झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २४ भदौ । वन्यजन्तुको अपराध नियन्त्रण गर्ने उद्देश्यले झापाको विर्तामोडमा सवारी चालक र यातायातकर्मीसँग छलफल गरिएको छ । हरियाली वन कार्यक्रमअन्तर्गत सामुदायिक वन महासङ्घ, एसआरआइलगायतका संस्थाको आयोजनामा सोमबार भएको अन्तक्र्रिया कार्यक्रममा वन्यजन्तुका बहुमूल्य वस्तु बोकेर कोही यात्रु चढेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गरेर सहयोग गर्न आग्रह गरिएको थियो । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वउपमहानिर्देशक फणिन्द्र खरेलले जङ्गल क्षेत्रका सडकमा प्रायःजसो वन्यजुन्तुहरु भेटिने हुँदा सवारी चलाउँदा होसियार हुन चालकहरुलाई आग्रह गर्नुभयो । उहाँले वन्यजन्तु चोरी, तस्करी र सवारीसाधनले किचेर मारेमा हुने दण्ड जरिवानाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐनमा उल्लेख भएको कुरासमेत जानकारी गराउनुभयो । पूर्वउपमहानिर्देशक खरेलले…

Read More

झापा, २४ भदौ । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख पौडेलको भनाइ छ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन मंगलबार नै उद्घाटन भएको छ ।

Read More

दमक, २४ भदौ । झापाको दमकमा राष्ट्रिय जनता पार्टीले संगठन विस्तार गरेको छ । सोमबार सम्पन्न नगरस्तरिय कार्यकर्ताहरुको भेलाले चन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा पार्टीको दमक नगर समिति गठन गरेको हो । गठित नगर समितिको उपाध्यक्षमा मनोज श्रेष्ठ,सचिवमा शुरेस ठाकुर, सहसचिवमा गंगा श्रेष्ठ र कोषाध्यक्षमा बालकृष्ण भट्टराई चयन भएका छन् । नौ सदस्यीय नगर समितिको सदस्यहरुमा विनोद लिम्बु,रञ्जित झा,मिना केरुङ्ग र राजु जमदार चुनिएको पार्टीका नगर अध्यक्ष राजवंशीले वताए । त्यसैगरी पार्टीले महेशलाल राजवंशीको अध्यक्षतामा कमल गाँउपालिकामा समिति समेत गठन गरिएको जनाएको छ । संगठन सुढृढिकरण अभियान अन्तर्गत कमलमा गाँउपालिकास्तरिय समिति विस्तार गरिएको हो । गठित समितिको उपाध्यक्षद्धयमा शुकल हस्दा,शारदा राजवंशी,सचिवमा गोपीचन…

Read More

उर्लाबारी, २४ भदौ । चौध वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मोरङ, उर्लाबारी–६ का १९ वर्षीय ज्ञानेन्द्र राईलाई अदालतको आदेशमा जेल चलान गरिएको छ । ती बालिकालाई बलात्कार गरेको अभियोगमा गत साउन २६ गते पक्राउ परेका राईलाई जिल्ला अदालत मोरङको आदेशमा आइतबार जेल चलान गरिएको हो । अभियुक्त राईले गत साउन २४ गते ती बालिकालाई मावा खोलाको डिलमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले बताए । बलात्कृत बालिकाको बुबाले दिएको जाहेरीका आधारमा अभियुक्त राईलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त राईलाई अदालतले पुरपक्षका लागि जेल चलान गर्ने आदेश दिएको प्रहरी निरीक्षक राईले बताए ।

Read More

बिर्तामोड, २४ भदौ । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कांग्रेसको १४ औं महाधिवेशनमार्फत वी.पीको सिद्धान्तलाई पूर्ण रुपमा पछ्याउने कि ? वी.पीको विचार छोड्ने ? भन्ने प्रश्नको निराकरण गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसले वी.पी.को प्रजातान्त्रिक विचारधाराको अनुशरण गरेपनि समाजवादी विचारधाराको पूर्ण अनुशरण गरेमात्रै कांग्रेसको भविष्य सुन्दर हुने बताउँदै यस्तो धारणा राख्नुभएको हो । नेपाली कांग्रेस झापा क्षेत्र नं २ को आयोजनामा १०६ औं वी.पी जयन्तीको अवसरमा सोमबार जिल्ला पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता शिवाकोटीले वी.पी विश्वमै समाजवाद स्थापित गर्ने नेताको रुपमा स्थापित भएको धारणा राख्नुभयो । ‘वी.पी.ले कम्युनिष्टसँग मिलेर आन्दोलन नगर्नृु,…

