
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
संखुवासभा, २८ भदौ । खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ घर भई संखुवासभाको मकालु गाउँपालिका–५ मा रहेको अरुण थर्ड शाखा एस्एम राज कम्पनीका कामदार ३५ वर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शुक्रवार बेलुका साँढे ६ बजेको समयमा मकालु गाउँपालिका–५ मा रहेको राते खोलामा पौडी केल्ने क्रममा थापाको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै अस्थायी प्रहरी पोष्ट आमराङबाट खटिएको प्रहरी टोलीले थापालाई खोलामा मृत अवस्थामा फेला पारेको थियो । सो स्थानमा थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
बिर्तामोड, २८ भदौ । झापाको अग्रणी सहकारी संस्था विर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आ. व. ०७५/०७६ मा २ करोड १७ लाख ७२ हजार ८१८ रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ । शुक्रबार विर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कमलबहादुर वस्नेतले उक्त विवरण प्रस्तुत गरेका हुन् । संस्थाले आव ०७६÷०७७ का लागि २ अर्ब ६९ करोड ३५ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम तय गरेको छ । प्रतिवेदन अनुसार जिल्लाका १६ वटा स्थानमा सेवा केन्द्र सञ्चालन गरेर २० हजार ४२९ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसले २०७६…
भद्रपुर, २८ भदौ । झापाको भद्रपुरमा दुइवटा वडाले मिलेर दुइ वटा वाडको वीचमा रहेको सडक बनाउन सक्रिय पहल गर्ने भएका छन् । आज दुबै वडाका अध्यक्षहरुको संयुक्त बैठकले वडा नं. ७ र वडा नं. १० कोवीचमा परेको लेखनाथ चोक पश्चिमदेखि देउनियाँ सम्मको सडक वनाउन सक्रिय पहल गर्ने निर्णय गरेका हुन् । वडा नं. ७ का अध्यक्ष विनोद पोखरेल र वडा १० का अध्यक्ष टेकबहादुर खड्का काजीको संयुक्त अध्यक्षतामा आज बसेको बैठकमा दुबै वडाका वाडसदस्यहरु र वोर्ड सदस्यको पनि सहभागिता रहेको थियो । सहभागी वडा सदस्यहरुमा १० का तुलसी पोखरेल, श्याम राउत र कमला अछामी तथा ७ नं. वडाका फुलसिंह राजवंशी,…
भद्रपुर, २८ भदौ । चन्द्रगढी वन उपभोक्ता समितिको २० औं साधारण सभा सम्पन्न गरिएको छ । भद्रपुर–९ स्थित मुना सामुदायिक भवनमा सम्पन्न साधारण सभाको उद्घाटन प्रदेश संसद श्रीप्रसाद मैनालीले गरेका थिए । समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, नेकपा भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका जिल्ला सदस्य राजेन्द्र रिजाल, जिल्ला वन महासंघ झापाका अध्यक्ष वेद प्रकाश भण्डारी, सुन्दर सामुदायिक वन समूहकी अध्यक्ष रेनुका उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा साँगठनिक प्रतिवेदन अध्यक्ष हिराप्रसाद पोखरेल, वार्षिक आय व्यय समितिका कोषाध्यक्ष अनुज खतिवडाले प्रस्तुत गरेका थिए ।
बुधबारे, २८ भदौ । बुधबारे जेसीजको जेसीज सप्ताह शुक्रबार सकिएको छ । सोमबारबाट सुरु भएको जेसीज सप्ताहमा विभिन्न कार्यक्रम गरिएका छन् । समापनको दिन जेसीज सप्ताह अन्तर्गत बुद्धशान्ति गाउँपालिकाका पर्यटकीय स्थल, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, संम्भावना बोकेका क्षेत्र र बुद्धशान्तिका धरोहरहरु समेटिएर फोटो प्रर्दशनी गरिएको थियो भने लिडरसीप तालिम पनि गराइएको थियो । रेडक्रस भवन बुधबारेमा भएको कार्यक्रमको सभापतित्व बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालले गरेका थिए भने कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष मञ्जरी घिमिरेले लिडरसीप तालिम प्रदान गरेकी थिइन् । तालिममा बुधबारे जेसीजका पदाधिकारी, शिक्षक, विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि सहित ५० बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्धशान्ति…
बिर्तामोड, २८ भदौ । ब्लाष्ट टाइम्स दैनिकको २५ वर्ष प्रवेशको अवसरमा झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए । रक्तदान अघि भएको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्स प्रदेश नम्बर १ का अध्यक्ष राजेन्द्र घिमिरेले सरकारले अािर्थक समृद्धिको कुरा गरेपनि त्यसको आधार तयार गर्न नसकेको आरोप लगाए । राज्यले ब्यवसायीसँग सल्लाह नगरी केहीे बिधेयक ल्याएका कारण कार्यान्वयन हुन नसकेका बताए । एउटा कुनामा बसेर योजना बनाएकाले त्यो ब्यवसायीको हितमा हुन नसकेको बताए । उनले सञ्चारकर्मी र ब्यवसायी एक आपसमा परिपुरक भएको बताए । ब्यवसायी…
सोलुखुम्बु, २७ भदौ । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाएको छ । रातिदेखी परेको अबिरल बर्षाका कारण आएको बाढीले पुल बगाउदा घोडा तथा खच्चडको बाटो अबरुद्ध भएको हो । सो स्थानमा प्रहरी र स्थानीयवासीको सहयोगमा काठको फड्के बनाएर मानव आवागमन भने सुचारु गरिएको तथा बाढीले सुर्के खोला पेल्ट्री सेटको पाईप र ट्याङ्की बागाउदा ५० घरमा बिद्युत आपुर्ती अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सुनसरी, २७ भदौ । सुनसरीको दुहवीमा स्कुलबसले मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालक दुहवी नगरपालिका–४ का ३६ बर्षीय जय नारायण चौधरीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको मेरिल्याण्ड स्कुलको को १ क ११८८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि ईटहरीको एपेक्स अस्पताल लगिएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । बस चालक, बस तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २७ भदौ । प्रदेश नं १ प्रदेशसभाको बैठकमा ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा पेश गर्नुभएको थियो । संशोधनकर्ता सावित्राकुमारी रेग्मी, श्रीप्रसाद मैनाली, राजन राई र शिवनारायण गनगाईंले संशोधन प्रस्ताव स्वीकार गरेका बाहेकका अन्य संशोधन प्रस्ताव फिर्ता लिनुभएपछि सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम न्याय प्रशासन विधायन समितिका सभापति इन्द्रमणि पराजुली र सोही नियमावलीको नियम १०५ बमोजिम अर्थ…
बिर्तामोड, २७ भदौ । बिर्तामोड नगरपालिका–७ मुन्सी टोलका ३४ विपन्न परिवारलाई आज घर हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिका, सहारा नेपाल सहकारी संस्था र ह्याविट्याड फर ह्युमानेटीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो । मुन्सी टोलमा बनाइएका घर प्रदेश नं १ का प्रदेशसभा सदस्य एकराज कार्कीले हस्तान्तरण गर्नुभयो । विपन्न आवास कार्यक्रमका लागि सहारा नेपाल सहकारी संस्थाले ह्याविट्याडको आर्थिक सहयोगमा विर्तामोड नगरपालिकासँग सहकार्य गरेको थियो । सोहीअनुसार नगरको ७ नम्बर वडामा घर निर्माण गरिएको नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाभित्र बस्ने कुनै पनि परिवार घरवारविहीन नहुन् भन्दै नगरका विभिन्न वडामा घर विपन्न आवास…