झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० भदौ । दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया–५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटी लगेका छन् । भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर पत्नी विजयलक्ष्मी र काखको बच्चासहित मोटरसाइकलमा घरतर्फ गइरहेका कुर्मीलाई लुटेराले रोहिणी गाउँपालिका–३ रोहिणी खोलानजिक गोली हानी हत्या गर्नुका साथै रकम लुटी फरार भएका थिए । पछ्याउँदै मोटरसाइकलमा आएका, मुखमा कपडा बेरेका दुईजनाले गुडिरहेको मोटरसाइकल नजिक ल्याई पछाडि बस्नेले सर्ट तानेर कुर्मीको मोटरसाइकल लडाएका थिए र उनीहरु लडेपछि आफ्नो मोटरसाइकल रोकी गोली हानेको मृतककी पत्नीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा…

Read More

झापा, ३० भदौ । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रणनीति बदल्न लागिपरेको छ । हालसम्म विप्लव निकट ८ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् भने सय बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सरकारले आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ गर्ने र गलाएर पार्टीसमेत छाड्ने परिस्थितिमा पु¥याएपछि चन्द नेतृत्वको नेकपाले रणनीति बदल्दै वार्ताका लागि सकारात्मक हुने संकेत गरेको हो । प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको ‘विप्लव’ समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको…

Read More

झापा, ३० भदौ । हिरासतबाटै भारतीय थुनुवा फरार भएका घटनामा दोषी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी निरीक्षकसहित आठजना प्रहरीलाई विभागीय कारबाही गरेको छ। कारबाहीमा परेका प्रहरी निरीक्षकसहित पाँच जनालाई सरुवा गरिएको छ, भने अन्य तीन जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। कारबाहीमा परेका इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीलाई विभागीय कारबाही गर्दै संखुवासभा सरुवा गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । छानबिनको क्रममा दोषी पाएका प्रहरी नायव निरीक्षक नवराज थापा, प्रहरी सहायक निरीक्षक घनश्याम पाण्डे र एक जना हवालदारलाई त्यहाँबाट सरुवा गरिएको उनले बताए । उनीहरूलाई जिल्लाभित्रै सरुवा गरिएको उनको भनाई…

Read More

दमक, ३० भदौ । झापाको दमक–५ स्थित प्रसन्न थेरापी एन्ड आयुर्वेदिक क्लिनिकमा पायल्सको उपचार गर्न आएकी एक किशोरीको मृत्यु भएपछि यसमा संलग्न मेडिकल सञ्चालक तथा स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार उपचारको क्रममा मृत्यु हुनेमा दमक–९ की १७ वर्षीया शुष्मादेबी चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । चौधरी हिजो दिउँसो पायल्सको उपचारका लागि सो क्लिनिकमा गएकी थिइन् । उपचारका लागि चिकित्सकले एउटा इन्जेक्सन लगाई दिएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको र थप उपचारका लागि लाइफलाइन अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताइएको छ ।

Read More

भद्रपुर, ३० भदौ । भद्रपुरस्थित एमरल्ड एकाडेमी तथा मोर्डन अंग्रेजी माध्यमिक विद्यालयले बाल दिवस २०७६ को अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेका छन् । किताबी शिक्षा मात्र सम्पूर्ण ज्ञानको श्रोत नभएको मान्यता स्वीकार गरेका दुवै विद्यालयले अतिरिक्त ज्ञानका लागि बाल बालिकाको इच्छा र चाहना अनुकुलका विविध गतिविधि सहित बाल दिवस मनाएका हुन् । भद्रपुर–७ स्थित एमरल्ड एकाडमी विद्यालयको परिसरमा क्षमता अभिवृद्धि अन्र्तगत खेलकुद, हाजिरी जवाफ तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै बाल दिवस मनाइयो भने भद्रपुर–६ स्थित मोर्डन अंग्रेजी माध्यमिक विद्यालय परिसरमा विविध साँस्कृतिक कार्यक्रम सहित उत्कृष्ट विद्यार्थी सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए…

Read More

इटहरी, २९ भदौ । प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताउनुभएको छ । आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताउनुभयो । त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा त्यसको रेकर्ड…

Read More

विराटनगर, २९ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताउनुभएको छ । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको छ भन्नुभयो । उहाँले शान्तिसुरक्षाको स्थिति बलियो भएमा मात्र देश निर्माण गर्न सरकारले लिएको सङ्कल्प पूरा हुने विचार व्यक्त गर्नुभयो । शनिबारदेखि चलेको बैठकको…

Read More

बिर्तामोड, २९ भदौ । मोहनमाया माध्यमिक विद्यालय बिर्तामोडले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । वाल दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रमकाबीच अभिभावक शिक्षक संघका अध्यक्ष देवीप्रसाद गिरीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०७५/०७६ को आय व्यय तीन करोड २५ लाख ४९ हजार चार सय ९२ रुपैयाँ दश पैसा वरावरको आम्दानी तर्फ र तीन करोड ११ लाख २३ हजार ६ सय ११ रुपैयाँ ५५ पैसाको खर्च विवरण सार्वजनिक गरिएको थियो । बिर्तामोड नगरपालिका वडा नम्वर २ का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशीको सभापतित्वमा कार्यक्रम भएको थियो । विद्यालयका परीक्षा विभाग प्रमुख…

Read More

दमक, २९ भदौ । दमकको ट्राफिक तथा सडक व्यवस्थापन अस्तव्यस्त भएपछि ट्राफिक प्रहरीले कडाई शुरु गरेको छ । ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी साधनको चक्कामा चावी लगाउन शुरु गरेको छ । शनिवार ट्राफिक प्रहरीले बढि व्यस्त हुने जेसीज चोक क्षेत्रमा पार्किङ् निषेध गरिएका केहि सवारी साधनमा ह्विल लक गरि कारवाही शुरु गरेको छ । एकैदिन दुई दर्जन बढी त्यस्ता सवारी साधनलाई ट्राफिक नियमानुसार कारवाहीमा परेको जनाईएको छ । यसरी लक गरिएका सवारी साधन ट्राफिक कार्यालयमा पुगेर नियम अनुसार जरिवाना तिरे पछि मात्र सवारी धनीले चावी पाउने ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञप्रसाद शर्माले बताए । शनिवार लक गरिएका सवारी…

Read More

दमक, २९ भदौ । नेपाल औषधि ब्यवसायी संघ झापाको अध्यक्षमा दमकका पूराना औषधि ब्यवसायी गौतम गुप्ता अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफना प्रतिस्पर्धी सुरेन्द्र प्रधानलाई हराएका थिए । गुप्ताले २८२ विजयी भए भने प्रधानले ११८ मत प्राप्त गरेका थिए । संघको दमकमा शुक्रवार सम्पन्न प्रथम जिल्ला अधिबेशनको निर्वाचनबाट गुप्ता जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित गुप्ताले २०५९ मा नेपाल औषधि ब्यबसायी संघ मेची शाखाको कार्यसमिति सदस्य, २०६२ मा सोही समितिको उपकोषाध्यक्ष ,२०६४ मा कोषाध्यक्ष, २०७० मा महासचिव, २०७३ सालदेखि उपाध्यक्ष पदको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसैगरि उपाध्यक्षमा २०३ मत ल्याएर प्रदीप खरेल निर्वाचित भए भने उनका प्रतिद्धन्दी…

Read More