Read More

बुधबारे, २४ भदौ । झापाको बुद्धशान्तिबाट प्रकाशित हुने पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले सम्मानित भएका छन् । होक्से कृषि सहकारी संस्था बुद्धशान्ति १ ले आप्mनो १० औं साधारण सभाको अवसर पारेर उनलाई सोमबार सम्मान गरेको हो । सञ्चारको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ । संस्थाका अध्यक्ष मोहन तिम्सिनाको सभापतित्व तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता तथा नेपाल डेरी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा ऋतिका डेरी उद्योगका संचालक राजन चिमरियाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट शेयर ऋणीमा बालकुमार राई, उत्कृष्ठ शेयर सदस्यमा मेघनाथ कट्टेल, उत्कृष्ट कृषकमा केदारनाथ तिम्सिना, उत्कृष्ट समूह…

Read More

बुधबारे, २४ भदौ । झापाको बुद्धशान्तिमा सो गाउँपालिकाकै जेष्ठ नागरिक सम्मानित भएका छन् । बुद्धशान्ति–१ का एक सय ६ वर्षीय जेष्ठ नागरिक हरिप्रसाद वाग्ले सोमबार सम्मानित भएका हुन् । बुधबारे जेसीजले जेष्ठ नागरिक वाग्लेलाई उनको घर बुद्धशान्ति १ मै गएर सम्मान गरेको हो । बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त वराल, निवर्तमान अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल लगायतको उपस्थितिमा वाग्लेलाई सम्मान पत्र तथा खदा ओडाएर सम्मान गरिएको थियो । जेष्ठ नागरिकका जीवन भोगाईलाई नयाँ पुस्ताले ग्रहण गर्दा सत्कर्मका लागि प्रेरित हुन सकिन्छ भन्दै बुधबारे जेसीजका अध्यक्ष वरालले जेष्ठ नागरिकबाट नयाँ पुस्ताले धेरैकुरा सिक्न जरुरी रहेको बताए ।…

Read More

बिर्तामोड, २३ भदौ । झापाको बिर्तामोड नगरपालिकाले आज दुई पत्रकार र एक सञ्चार गृहलाई पुरस्कृत गरेको छ । नगरपालिकाले आज आर्थिक वर्ष २०७६÷०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा ‘उत्कृष्ट नगर विकास पत्रकारिता पुरस्कार’बाट मेची खबर साप्ताहिकका सम्पादक राजु पाठक, जय लोकतन्त्र साप्ताहिकका सम्पादक कृष्ण हुमागाईं र ‘उत्कृष्ट सञ्चारमाध्यम पत्रकारिता पुरस्कर’बाट कञ्चनजंघा एफएमलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति एवम् सांसद् पवित्रा निरौला खरेलले पुरस्कृत व्यक्ति र सञ्चार गृहलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । पुरस्कारको राशी जनही रू १५ हजार रहेको छ । नगर क्षेत्रको विकासका लागि पत्रकार र सञ्चार गृहको भूमिका महत्वपूर्ण हुने भएकाले…

Read More

बिर्तामोड, २३ भदौ । झापाको गौरादह र बिर्तामोड नगरपालिकामा भएको बम विष्फोट घटनाको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले लिएको छ । पार्टीका झापा सेक्रेटरी मनिषले झापा अनलाइनसँगको कुराकानीमा घटनाको जिम्मेवारी आफूहरुले लिएको बताउनुभयो । विकास निर्माण भन्दा पनि गौरादह नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सुविधा भोगी भएकाले चेतावनी स्वरुप विष्फोट गराइएको उहाँले बताउनुभयो । ‘जनताको विकास भन्दा पनि जनप्रतिनिधिहरु भोग विलासमा लागेका छन्’, उहाँले भन्नुभयो, ‘जनताको माग र सहभागीमा यो कारबाही गरेका हौँ ।’ साइकल र मोटरसाइक भएमात्र पनि जनताको काम गर्न सकिने बताउँदै उनले जनप्रतिनिधिले विकास निर्माणका खर्चनुपर्ने रकम प्राडो–पजेरोमा खर्च गरेको आरोप लगाउनुभयो । त्यस्तै, बिर्तामोडको चारपानेस्थित…

Read More

झापा, २३ भदौ । पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन् । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका छन् ।…

Read More