झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ भदौ । झापा बुद्धशान्ति–६ शान्तिगर‌का दीलनाथ काफ्ले‌ले‌ २०७१ सालमा पवित्रादे‌वी कृषिमफर्म दर्ता गर‌े‌र‌ व्यावसायिक रुपमा गाईपालन व्यवसाय सुरु गर‌े‌ । २० लाख रुपै‌याँ लगानी गर‌े‌र‌ सुरु गर‌े‌को‌ उनको‌ गाई फर्ममा १५÷१६ माउ जर्सी र‌ हो‌लिस्टे‌न जातका गाई थिए । दै‌निक डे‌ढसय लिटर‌सम्म दूध उत्पादन हुन्थ्यो‌ । काफ्ले‌ परि‌वार‌ले‌ गाईपालन व्यवसायबाट सुरुका दिनमा र‌ाम्रै‌ आम्दानी हुने‌ अनुमान पनि गर‌े‌का थिए । तर‌, पशुपालन व्यवसायलाई मुख्य पे‌शा बनाएर‌ गाई पालन गर्न थाले‌का दीलनाथ यो‌ व्यवसाय छो‌ड्ने‌ अवस्थामा पुगे‌का छन् । उनको‌ गो‌ठमा अहिले‌ तीन माउ मात्र लै‌ना गाई छन्, अरु के‌ही को‌र‌ली । दूधको‌ मूल्य अत्यन्तै‌ कम भएका कार‌ण लै‌ना गाई पाल्न जाँगर‌ मर‌े‌को‌ उनले‌ बताए ।…

Read More

बिर्तामोड, १७ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते बिर्तामोडमा हुने भएको छ । मंगलबार बिर्तामोडमा आज भएको पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गर्नुका साथै अवार्ड सम्पन्न गर्न समितिहरु निर्माण गरिएको जानकारी दिइयो । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मञ्चका झापा अध्यक्ष हिमाल खरेल संयोजक तथा कार्यसमिति सचिव अर्जुन राजवंशी सदस्य सचिव रहेको ५९ सदस्यीय ‘मूल आयोजक समिति’ गठन गरिएको छ । त्यस्तै, मूल आयोजक समिति मातहत रहनेगरी मञ्चका साधारण सदस्य बुद्ध तामाङ संयोजक, सचितानन्द सुब्बा सहसंयोजक, आर्थिक, प्राविधिक,…

Read More

सुनसरी, १७ भदौ । सुनसरीको धरान उप(महानगरपालिका(१८ लाङघाली चोकमा सोमबार भएको मोटरसाईकल दुर्घटनामा परी ६९ बर्षीय बृद्धको मृत्यु भएको छ । दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान १५ का ६९ बर्षीय श्री प्रसाद राईलाई ठक्कर दिंदा राई गम्भीर घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरानकै घोपा क्याम्प पठाईएको र थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Read More

झापा, १६ भदौ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताउनुभएको छ । अनेक विमतिका वीचमा पनि हाम्रो समाजमा सौहाद्रता र एकतालाई मजबुत तुल्याउन यस्ता पर्वहरुले योगदान पु¥याउँदै आएको सभापति देउवाले बताउनुभएको छ । तीजमा महिलाहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्व रहेको उल्लेख गर्दै उहाँले तीजले…

Read More

भद्रपुर, १६ भदौ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले श्रम ऐन कार्यान्वयन गराउन माग गर्दै भद्रपुर नगर शिक्षा समितिमा ध्यानाकर्षण पत्र बुझाएको छ । युनियनका नगर अध्यक्ष द्रोण अधिकारीको नेतृत्वमा गएको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ तथा नगर शिक्षा अधिकारी उद्धव विष्टलाई श्रम ऐनले व्यवस्था गरे अनुरूप संस्थागत विद्यालयले पारिश्रमिक दिन आनकान गरेको भन्दै ध्यानाकषर्ण पत्र बुझाएको हो । संस्थागत विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूलाई ऐनमा तोकिएको न्युनतम पारिश्रमिक १३४५०।— अनिवार्य लागु गरिनु पर्ने, तहगत शिक्षकको तलवमान कायम हुनु पर्ने, नियुक्ति पत्र दिइनु पर्ने, विदा सुविधा, तथा बडादशैं चार्ड बापत प्राप्त हुने दशैं खर्चको व्यवस्था अनिवार्य…

