झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी, ८ असोज । विश्वका सवैभन्दा सुन्दर र बुढ्यौलीले प्रभाव नपार्ने महिला पाकिस्तानमा पाइएको एक अनुसन्धानले बताएको छ । उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै सवैभन्दा राम्रा महिलामा पर्छन । अनुसन्धानकाअनुसार दुनियाका सबैभन्दा सुन्दर मानिएको ती महिला कहिल्यै बुढी हुँदैनन् र रोगी हुँदैनन् । बुढ्यौली उमेरको प्रभाव पर्दैन उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्दछन् । उक्त समुदायका महिलाहरु वास्तवमै निकै सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा दुनियाभर हुने गरेको छ । हुन्जा समुदायका मानिसहरु सबैभन्दा लामो आयु भएका, खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा मानिन्छ । यो समुदायका मानिसहरु कहिल्यै पनि बिरामी हुँदैनन् । यो…

Read More

बनियानी, ८ असोज । खोलाले बगाएर बेपत्ता भएका झापा मेचीनगर–१४ धाइजनका ४० वर्षीय कृष्णबहादुर सार्कीको शव फेला परेको छ । उनलाई आज बिहान ११ः४५ बजे स्थानीय हडिया खोलाले बगाएर बेपत्ता बनाएको थियो । स्थानीयबासीको सहयोगमा खोज तलासको क्रममा आज दिउँसो उनको सोही नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

भद्रपुर, ८ असोज । झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की खोलाले बगाउँदा बेपत्ता भएका छन् । आज १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । गत साउनमा हडिया खोलाले नै बगाएर बेपत्ता बनाएका मेचीनगर–१४ का सुफल हस्दासमेत अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ८ असोज । राष्ट्रिय दलित पत्रकार संघको प्रदेश नं. १ इञ्जार्जमा झापा मेचीनगरका पत्रकार पवर्त पोर्तेल नियुक्त भएका छन् । सङ्घले सातै प्रदेशमा इञ्चार्ज नियुक्त गरेको सङ्घका अध्यक्ष विनोद पहाडीले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर २ मा भोला पासवान, ३ मा भीमबहादुर घिमिरे, गण्डकी प्रदेशमा दीपक परियार, प्रदेश नं ५ मा सोना खटिक, कर्णाली प्रदेशमा अमर सुनार र सुदूरपश्चिम प्रदेशमा मिलन परियालाई प्रदेश इञ्चार्ज नियुक्त भएका छन् । सङ्घ देशभर क्रियाशील करीब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो । यसैबीच, सङ्घ नेपालले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने तीन दलित नेताको नाममा…

Read More

इस्लामावाद, ८ असोज । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ। भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ। पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो। मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ। पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो। भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ। एएफपी

Read More

सुरुङ्गा, ८ असोज । झापाको पूर्वी नाका काँकरभिट्टामा चाडपर्वलाई लक्ष गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट पैदलमार्ग भएर घर फर्कने नेपालीका लागि कुनै समस्या नपरोस् भन्दै मेचीनगर– ६ काँकरभिट्टामा सशस्त्र प्रहरी बलको ८ नं गुल्मले सो कक्ष स्थापना गरेको हो । चाडपर्वको समयमा नेपालीहरू घर फर्कन थालेकाले सिमानामा उनीहरू ठगिने र अन्य आपराधिक गतिविधि हुनसक्ने भएकाले उनीहरुलाई सुरक्षित रुपमा आवतजावतका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीनायब उपरीक्षक ज्ञानमणि पौडेलले बताउनुभयो । उक्त कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सिमामा समस्या नहुने उहाँको तर्क थियो । रोजगारका लागि भारतलगायत तेस्रो देशमा पुगेका नेपाली चाडपर्वका समयमा…

Read More

झापा, ८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित हुुनुभएको छ । उहाँले कूल ३३० मत प्राप्त गर्नुभएको थियो । सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिनुभएको थियो । सङ्घको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी,…

Read More

मोरङ, ८ असोज । मोरङ पथरी शनिश्चरे नगरपालिका–२ स्थित राजमार्गमा बस र पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुदा १३ जना घाईते भएका छन । आज बिहान पउने १० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४२७८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को १ च ७९०५ नम्बरको पिकअप गाडी ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार ११ जना र पिकअपमा रहेका २ जना घाईते भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । साथै सोही स्थानमा को १६ प ६१४५ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटी चालक बेलबारी–२ बस्ने करण धिमाल समेत घाईते भएका छन ।…

Read More

अल्जियर्स, ८ असोज । अल्जेरियाको पूर्वी भागमा रहेको एक अस्पतालमा भिषण आगलागी भएको छ । मङ्गलबार बिहान सोअस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ । अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले बताए । एजेन्सी

Read More

तेह्रथुम, ८ असोज । तेह्रथुमको मेन्छेयायम गाऊँपालिका–६ स्थितमा निर्माणाधिन जलविद्युत् आयोजनामा काम गर्ने क्रममा रड काट्ने मेसिनले काट्दा १ जना कामदार घाईते भएका छन् । रुपन्देही जिल्लाको दिलोदना नगरपालिका(६ बस्ने बर्ष २० को अशोक कुमाल आफैले रड काट्ने मेसिन चलाउदा अचानक ब्लेड भाच्चिएर ब्लेडले निजको तिघ्रा र लिङ्गमा कटिएर गहिरो चोट लागेको थियो । घाइते उनको जिल्ला अस्पताल म्याङलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Read More