
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, २ असोज । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ केरावारीका ७६ वर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान ११ बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा घर नजिकै रहेको छाङगे भिर भन्दा मुनी २०० मिटर तल झाडीमा मृत अवस्थामा फेला परेका थिए । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भद्रपुर, २ असोज । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी हुनुभएको थियो । सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, अवस्था गम्भीर भएको जनाउँदै थप उपचारका लागि उहाँहरुलाई बुुधबार राति नै धरानस्थित बिपी…
झापा, २ असोज । झापाको कमल गाउँपालिका–४ का ३८ वर्षीय प्रेम गुरुङ लागु औषध सहित पक्राउ परेका छन् । बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल फेनेरागन र ६२ एम्पुल लुपिजेसिक सहित गुरुङलाई पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका गुरुङलाई कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक पठाईएको उक्त कार्यालयले जनाएको छ ।
झापा, २ असोज । फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ड एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९१८ को फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म अपर्याप्त रहेको छ । शताबदीअघि ‘स्पेनिस फ्लु’को माहामारीबाट विश्वका एक तिहाइ जनसंख्या संक्रमित भएको र ५ करोड मानिसको मृत्यु भएको थियो । यदी यस्तै महामारी…
झापा, २ असोज । नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबरो जानकारी गराउने तयारी भएको विभागका प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलनको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन् । सोङ शानिबार नेपाल आउँदैछन् । त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरुको वैचारिक रानीतिक कार्यपत्र प्रस्तुत हुने नेपकपा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए…
झापा, २ असोज । हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त रु ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् । विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् । त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
झापा, २ असोज । योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ– ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै रह्यो।’ यस्तै समीक्षा नागरिक समाजका अगुवा सुबोधराज प्याकुरेलको पनि छ– ‘संविधानले नागरिक सर्वोच्चता दिए पनि व्यवहारमा प्रशासनिक सर्वोच्चता छ, सार्वभौमसत्ता सम्पन्न जनताले आफ्ना जनप्रतिधिमार्फत त्यस्तो अधिकार प्रयोग गर्ने व्यवस्था रहे पनि व्यवहारमा प्रशासन अवरोधकारी शक्तिका रूपमा उभिएको छ।’ ‘नेपालले स्वीकार गरेको…
झापा, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५।७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षिक रूपमा सम्पत्ति विवरण अधावधिक गरी सार्वजनिक गर्ने परम्परा रहे पनि आर्थिक वर्ष २०७५र७६ को सम्पत्ति विवरण बुझाउने समय सकिँदासम्म पनि उनीहरूले सम्पति विवरण सार्वजनिक नगरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको…
भद्रपुर, २ असोज । संविधान दिवस २०७६ को अवसर पारेर भद्रपुर ९ स्थित घोडामारामा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्त दान दिएका छन् । नेपालको संविधान जनमैत्री भएको उत्सव स्वरूप घोडामारा युवा क्लवले रचनात्मक कार्य अन्र्तगत आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन् । रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोग रहेको कार्यक्रम पशुपतिनाथ आधारभूत विद्यालयको परिसरमा सम्पन्न गरिएको थियो । धनसिंह राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रको औचित्यमाथि प्रकाश चेतनाथ भट्टराईले पारेका थिए । कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, क्षेत्रीय सचिव रमेश पोखरेल, भद्रपुर ९ का कार्यवाहक अध्यक्ष राम दाहाल,…
झापा, २ असोज । मंगलबार र बुधबार अबिरल बर्षासँगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् । संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका(६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । गत सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राई सहित अन्य ४ जना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका(५ र मकालु गाउँपालिका(६ को बिचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई खोलाले बगाएको थियो । घटनाबारे आफन्तले ईलाका प्रहरी कार्यालय याफुमा जानकारी गराउनासाथ…