Read More

झापा, १६ भदौ । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन्। पक्राउ परेका बराल बिर्तामोड नगरपालिका–८ का वडासचिव हुन्। पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। गैरकानुनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानबिन सुरु गरेको थियो।…

Read More

अनिल वाग्लेबुधबारे, १६ भदौ । र्यापर फरेन्द्र ढुंगानाले आप्mनो नयाँ एल्वम ‘पूर्व’ सार्वजनिक गरेका छन् । झापाली ढुंगानाले जम्मा पाँचवटा गीत समेटेर आप्mनो नयाँ एल्बम ‘पूर्व’ बजारमा ल्याएका हुन् । उनको एल्बममा ब्रो ब्रो बढी भो, आइ डन्ट वाना फेल इन लभ, म्यासेज, खिच्चा र दुई दिमाग भन्ने गीतहरु समावेस गरिएका छन् । गायनको क्षेत्रमा फरक ढंगले पहिचान बनाउँदै लगेका ढुंगानाले आपूmले एल्बममा उत्कृष्ट गीतहरु समावेश गरेको बताएका छन् । हालै युट्युव मार्फत सार्वजनिक गरिएको सो एल्बममा ब्यङ्गात्मक, प्रेम गीत, प्रकृतिसँग सम्बन्धित विषय वस्तु लगायतलाई समेटेर गीतहरु बनाएका हुन् । सानैदेखि गायन क्षेत्रमा रमाउन चाहने ढुंगानाले संगीतलाई नै करियर बनाउने…

Read More

रमेश समदर्शीझापा, १५ भदौ । त्रिभुवन आर्मी क्लबका रमेश कार्की दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बन्दा ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू फस्ट रनरअप भएका छन् । मिस्टर ग्यालेक्सीको उपाधि विजेता कार्कीले नगद १ लाख पुरस्कार पाउँदा फस्ट रनरअप सुमनले नगद ५० हजार पाए । ग्यालेक्सी फिटनेस बिर्तामोडले शनिबार राति अग्रसेन भवनमा आयोजना गरेको फाइनल राउण्डमा कार्की ७० केजीभन्दा माथि र लिम्बू ७० केजी तौल समूहबाट विजेता भएर ओभर अल राउण्डमा प्रवेश गरेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, आयोजकका अध्यक्ष आशिष वन, बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, शिवसताक्षी नगरस्तरी खेलकुद…

Read More

झापा, १५ भर्दौ । झापाको मेचीनगर नगरपालिका–६ बाट आज बिहान राती साँढे ३ बजेको समयमा अन्दाजी २ लाख ५२ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको मोटर पार्टस, हार्डवेयरको समान तथा बिभिन्न किसिमको कपडा गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय मेची बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, १५ भदौ । लक्ष्मीप्रसाद ओडारीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापा गठन भएको छ । बिर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलाबाट पुनःओडारीको नेतृत्वमा राप्रपा संयुक्तको जिल्ला कार्य समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षमा डिल्लीप्रसाद गौतम, दुर्गादेवी ढुङ्गेल र विजय दाहाल रहेका छन् । सचिवमा युवराज चुडाल, सह–सचिवमा दुर्गाप्रसाद ढकाल , कोषाध्यक्षमा नवीन थापा तथा सह कोषाध्यक्षमा लोकवहादुर वस्नेत चयन भएका छन् । पार्टीले खड्गप्रसाद ओडारी र भेषराज वास्कोटालाई प्रवत्ताको जिम्मेवारी दिएको छ । समितिको सदस्यमा डोरसिंह ताजपुरिया, जलदासरी राजवंशी, सर्मिला तिम्सिना, हर्क धिमाल, दिपेश कुमार राय, निराजन भट्टराई , धनश्याम ढकाल, हेमन्त बोहोरा रहेका छन्…

Read More