउनु भन्दै सम्बन्धीत विद्यालयमा पत्राचार गरेपछि विवाद चर्किएको थियो । त्यस लगत्तै गाउँपालिकाले विज्ञप्ति निकालेर…

Read More

बिर्तामोड, ५ असोज । खाल्डोमा जमेको पानीमा पौडी खेल्दा झापामा दुई जना बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका–४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा ११ वर्षीय छोरा क्रेडिड बुढाथोकी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु कमल गाउँपालिका–४ स्थित भुत्लुङखोलामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका थिए। शुक्रवार दिउँसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएका उनीहरु साँझसम्म घर नर्फिएपछि खोज तलास गर्ने क्रममा डुबिरहेको अवस्थामा स्थानीयले मृत फेला पारेका…

Read More

इलाम, ५ असोज । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताउनुभएको छ । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताउनुभयो । उहाँले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले केही गरे त्यो स्वीकार नहुने उल्लेख गर्नुभयो । “अब नेपाली जनताले अधिकारका लागि लड्नु पर्दैन”, नेम्वाङले भन्नुभयो, “सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ, सबैका भावना समेटिएको छ ।” नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपनेतासमेत रहनुभएका नेम्वाङले सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने भन्दै त्यसबारेमा…

Read More

विराटनगर, ५ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विराटनगर महानगर अध्यक्षमा सागर थापा चयन हुनुभएको छ । नेकपाको शनिबार बसेको सचिबालय बैठकले तत्कालिन नेकपा एमालेका नगर इञ्चार्ज थापालाई अध्यक्ष चयन गरेको हो । जिल्ला कमिटि सरहको हैसियत भएको महानगरको सचिबमा हेम कार्की छानिएका छन् । कार्की नेकपाका प्रदेश कमिटि सदस्य छन् । महानगरको सचिबमा नमिता न्यौपानेको दावी थियो । उनी साविक नेकपा माओवादी केन्द्रका नगर संयोजक हुन् । यसअघि पार्टी केन्द्रले बनाएको मापदण्ड साविकको पार्टीका अध्यक्षमध्येबाटै अध्यक्ष र सचिब बनाउने थियो । तर, विराटनगरमा भने त्यो तोडिएको छ । साविक एमालेबाट मापदण्ड अनुसार थापा अध्यक्ष बनेपनि साविक माओवादी केन्द्रबाट…

Read More

बिर्तामोड, ५ असोज । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रममा पूर्व गृहमन्त्री समेत रहनुभएका सिटौलाले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग, समुदायको साझा दायित्व भएको बताउनुभयो । ‘सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ’, उहाँले भन्नुभयो, ‘यसको कार्यान्वयन हामी सबैको दायित्व हो ।’ सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको समेत उहाँले बताउनुभयो । ‘वर्तमान सरकार संविधान मर्म र भावना अनुरुप चल्न नसकेको छैन’, उहाँले भन्नुभयो, ‘सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट…

Read More

ताप्लेजुङ, ४ असोज । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका(१ बेसि गाँउ बस्ने ५५ बर्षिया सन्जमाया तामाङलाई खोलाले बगाउदा उनी बेपत्ता भएकी छिन । आज बिहान पौने १२ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका(३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनको ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

भद्रपुर, ४ असोज । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को छैटौं साधारण सभाले गोपालबहादुर थापाको नेतृत्वमा सर्व सम्मत रूपमा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा सुरेन्द्र खत्री, सचिव गुणबहादुर अधिकारी, सहसचिव खेमराज दाहाल र कोषाध्यक्षमा त्रिलोक भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो । समितिको सदस्यहरूमा क्रमशः मुरारी पोखरेल, पद्मा खड्का, तेजबहादुर श्रेष्ठ, रूद्रप्रसाद दाहाल रहेका छन् । गोपाल बहादुर थापाको अध्यक्षता तथा सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सभामा ८७७ जना शेयरधनी सदस्य तथा ३३ लाख १४ हजार ३ सय शेयर पूँजी भएको संस्थाले ४ लाख…

Read More

बिर्तामोड, ४ असोज । संविधान दिवसको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । लायन्स क्लब अफ बिर्तामोड लेडीको सहआयोजना तथा नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटी, संविधानसभा सदस्य मनकुमार गौतम, प्रदेशसभा सदस्य एकराज कार्की, जसमाया गजमेर, चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष ओमकृष्ण बिमली, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले शुभकामना राखेका थिए । कार्यक्रमको अध्यक्ष लायन्स क्लब बिर्तामोड लेडिका अध्यक्ष उर्मिला बिमली खरेलले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष निरज ओलिले गरेका थिए भने…

Read More

बिर्तामोड, ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रको आयोजनामा महिला कानुनी सचेतना तालिम सम्पन्न भएको छ । झापाको लक्ष्मीपुरमा शनिवार भएको एकदिने तालिमको सहजीकरण अधिवत्ता दीपेन्द्र भट्टराईले गरेका थिए । अधिवत्ता भट्टराईले नयाँ संविधानमा महिलाका अधिकारका विषयमा जानकारी गराएका थिए । ् उनले महिलाका अधिकारहरु, मौलिक हक , नागरिकता बनाउँने, अंशवण्डा, करणी कानुन, देवानी मुदा, फौजदारी मुदा, स्थानीय सरकारका कानुनी हक अधिकार लगायताका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा ४० जना महिलाको सहभागिता थियो । सहारा नेपाल साकोसका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य चित्रकला ओलीले स्वागत तथा कार्यक्रमको औचित्य…

Read More

सान नेपाल गौरादह, ४ असोज । गौरादह नगरपालिका द्वारा आयोजित संविधान दिवस सम्बन्धि कार्यक्रम सप्पन्न गरिएको छ । गौरादह बजारमा आयोजना गरिएको कार्यक्रम विविध कार्यक्रम गर्दै सम्पन्न गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य दिपक कार्कीले बिकास निर्माणमा अनावश्यक हो(हल्ला नमच्चाउन विपक्षी दलहरूलाई आग्रह गरे । सरकार तिव्र रूपमा विकास निर्माणमा लागेको बताउदै यसबाट कसैले पनि बिचलित हुन आवश्यक नरहेको जिकिर गरेका थिए । कार्यक्रममा आफ्ना धारणा राख्दै नेपाली कांग्रेस नगर अध्यक्ष यादवराज सेढाईले पर्याप्त जनाधार हुँदा हुँदै पनि सरकारले संतोषजनक विकास गर्न नसकेको र मुलुकमा भ्रष्टाचार तथा अनियमितता बढेर गएको आरोप लगाए । दिगो…

Read More