
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ भदौ । प्रतिबन्धित नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको कार्यकर्तासँगको भोजपुरमा भएको दोहोरो भिडन्तमा मारिएका प्रहरी जवान सञ्जीव राईलाई सरकारले शहीद घोषणा गरेको छ । सरकारले मृतकको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको निर्णय छ । गत असार २५ गते भोजपुरको हटियामा (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान राईको मृत्यु भएको थियो । सोही घटनामा प्रहरी जवानसँगै र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको पनि मृत्यु भएको थियो ।
पाँचथर, २७ भदौ । पछिल्लो समय अन्य पार्टी त्यागेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नेको लहड नै चलेको छ । यसै क्रममा पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं। १४ की वडा सदस्य तेजमाया विश्वकर्मा सहित अन्य २१ जना स्थानीय नेकपामा प्रवेश गरेका छन । नेपाली काँग्रेसबाट निर्वाचित दलित महिला वडा सदस्य विश्वकर्मा लगायतलाई प्रदेश सभा सदस्य आशारत्न जवेगू, नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, नेकपा फिदिम नगर कमिटीका सचिव देवी थापा मगर, वडाध्यक्ष हेमबहादुर फागो लगायत नेता कार्यकर्ताहरुले नेकपामा स्वागत गरे । विहीवार आयोजित स्वागत कार्यक्रममा जिल्ला अध्यक्ष भण्डारीले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने आस्वासन दिएका छन् । वडा…
उर्लाबारी, २७ भदौ । झापा गौरादह–६ का ४५ वर्षीय पुण्य चुडालले दुई वर्षदेखि आफूसँगै राखेकी एक महिलाको हत्या गरेका छन् । महिलाको हत्या गरी फरार रहेका चुडाललाई इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीबाट पक्राउ गरेको हो । हत्या गरिएकी अन्दाजी ३५ वर्षीया महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन । गत शनिबार बिहान रतुवामाई–६ का हरिबहादुर खड्काको खाली रहेको ग्वालीमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उद्धार गरेर ती महिलालाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल पुर्याएको थियो । तर उपचारको क्रममा…
उर्लाबारी, २७ भदौ । बसभित्र जवरजस्ती करणी गर्न खोजेको आरोपमा दुईजनालाई प्रहरीले मोरङको रंगलीबाट पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा रंगेली–३ का ३७ वर्षिय किरण खड्का र उर्लाबारी–४ का १९ वर्षिय सन्तोष न्यौपाने रहेका छन् । तीमध्ये खड्का ना ६ ख ९३४४ नम्बरको वसका चालक र न्यौपाने सहचालक रहेको प्रहरीले जनाएको छ । उनीहरुले धनकुटा घर भई आफन्तकोमा वस्दै आएकी १५ वर्षिया बालिकालाई वसभित्रै आइतबार साँझ जवरजस्ती करणी गर्न खोजेका थिए । वेतना सिमसार घुमफिर गरी वसमा चढेर दमक पुगे पछी वसबाट झर्न खोज्दा झर्न नदिई ती वालिकालाई फकाएर सोही वसमा पथरीशनिश्चरे हुँदै दोमना हाटचौकमा पुर्याएर वस भित्रै जवरजस्ती…
सुरुङ्गा, २७ भदौ । नेपालको भ्रमण बर्ष २०२० लाई लक्षित गरि कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा आगामी भदौ २७ गते विहिबार देखि सास्कृतिक महोत्सव हुने भएको छ । शुक्रवार भोलीदेखि आगामी असोज १० गतेसम्म चल्ने सो महोत्सवमा नेपालका चर्चित कलाकारहरुको जमघट हुने भएको महोत्सव मुल समारोह समितिका संयोजक विवेक अग्रवालले बताउनुभयो । लक्ष्मी डिल्ली मार्गको उद्घाटन समेत गरिने सो महोत्सवको कनकाई सचेत युवा क्लवको आयोजनामा हुन गईरहेको छ । महोत्सवमा नेपालका चर्चित कलाकारहरु ज्योती मगर, चर्चित र्यापर भीटेन, शिव परियार, मेलिना राई, कमल खत्री, मिलन निरौला, एलिना चौहान लगायातका राष्ट्रिय कलाकारको साथमा रिदम ब्याण्ड र स्थानीय ब्याण्ड तथा कलाकारहरुको दैनिक…
झापा, २७ भदौ । बुधबारे जेसीज झापाले इलामको रोङ गाउँपालिका–४ मा रहेको एक विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाई शैक्षिक पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । इलामको दक्षिणी गाउँपालिका रोङ–४ मा अवस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई ती सामग्री वितरण गरिएको हो । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बरालको सभापतित्वमा विद्यालय परिसरमै सम्पन्न भएको हो । कार्यक्रममा सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राई, प्रधानाध्यापक पदम तामाङ, पूर्व विद्यार्थी तथा समाजसेवी मदन तामाङ, बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल, बुधबारे जेसीजका पदाधिकारी तथा अभिभावकको उपस्थितिमा विद्यार्थीलाई लत्ताकपडा तथा शैक्षिक सामग्री…
खोटाङ, २५ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का ४३ बर्षीय बालाराम कट्वाल धारिलो हतियार प्रहारबाट घाईते भएका छन् । मंगलवार राती ९ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका निजकै भतिज दिनेश कट्वालले सामान्य बादबिबादकै क्रममा एक्कासी टाउकोमा धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेश कट्वाललाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
उर्लाबारी, २५ भदौ । मोरङको उर्लाबारी–७ स्थित नमुना बाल गृह अनाथ आश्राममा २० कोठाको दुई तले छात्रावास भवन निर्माण हुने भएको छ । सो भवन मंगलबार शिलान्यास गरिएको छ । करिव एक करोड ५० लाख रुपैयाँको लागतमा सो भवनको निर्माण कार्य सम्पन्न गरिने छ । लायन्स क्लब अफ इन्टरनेशनलको एक लाख अमेरीकी डलर र कुल लागतको ३० प्रतिशत रकम स्थानीय चारवटा लायन्स क्लबले बिहोर्ने गरी सो भवन शिलान्यास गरिएको हो । लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ आस्था, लायन्स क्लब अफ ईष्टन मोरङ र लायन्स क्लब अफ विराटनगरले सो रकम विहोर्न लागेको हो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले…
उर्लाबारी, २५ भदौ । तास खेलिरहेको अवस्थामा १० जनालाई मंगलबार प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ । उर्लाबारी चोकमा रहेको सम्राट होटलमा राति साढे १२ बजे तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरुमा उर्लाबारी–३ का सन्तोष राई, दिनेश थापा, जाइतो चेम्जोङ्ग, उर्लाबारी–५ का कृष्ण अधिकारी, विशाल राई, उर्लाबारी–७ का मोहन कटवाल, अशोक राई, पथरीशनिश्चरे–१ का नगेन्द्र लिम्बु, राजु बराल र पथरीशनिश्चरे–६ का आकाश थापा रहेका छन् । तीमध्ये एकजना होटलका व्यवस्थापक समेत छन् । राती हो–हल्ला भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईको कमाण्डमा प्रहरी टोली सम्राट होटल पुगेका थिए । सम्राट होटलबाट…
काठमाडौँ, २४ भदौ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गर्नुभयो । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गर्नुभयो । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९।२…