झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, ३ असोज । दमक नगरपालिकाले झापाको दमकस्थित बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थी बालबालिकाहरुको पठनपाठनको जिम्मा लिएको छ । शरणार्थीलाई सहयोग पुयाँउँदै आएको राष्ट्रसंघको शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसीआर ) र दमक नगरपालिकाबीच दुईपक्षीय सम्झौता भएपछि दमक नगरपालिकाले पढाउने जिम्मा लिएको हो । अधिकांश भुटानी शरणार्थीहरु तेश्रो पूर्नवास भएको र पाँच हजारभन्दा बढी शरणार्थी शिविरमा रहेकाले उनीहरुका बालबालिकाहरु पठनपाठनको जिम्मा नगरपालिकाले लिएको हो । झण्डै दुईदशक अघिदेखि भुटानी शरणार्थी बालबालिकाहरुको पठनपाठनको जिम्मा क्यारितास लगायतका दातृ निकायहरुले गर्दै आएका थिए । सन् २०२० देखि दातृ निकायहरु यहाँबाट बाहिरिने भएपछि यस बिषयमा लामो समयदेखि छलफल भएको थियो । दमक नगरपालिकाका शिक्षा अधिकारी एवम…

Read More

झापा, ३ असोज । अढाइ वर्षदेखि पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारमा रहेका २८ वर्षीय डिल्लीराम थारु छुटेको छन् । सरकारले समयमै छुटाउन पहल नगर्दा उनले अनाहकमा अढाइ वर्ष जेल बस्नुपरेको हो । थारुलाई जेल प्रशासनले बुधबार दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अधिकारीको जिम्मा लगाएको छ । डिल्लीरामको रिहाईले भारतको अन्य जेलमा रहेका नेपालीका परिवारलाई पनि सकारात्मक सन्देश प्रवाह हुने भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

झापा, ३ भदौ । संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ । यो चार वर्षमा ४ लाख २७ हजारजति नयाँ कामदार कतार गइसके । गत वर्षमात्रै ५ लाख ८ हजार जना वैदेसिक रोजगारीमा गएका छन् । संविधानको धारा ३३ मा भनिएको छ,‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था, बेरोजगार सहायता संघीय कानुनबमोजिम हुनेछ ।’ यसलाई सुनिश्चित गर्न संघीय संसद्ले २०७५ असोज २ गते ‘रोजगारी हकसम्बन्धी ऐन’ पनि जारी गरेको छ । ऐनमा प्रत्येक नागरिकले कम्तिमा १०० दिनको न्यूनतम रोजगारी, त्यो नसके निर्वाह भत्ता उपलब्ध गराउने उल्लेख छ…

Read More

झापा, ३ भदौ । सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (चार वर्षका लागि) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको होे । अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा…

Read More

काठमाडौं, ३ झापा । अर्थमन्त्री युवाराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भइरहेको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए । बिहीबार भृकुटीमण्डपमा ‘¥यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए । उनले उद्योगमा लागनी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

विराटनगर, ३ असोज । विप्लव नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका छन् । पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएको भन्दै आफू सो पार्टीबाट अलग भई स्वतन्त्र नागरिकको रुपमा रहने उनले बताएका छन् । राईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपामा व्यवहारमा समस्या देखिएको बताए । ‘पार्टीको गतिविधिप्रति म असन्तुष्ट छु,’ पत्रकार सम्मेलनमा उनले भने, ‘हिंसात्मक गतिविधि गर्ने, तर जिम्मा नलिने, सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले मलाई असन्तुष्ट बनाएको हो ।’ २०६३ सालदेखि तत्कालिन माओवादीमा संलग्न भएका उनी पार्टी विभाजन भएसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित…

Read More

बिर्तामोड, ३ असोज । झापाको अर्जुनधारा नगरपालिकाले संविधान दिवसको अवसर पारेर नगरका ५८ विद्यालय र एउटा क्याम्पससहित ५९ वटा निजी तथा सामुदायिक विद्यालयमा झण्डा र मिठाई वितरण गरेको छ । अर्जुनधारा नगरपालिकाका सामाजिक तथा विकास समितिका संयोजक दिलिप गुरुङले अर्जुनधारा–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनमा बिहीवार झण्डा तथा विद्यार्थीलाई चकलेट वितरण गरेका हुन् । विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता सकुन्तला बरालको आतिथ्य रहेको थियो । कार्यक्रममा बिद्यालयका कक्षा–७ मा अध्ययनरत मनोज तिवारीले संविधानका विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए । प्रमुख अतिथि गुरुङले संविधानलाई कसरी कार्यन्वयन, व्यवस्थित र मर्यादित बनाउँन सकिन्छ त्यसका लागि नगरले संविधान दिवसको…

Read More

सुनसरी, २ असोज । सुनसरीको ईटहरी उपमहानगरपालिका–५ खाद्य गोदाम छेउबाट ठुलो परिणामको पटका सहित कोशी गाउँपालिका–६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटका सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Read More

भद्रपुर, २ असोज । संविधान दिवसको अवसर पारेर आज झापामा ‘विद्यालयस्तरीय सडक’ दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान तथा राष्ट्रिय दिवस–२०७६ मूलसमारोह समिति झापाको आयोजनामा भएको जिल्लास्तरीय माध्यमिक विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ मावि दमकका याङदेव राई प्रथम हुनुभएको थियो । त्यस्तै प्रतियोगितामा धुलाबारी माविका भूपेन्द्र राई द्वितीय, टावर टेम्बल मावि विर्तामोडका मनिष बस्नेत तृतीय, धुलाबारी माविका अञ्जीत दर्जी चांैथो र हिमालयन मावि दमकका युवराज लिम्बू पाँचांै स्थान प्राप्त गर्न सफल हुनुभएको छ । त्यसैगरी, छात्रातर्फ धुलाबारी माविकी भवानी कमाती प्रथम, सगरमाथा मावि भद्रपुरकी सुस्मिता राई द्वितीय, धुलाबारी माविकै सन्ध्या राई तृतीय, हिमालय मावि दमककी मनिषा राई चांैथो…

Read More

भद्रपुर, २ असोज । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान झापाको प्रहरीले बन्देज लगाएको छ । सीमाका बजारमा बिक्री गर्ने बहानामा खुला सीमाको फाइदा उठाउँदै गाईगोरु सिधैँ भारत पु¥याउने पहिल्यैदेखि चलेको तस्करी गतिविधि रोक्न त्यस्तो बन्देज लगाउनुपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ठूला गाडीमा ल्याइएका गाईगोरुलाई दमक पशुहाटमा उतारेर साना गाडीमार्फत मात्र झापाका अरु बजारमा लैजान दिने व्यवस्था गरिएको बताउनुभयो । गाईगोरु बोक्ने साना गाडीसमेत…

Read More