
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ असोज । झापाको कमल गाउँपालिका–७ सशस्त्र वेश क्याम्प अगाडि राजमार्गमा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्री घाइते भएका छन् । मंगलबार साँझ सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३९ प २४३ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री सोही स्थान बस्ने बर्ष अंदाजी ६०÷६२ का दल बहादुर माझीलाई ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो । घाइते उनको दमकस्थित लाइफ–लाइन अस्पतालमा सामान्य उपचार पश्चात विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल र मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, ७ असोज । चापागाई बन्धु सेवा समाज झापाको नयाँ नेतृत्व चय नभएको छ । कनकाई नगरपालिकास्थित कोटिहोममा हालै सम्पन्न समाजको छैठौँ साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समाजको अध्यक्षमा नरहरि चापागाईं (बिर्तामोड), बरिष्ठ उपाध्यक्षमा गंगा चापागाई (चुलाचुली), उपाध्यक्षमा नन्दकुमार चापागाई (दमक), सचिवमा कृष्ण चापागाई (शनिअर्जुन), सहसचिवमा चन्द्र चापागाई (चन्द्रगढी) र कोषाध्यक्षमा योगेन्द्र चापागाई (शनिआर्जुन) चयन भएका छन् । त्यसैगरी समाजको सदस्यहरुमा लोहित चापागाई (मेचीनगर), डिल्ली चापागाई (दमक), रामप्रसाद चापागाई (कनकाई), बेदमाया चापागाई (बुद्धशान्ति) र सीता चापागाई (बिर्तामोड) सर्वसम्मत चयन भएका छन् । कार्यक्रममा इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम लगायत स्थानका करिब १५० जनाभन्दा बढी चापागाईं बन्धुहरुको सहभागिता रहेको…
काठमाडौँ, ७ असोज । सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित एक विशेष समारोहका बीच कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको प्रमुख आतिथ्यमा नेपाल लगायत यूएईमा वसोवास गर्ने नेपालीहरुलाई सम्मान तथा इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमका बीच रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मा सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, सफल खबरका सम्पादक सुरेशचन्द्र अधिकारी पत्रकारहरु किरण मरहठ्ठा, कृष्ण प्रसाद आचार्य, लक्ष्मण खनाल ,यस्तै रातोपाटीका युएई प्रतिनिधि विनोद श्रेष्ठलाई पनि पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेवापत अन्तराष्ट्रिय…
झापा, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कक्षा ११ को परीक्षा गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको थियो। भने,परीक्षामा ५ लाख ९ हजार ५२ विद्यार्थीले परिक्षा दिएका थिए। बोर्डले मंगलबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । ११को नजिता बोर्डको वेबसाइट र नेपाल टेकिलकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।
काठमाडौं, ७ असोज । यो वर्ष संचालित कक्षा–११ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए । यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।
झापा, ६ असोज । झापाको मेचीनगर नगरपालिका–६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागु औषध सहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(७ का २६ बर्षीय चिरञ्जीवी तिम्सिनालाई १४ बोतल स्कप नामक लागुऔषध सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तिम्सिनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरी, ६ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोइन सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका–६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका–७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, ६ असोज । जायोन स्पोर्टस् क्लब बिर्तामोडको आयोजनामा हुन लागेको ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप–२०७६’ को तयारी पूरा भएको छ । क्लबले सिटी पार्टी प्यालेस बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको मुख्य प्रायोजक र तयारीबारे जानकारी दिएको हो । असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजन बिर्तामोडस्थित अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले गर्ने भएको छ भने प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भइसकेको महेन्द्र पाण्डेले जानकारी दिए । ‘मुख्य प्रायोजक टुंगो लागेसँगै प्रतियोगिताको नाम अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप राखेका छौँ’, उनले भने । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पाँच वटा उपसमिति समेत गठन गरिएको छ ।…
इलाम, ६ असोज । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले राससलाई जानकारी दिनुभयो । “एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ ।” श्रेष्ठले भन्नुभयो, “धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।” कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले…
कनकाई, ५ असोज । हिन्दू परम्परा अनुसार श्रीमतीको निधन हुँदा श्रीमानले काज किरिया (दशगात्र कर्म) गर्नु पर्दैन भन्ने मान्यता छ । कतिपयले त श्रीमतीको निधन भएको ४५ दिन पनि नपुग्दै दोस्रो विवाह समेत गरेको देखिन्छ । तर, झापाको कनकाई नगरपालिका– ५ टेक्रा निवासी दीर्घराज पाठकले भने फरक उदाहरण देखाएका छन् । उनकी ३७ वर्षीया अमृता पाठकको निधन भएपछि उनी १३ दिनको पुण्यकर्ममा बसेका छन् । उनी आफ्नो छोरी र भाउजुसँगै श्रीमतीको काजकिरिया बसेका हुन् । यसरी श्रीमातीको निधन भएपछि दशगात्र कर्ममा बसेका उनको कामलाई गाउँमा उदाहरणीय भन्दै प्रशंसा गरिएको छ ।