
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३१ भदौ । इलाका प्रहरी कार्यालय दमकले एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना र प्रयास गर्ने एकसहित एकै घरका दुई दाजुभाइलाई पक्राउ गरेको छ । सोमबार राति ११ बजेको समयमा झापा घर भएकी १५ वर्षीय बालिकालाई उनकै २३ वर्षीय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफूलाई जबरजस्ती करणी गरेको भन्दै पीडकको घरमा पुगेकी बालिकालाई पीडकका २५ वर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडितको आफन्तले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ खोजतलासमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न दुई जना दाजुभाइलाई नै पक्राउ गरेको…
इलाम, ३१ भदौ । राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत हुनुहुन्छ । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिर्नुभएकी दर्जीका हात चियाका मुन्टा टिप्नमा नै व्यस्त हुन्छन् । पर्यटक आउँछन् र केही सोध्छन् । आँखा पर्यटकतिर गए पनि हातले काम बिसाउने फुर्सद हुँदैन दर्जीमा । २०४१ सालबाट चिया बगानमा कार्यरत दर्जीलाई न शनिबार लाग्छ न सार्वजनिक बिदाले छुन्छ । “के…
झापा, ३१ भदौ । पाँच महिनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृ८त्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् । चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिनुभयो । पाँच महीनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७…
सोलुखुम्बु, ३१ भदौ । सोलुखुम्बु भ्रमणमा आएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ भने ७ जना बिरामी भएका छन । केन्याबाट नेपाल भ्रमणको लागि आएको बर्ष ३३ को Govind Lakhman गत २९ गते माहाकुलुङ गाउँपालिका-१ थाङ्ने स्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको हो साथै सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटक समेत बिरामी परेका छन् । मृतक र बिरामी सातै जना सहित १ जना गाईडलाई रेस्क्यु गरी आज बिहान साढे ६ बजेको समयमा कैलास र डाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
संखुवासभा, ३१ भदौ । संखुवासभाको मकालु गाउँपालिका(६ बस्ने बर्ष २६ की शुकमाया राई खोलाले बगाएर बेपत्ता भएकी छिन् । सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राई सहित अन्य ४ जना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका–५ र मकालु गाउँपालिका(६ को बिचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई बगाई बेपता बनाएको थियो । घटनाबारे आफन्तले ईलाका प्रहरी कार्यालय याफुमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटि गई खोजतलाश गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यलाय संखुवासभाले जनाएको छ ।
इटहरी, ३१ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनार सोमबारेस्थित धरान बिराटनगर सडक खण्डमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा धरानबाट बिराटनगरतर्फ जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोही स्थानमा रहेको जुटमिलमा हेल्पर काम गर्दै आएका मोरङको रतुवामाई नगरपालिका–७ बस्ने बर्ष ३४ को मंगल सिहं दमाईलाई सोही दिशा तर्फ साईकलमा जादै गर्दा ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ…
झापा, ३० भदौ । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ । डेङ्गु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ । स्थानीय तहले डेङ्गु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै…
काठमाडौँ, ३० भदौ । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ मिस इकलेज २०१९ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन् । काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हातपारीने त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन । थर्ड रनरअप रुषा नापित भने उनले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड पनि जित्न सफल भइन । विधागततर्फ सुस्मीता…
एजेन्सी । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले । २२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म प¥यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने । बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् । उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटक–पटक सुझाव दिने गरेका थिए, तर त्यसको प्रभाव परेको थिएन । तर हाइन्सको पुस्तकले सबै बदलियो । हाइन्स पनि कुनै समय राधास्वामीका अनुयायी थिए र उनले यस पुस्तक राधास्वामी सत्संग ब्यासका लागि लेखेका थिए । शाहिद अन्ततः…
झापा, ३० भदौ । कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई सुरक्षाकर्मी र एक जना स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल पुगे । कार्यक्रम सकेर काठमाडौँ फर्कने तय भइसकेको थियो तर टिकापुरबाट धनगढी फर्किएर साँझ पाँच बजेको जहाज भेट्न नसकिने भएपछि आयोजकको सल्लाहमा मन्त्रीसहित चारजना नेपालगञ्जबाट आउने भए । धनगढीबाट फर्कने चार जनाको टिकट ३ बजे नेपालगन्जस्थित बुद्ध एयरको कार्यालयलाई जानकारी गराएर सारियो । धनगढीको तुलनामा नेपालगञ्जबाट एक घण्टा अबेलासम्म जहाज पाइने भएकाले मन्त्री भट्टराई…