
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ असोज । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल…
झापा, १ असोज । चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् । स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण पूर्व चिनियाँ उच्च अधिकारीको भ्रमणले निरन्तरता पाएकोे छ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लागेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणमा चिनियाँ काउन्सिलर सोङ थाओ नेपाल आउन लागेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रवक्ता हू चाओ मिङले सोङ थाइल्याण्ड, इन्डिोनेसिया र नेपाल भ्रमणमा निस्केको अन्तर्राष्ट्रिय समाचार…
झापा, १ असोज । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ । कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो । मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो । तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
खोटाङ, १ असोज । कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ । विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग…
भद्रपुर, १ असोज । जागरण अभियान अन्र्तगत नेपाली कााग्रेस भद्रपुर १ र २ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीमा आबद्ध १६ जना व्यक्ति काँग्रेसमा प्रवेश गरेका छन् । झापा क्षेत्र नम्बर ३ प्रदेश सभा १ का सभापति चिन्तामणि खरेलको अध्यक्षता तथा नेपाली काँग्रेस झापा जिल्ला सचिव तारावीर कटुवालको प्रमुख आतिथयमा पृथ्वीनगरमा सम्पन्न कार्यक्रममा नेकपा लगायत पार्टी परित्याग गरी १६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा सय वर्षीया पूर्णमाया विश्वकर्मावीर बहादुर विश्वकर्मा बालकुमार, कमल बिक, सुनिता विक, सरोज विक लगायत रहेका छन् । वडा सभापति दधिराम मिश्रले स्वागत गरेको कार्यक्रममा क्षेत्रीय सभापति गणेश पोखरेल, तरुण दलका क्षेत्रीय सभापति…
झापा, १ असोज । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् । अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एकरएकवटा र २०७४ मा चारवटा गरी ६ चिनीयाँ जहाज ल्याएको थियो । निगमका चार वाई–१२ यीमध्ये तीनवटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपूर्जाको अभावमा दुईवटाले मात्र नियमित उडान गरिरहेका छन् । एउटा वाई–१२ ई भने करिब ७ महिनादेखि…
बिर्तामोड, १ असोज । जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा आज पाँच जनाको नाम सार्वजनिक गरेको छ भने दुई जनप्रतिनिधिको नाममा पक्राउ पुर्जीसमेत जारी गरेको छ । गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष सनिलाल राजवंशीसमेतलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी काटेको हो । जनप्रतिनिधिसहित कर्मचारीको मिलेमतोमा १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरेको छ । गैर नेपालीलाई नेपाली नागरिकता दिने कार्यमा ४६ जना संलग्न रहेको बताइए पनि प्रहरीले दुई वडाध्यक्षसहित ११…
झापा, १ असोज । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै धमाधम चन्द समूहका कार्यकर्ता देशभर नै पक्राउ परिरहेका छन् । हिंसात्मक गतिविधि गरेको भन्दै चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै पछिल्लो समय झापामा पक्रा८उ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चन्द समूहका जिल्ला सेक्रेटरी प्रवीण मिश्र (मनिष) सहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले आज जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई जिल्लामा शृङ्खलाबद्ध बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउपछि सार्वजनिक गरेको हो । विप्लव समूहका कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्तावेजलगायतका…
हल्दिबारी, १ असोज । हल्दिबारी गाउँपालिकाले गाउँपालिकाभित्र गरेको शिक्षक सरुवाको निर्णयमा शिक्षा विकास तथा समन्वय इकाई झापाले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाको भदौ २३ गते बसेको बैठकले दोस्रो गाउँसभा अधिवेशनले सर्वसम्मत पारित गरेको शिक्षा नियमावली, २०७५ लाई आधार मान्दै १३ जना शिक्षकको अन्तर विद्यालय कामकाज गर्न खटाउने निर्णय गरेको थियो । गाउँपालिकाले गरेको उक्त निर्णयका विरुद्ध शिक्षा विकास तथा समन्वय इकाईले मंगलबार गाउँपालिका मातहतका विद्यालयलाई गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्ने आशयको पत्राचार गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई पत्र पठाएर हाल रमाना नदिनु र हाजिर नगराउनु भनी ठाडो हस्तक्षेप गरेको भन्दै गाउँपालिकाले गम्भीर…
राजन ठटाल मेचीनगर, ३१ भदौ । नेपाली काँग्रेसले मेचीनगरबाट छुवाछुत अन्त्यका लागि दलितको घरमा भोजन गरेर अभियान सुरु गरेको छ । नेपाली काँग्रेसको दोस्रो अभियान अन्तरगर्त नेपालको पूर्व जिल्ला झापा को मेचीनगरबाट दलित समुदाय प्रति गरिने छुवाछुत प्रथा सबिधानमा अन्त्य भए पनि अझै नेपाली समाज र मान्छेको मनबाट दलित प्रति गरिने व्यवहार अन्त्य नभएकोले छुवाछुत अन्त्यका लागि पार्टीको जागरण अभियान मार्फत मेचीनगर ७ वडा नम्बर कमिटि आयोजना गरेको कार्यक्रममा काँग्रेसको कर्यकर्ता गीता परियारको घरमा छुवाछुत अन्त्यका लागि भोजन गरेर अभियान सुरु गरेको हो । भोजन कार्यक्रममा केन्द्रिय सदस्य रामेश राई माझी ,मेचीनगरका सभापति इन्द्र बुढाथोकी , उसभापति सुरेन्द्र बुढाथोकी ,…